मञ्च बनाउँदा १ जनाको ज्यान गयो
बालकृष्ण अधिकारी, परासी, चैत २६ - नेपाली कांग्रेसको महाधिवेशनपछि सबैभन्दा शक्तिशाली निकाय महासमिति बैठक आज नवलपरासी सदरमुकाम परासीमा सुरु भएको छ । परासीस्थित आदर्श उच्च माविमा आज मध्याह्न १२ बजे बैठक उद्घाटन गर्ने भनिएपनि दिउसो सवा २ बजे मात्रै सभापति सुशील कोइरालाले उद्घाटन गरे ।
अहिले नेताहरुले उद्घाटन सत्रमा बोल्ने क्रम जारी छ ।
यसैबीच बैठकको स्वागतद्वार बनाउने क्रममा पोल उठाउँदा बिजुलीको तारमा पोलले छुँदा करेन्ट लागेर भूताहाका ३५ वर्षीय विमल कँडेलको मृत्यु भएको हो।
उनको उपचारका क्रममा रामनगर–१ भुमहीको रामनगर सामुदायिक अस्पतालमा आज बिहान मृत्यु भएको थियो ।
त्यसैगरी, भूताहाकै ३८ वर्षीय कमल पराजुली र २७ वर्षीय पृथ्वीराज चौधरी घाइते भएका छन्। स्थानीय मेडिकलमा सामान्य उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि बुटवल पठाइएको छ।
उद्घाटन सत्रका लागि नगर क्षेत्रमा २५ वटा स्वागतद्वार र ५० भन्दा बढी स्वागत ब्यानर लगाइएको छ। उद्घाटनस्थलको आमसभालाई कांग्रेसले शक्ति प्रदर्शनको रुपमा लिएको छ। उद्घाटनस्थल र आसपासको सरसफाई गरिएको छ। बन्दसत्र भने सदरमुकामबाट २३ किलोमिटर पूर्वको त्रिवेणीस्थित गजेन्द्रमोक्षधाममा हुने छ।
आमसभामा जिल्लाभित्रका ५० हजार कार्यकर्ता सहभागी हुने जिल्ला सभापति देवेन्द्रराज कँडेलले जानकारी दिए। पूर्णभद्र, सोनाभद्ररस्व्य नारायणी नदीको संगमस्थल त्रिवेणीधाम प्रख्यात तिर्थस्थल रहेकाले कांग्रेसले बैठकलाई कुम्भमेला भनेको छ।
शीर्ष नेताहरुलाई गजेन्द्रमोक्षधाम आश्रमस्थलभित्र रहेको नारायणी र गण्डकी भवनमा बस्ने व्यवस्था गरिएको छ भने केन्द्रीय सदस्यका लागि आश्रमभित्रको गुरुकुल विद्यालय भवन र अन्य अतिथि गृहमा व्यवस्था छ। दुई सय महिलाको लागि आश्रमस्थलको मुक्तिनाथ पिठ संस्कृत माविमा व्यवस्था छ।