हारबाट यात्रा सुरु गरेको थ्री स्टार लिग च्याम्पियन
१४ चैत्र २०६९
•
५ मिनेट पाठ
हारबाट यात्रा सुरु गरेको थ्री स्टार लिग च्याम्पियन
प्रकाश तिमल्सिना, काठमाडौं, चैत १५ - ललितपुरको थ्री स्टार क्लबले आठ वर्षपछि सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ। निकट प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लब बुधबारको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि थ्री स्टारको उपाधि पक्का भएको थियो।

बुधबारै दोस्रो खेलमा मच्छिन्द्र क्लबसँग खेल्ने तयारीमा रहेको थ्री स्टार मनाङको नतिजापछि मैदान उत्रनुअघि नै च्याम्पियन बनिसकेको थियो। पुलिससँग अंक बाँडेपछि उपाधि दौडमा थ्री स्टारलाई चुनौती दिइरहेको एकमात्र टोली मनाङको गणितीय सम्भावना समेत सकिएको थियो।
उपाधिसँगै थ्री स्टारले ७५ लाख रुपैयाँ नगद पुरस्कार र अर्को महिना हुने एएफसी प्रेसिडेन्ट्स कपमा सहभागिताको अवसर पाउनेछ। एसियाली फुटबल महासंघ (एएफसी) का तेस्रो श्रेणीका सदस्य देशका लिग च्याम्पियनबीच हुने प्रेसिडेन्ट्स कपको छनोट चरणमा अर्को महिना थ्री स्टारले दशरथ रंगशालामा नेपालको प्रतिनिधित्व गर्नेछ। एएफसीले २००५ मा पहिलो पटक प्रेसिडेन्ट्स कप आयोजना गर्दा पनि थ्री स्टार नै नेपालको प्रतिनिधि थियो। त्यतिखेर थ्री स्टार सेमिफाइनलसम्म पुगेको थियो।
मनाङले पुलिसविरुद्धको खेलबाट पूरा तीन अंक हासिल गरेको भए थ्री स्टारसामु मच्छिन्द्रलाई हराउनैपर्ने बाध्यता हुने थियो। तर बराबरीपछि दोस्रो स्थानको मनाङ एक खेल बाँकी रहँदा ३८ अंकमै सीमित भयो, जुन दुई खेल खेल्न बाँकी थ्री स्टारको भन्दा ४ अंक कमी हो। थ्री स्टारले बाँकी दुवै खेल हारेको अवस्थामा मनाङले अन्तिम खेल जितेपछि पाटने टोलीलाई भेट्टाउने सम्भावना बराबरीले समाप्त गरेको थियो।
उपाधि पक्का गरिसकेकाले मैदान छिर्दा टोलीसामु कुनै दबाब थिएन। मैदान उत्रनुअघि नै थ्री स्टारका खेलाडीले खुसी साटासाट गर्न भ्याइसकेका थिए। १० खेलाडीमा सीमित भएर खेल अन्त्य गर्दा पनि थ्री स्टारले मच्छिन्द्रसँग गोलरहित बराबरी खेल्यो। त्यो बराबरीले मनाङसँगको दुरी पुनः ५ अंकले फराकिलो पार्न थ्री स्टार सफल भयो। विक्रम लामाले ५९ औं मिनेटमा रातो कार्ड सामना गरेपछि थ्री स्टारले अन्तिम ३१ मिनेटमा १० जनाको भरमा विपक्षीलाई रोकेको थियो।
थ्री स्टारले लिग जितेको यो तेस्रो पटक हो। यसअघि टोलीले २०५४ र २०६१ मा लिग जितेको थियो। अघिल्ला दुवै पटक लिग जित्दा थ्री स्टार अपराजित थियो। यसपटक भने टोलीको प्रदर्शन उतारचढावपूर्ण रह्यो। अन्तिम खेल बाँकी रहँदा २१ खेलमध्ये थ्री स्टारले १३ जित, ४ बराबर र ४ हार व्यहोरेको थियो। टोलीले सोमबार त्रिभुवन आर्मीसँग खेल्दै जारी लिगको अन्त्य गर्नेछ।
ए डिभिजनको क्लब सम्हालेकै सिजन च्याम्पियन बन्न सफल थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाईंले लिग उपाधिलाई लामो मेहनतको प्रतिफलका रुपमा बयान गरे। 'मैले क्लबमा ठूलो परिवर्तन केही गरेको होइन। खेलाडीको क्षमता प्रदर्शन गर्न उत्साहित गरेँ,' उनले भने, '६ महिनाको मेहनतपछि आज च्याम्पियन बनेका छौं। म खेलाडीलगायत सबैलाई धन्यवाद दिन चाहन्छु।'
लिग र सुपर लिग गरी दुई भागमा बाँडिएको लिगमा थ्री स्टारले पहिलो चरणमै उपाधि जित्ने आधार तयार पारेको थियो। १५ खेलको समाप्तिमा टोलीले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबलाई ७ अंकले पछि छाडेको थियो। टोलीले पहिलो चरण र सुपर लिग दुवैमा हारबाट यात्रा सुरु गरेको थियो।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस