संसदीय समितिलाई सरकारले टेरेन
२७ मंसिर २०७७
•
४ मिनेट पाठ
संसदीय समितिलाई सरकारले टेरेन
सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ। यसबाट संसद्लाई सरकारले नटेरेको तथा संसदीय सर्वोच्चताको मतलब नराखेको देखिएको छ।




संसदीय शासन व्यवस्थामा जनताको प्रतिनिधिमूलक संस्था संसद्ले सरकारका कमजोरी औंल्याउने र सच्याउन निर्देशन दिने हो। तर केपी ओली नेतृत्वमा रहेको हालको सरकारले मिनी संसद्का रूपमा चिनिने संसदीय समितिमात्र होइन, संसद्कै निर्देशनलाई समेत बेवास्ता गरेको टिप्पणी भइरहेका छन्।

यसको पछिल्लो उदाहरण हो राज्यव्यवस्था समितिको निर्देशनको उल्लंघन। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले बुधबार दिएको एउटा निर्देशन सरकारले २४ घण्टा नबित्दै लत्याइदियो। समितिले प्रहरी अतिरिक्त महानिरीक्षको पद सिर्जना गर्ने काम संविधानविपरीत भएकाले त्यसलाई कार्यान्वयन नगर्न बुधबार सरकारलाई निर्देशन दियो। त्यसको २४ घण्टा नबित्दै सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा विश्वराज पोखरेललाई बढुवा गर्‍यो। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गर्दै अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ। समितिले स्पष्टसँग भनेको थियो, ‘प्रहरी संगठनमा दूरगामी प्रभाव पर्ने गरी प्रहरी अतिरिक्त महानिरीक्षकको पद सिर्जना गर्ने विषय संविधान, काननु, विधि र प्रक्रियाविपरीत भएकोले हाललाई उक्त पदमा नियुक्तिको कार्य कार्यान्वयन नगर्न नगराउन नेपाल सरकालाई निर्देशन गर्दछ।’  

यतिमात्र होइन, समितिको गत कात्तिक २४ गतेको बैठकले नेपालको नाम संघीय गणतन्त्र नेपाल राख्न निर्देशन दियो। मन्त्रिपरिषद्को गत कात्तिक ११ गते बसेको बैठकले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘फेडरल डेमोक्रेटिक रिपब्लिक नेपाल’ को सट्टामा नेपाल मात्र लेख्ने निर्णय गरेको थियो। समितिले यस्तो निर्णय कार्यान्वयन नगर्न दिएको निर्देशनसमेत सरकारले पालना गरेन। समितिले २०७६ कात्तिक २५ गते नेपालको शैक्षिक सामग्रीमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्माण गर्न निर्देशन दिएको थियो। यो निर्देशन पनि सरकारले अहिलेसम्म पालना गर्न सकेको छैन। बरु पाठ्यक्रममा परिमार्जित नक्सा राख्ने काम रोकेपछि मात्रै भारतीय विदेश सचिवको नेपाल भ्रमण भएको कुरा बाहिर आएको छ।

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिले गत २०७६ जेठ २८ गते निर्देशन दियो। समितिले विज्ञापन संविधानको मर्म र भावना विपरीत रहेको भन्दै रद्द गर्न निर्देशन दिएको हो। त्यो विषय सर्वोच्च अदालतमा पुगेपछि सर्वोच्चले विज्ञापन रद्द नगर्न आदेश दिएको थियो।

पूर्वसभामुख दमननाथ ढुंगाना संसदीय समितिले दिएका निर्देशन नमान्ने कुरालाई ज्ञानको अभावको रूपमा लिन्छन्। ‘यस्ता कुरामा सरकार र संसद्लाई ज्ञानको अभाव देखिएको छ’, उनले भने। संसदीय परम्परा कसरी बसाउने भन्ने विषयमा संवादको खाँचो पर्ने औंल्याउँदै उनले थपे, ‘पहिलो कुरा व्यावहारिकतामा पनि जान्छ, यसका लागि संवादको आवश्यकता पर्दछ। दुवै पक्षबीच संवाद भएपछि समितिले दिएको निर्देशन सरकारले पालना गर्नुपर्छ।’ समितिको निर्देशन सरकारसमक्ष पुगेर पनि सरकारले लागू गरेको छैन भने त्यसले संसदीय परम्परा नबसाउने दिशातर्फ लैजाने उनले बताए। ‘यहाँ प्रशिक्षणको पनि अभाव देखिन्छ’, उनले भने।  

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले समितिले दिएका निर्देशन पालना नगर्ने मन्त्रीलाई पदबाट हटाउनुपर्ने बताए। उनले आफ्नो समितिले दिएका निर्देशन पालना नगर्नेमा स्वाथ्य मन्त्रालाय रहेको औंल्याए।  

