काठमाडौं, चैत २१ (नागरिक)- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले राजतन्त्रलाई मानेर कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग पार्टी एकता हुन नसक्ने बताएका छन्। उनले आफूहरुले गणतन्त्र स्विकारीसकेकाले अब गणतन्त्रलाई छाडेर कुनै पनि सहमति हुन नसक्ने बताए।
उनले भने- हामिले गणतन्त्र स्विकारीसकेको छ अब त्यसमा तलमाथि हुँदैन। हामी अब राजतन्त्र स्वीकार्दैनौं।
अध्यक्ष राणाले राप्रपा नेपालसँग पार्टी एकीकरणको लागि प्रयास जारी रहे पनि गणतन्त्र र राजतन्त्रको कुरामै विवाद कायम रहेको बताए। उनले भने- कमल थापाजीले गणतन्त्र स्विकारे एकता हुन सक्छ तर हामि गणतन्त्र छाडेर जाँदैनौं। धर्म निरपेक्षताको विषयमा राप्रपा नेपालसँग आफूहरुको धारणा समान रहेको स्पष्ट पार्दै ८२ प्रतिसत हिन्दू धर्मावलम्बि भएको मुलुकका जनतालाई सो विषय आफ्नो मत राख्नको लागि जनमत संग्रह गर्नुपर्ने बताए।
असारमा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै राणाले अहिलेकै गतिमा काम भए मंसिरमा समेत निर्वाचन हुनेमा आशंका ब्यक्त गरे। उनले भने- नेकपा-माओवादीले अवरोध गरिरहेको छ। ढिला चुनाव भए भोली मधेसबाट जनसंख्या अनुसारको क्षेत्र निर्धारण गर्नु पर्ने माग उठ्ने सम्भावना छ। त्यसो भए मंसिरमा पनि निर्वाचन हुन नसक्ने खतरा रहन्छ।
आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बनाउने तयारी भइरहेको खुलासा गर्दै उनले यस विषयमा काग्रेस र एमालेसँग छलफल समेत सुरु भइसकेको जानकारी दिए। उनले कम्तिमा पनि विगतमा आन्दोलनको बेला गठन भएको ९ दलको गठबन्धनलाई निरन्तरता दिने योजनामा आफूहरु रहेको सुनाए। उनले भने- एकीकृत नेकपा माओवादीसँग सहकार्य हुन सक्दैन। शक्ति पृथकीकरणलाई तोडमरोड गरेर बनाइएको सरकार निरकुंशतातिर जाने खतरा रहेको उनले बताए।