‘समितिले पनि अध्ययन, छलफल गरेर निर्देशन दिनुपर्छ। सरकारले पनि यसरी दिएका निर्देशन पालना गर्नुपर्ने हुन्छ’, उनले भने। उनी नेतृत्वको समितिले जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। त्यसलाई पनि सरकारले बेवास्ता गर्दैगर्दा सर्वोच्च अदालतले समितिकै पक्षमा कित्ताकाट रोक्नुपर्ने आदेश दिएको थियो।

राज्य व्यवस्था समिति सभापति शशि श्रेष्ठले समितिको निर्देशन पालना नगर्ने हो भने संसदीय सर्वोच्चताको अपमान गरेको ठहरिने बताइन्। ‘रातारात दरबन्दी थप गरेर एआइजी बढुवा गर्ने कार्य विधिसम्मत भएन, विधि पुर्‍याएर मात्र गर भनेको हो। समितिको यो निर्देशनलाई सरकारले पालना गर्नुपर्छ’, उनले भनिन्, ‘कसैलाई आइजिपीमा बढुवा गर्नु छ भनेर विधि मिच्न कसैले मिल्दैन।’  

उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा भावी महानिरीक्षकको एकल दाबेदार बनाउने गरी विश्वराज पोखरेललाई नयाँ एआइजी पद सिर्जना गरेर बढुवा गरिएपछि यसको राजनीतिक वृत्तमा विरोध भएको छ।
अर्को समाचार
संसदीय समितिमा सभापतिको निर्वाचन भएन
१२ जेष्ठ २०८०
•
२ मिनेट पाठ
संसदीय समितिमा सभापतिको निर्वाचन भएन
प्रतिनिधिसभाका दस वटा समितिको सभापतिको निर्वाचन नहुँदा समितिका बैठकले निरन्तरता पाएका छैनन्। आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयमा अनियमितता भए नभएको विषयमा अध्ययन गर्नुपर्ने, छलफल गर्नुपर्ने दायित्व संसदीय समितिको भए पनि यतिवेला अधिकांश समितिका हलहरू खाली देखिएका छन्।




कानुन समितिको बैठक भने वेलावेलामा बस्ने गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल गर्नका लागि यो समिति ज्येष्ठ सदस्य चित्रबहादुर केसीको सभापतित्वमा बस्ने गरेको छ।

संसदीय समितिको प्रभावकारीताका लागि सबै समितिका बैठक निरन्तर बस्नुपर्ने हुन्छ। मुलुकमा मलको अभाव छ कि छैन, खेती गर्ने किसानलाई अरू के के समस्या परेका छन्, निरन्तरको वर्षाले बाढी पहिरोको जोखिम छ कि छैन, आर्थिक वर्ष सकिन लाग्दा कसरी योजनाका काम भइरहेका छन्, निर्माण कार्यमा ढिलाइ र बेथिति भएको छ कि छैन जस्ता विविध विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी अनुगमन समेत गर्नुपर्ने समितिको काम र कर्तव्य हो।

प्रतिनिधिसभाका दस वटा समितिको सभापतिको निर्वाचन नहुँदा समितिका बैठकले निरन्तरता पाएका छैनन्।
संसदीय समितिमा कसलाई सभापति बनाउने भन्ने विषयले पार्टीको आन्तरिक विवाद पनि छ, भने कुन कुन समिति पाउने भन्ने सत्तारूढ दलभित्रे समस्या छ। तर ,यसलाई सल्टाउनु पर्ने आ आफ्नो पार्टीका शीर्ष नेताको काम हो। तर, यसबारे टुंगो लागेको छैन।

संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति कांग्रेसले लिने भएको छ। त्यस्तै, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिने भएको छ।

सार्वजनिक लेखा समिति र अर्को एक समितिको सभापति एमालेले पाउने छ। अर्को एक समिति मध्ये कुन समिति दिने भन्ने निर्णय भएको छैन, एमालेले कानुन समिति दावी गरेको छ। सत्तारूढ दलबीच पनि राज्य व्यवस्था समितिमा कांग्रेस र माओवादीले दाबी गरेको छ। अर्थ समिति र कृषि समिति, शिक्षा समितिमा पनि कुन दलले पाउने भन्ने विषयमा विवाद नै देखिएको छ।

संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति कांग्रेसले लिने भएको छ। त्यस्तै, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिने भएको छ।
संसदीय समिति वैशाख १५ गते गठन भएको थियो भने जेठ २ गते ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक सुरु भएको थियो। पहिलो वैठक बसेको ३० दिनभित्र सभापति चयन गर्नुपर्ने नियमावलीको व्यवस्था छ। तर, असार २ गतेभित्र सभापति चयन गर्नुपर्ने बाध्यता भए पनि यसबारे अहिल्यै समितिको सभापति चयन गर्नुपर्ने अवस्था छ। संसदको गठन भएको पाँच महिना पुग्न लाग्दा पनि समितिको सक्रियता नबढ्दा कतिपय छलफल गर्नुपर्ने विषयमा छलफल हुनै नपाई समय घर्किन अवस्था आएको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस