नेकपा विभाजन: दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास
१२ पौष २०७७
•
४ मिनेट पाठ
नेकपा विभाजन: दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन्। दुवै पक्षका नेताहरू जिल्लाजिल्लाबाट काठमाडौंमा रहेका कार्यकर्तालाई भेला गरेर पार्टी विभाजनको कारणबारे चर्चा गर्न र त्यसको औचित्य पुष्टि गर्न लागिपरेका हुन्।




पार्टी विभाजनपछि दुवै पक्षले कार्यकर्ता आ–आफ्नो पक्षमा पार्न जिल्ला तहमै कसरत सुरु गरिसकेका छन्। काठमाडौंदेखि स्थानीय तहसम्म नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दुवै समूहले प्रभावशाली केन्द्रीय नेताहरू नै परिचालन गरेका छन्। दाहाल–नेपाल समूहले शनिबार सचिवालय बैठक राखेर संगठन विस्तार गर्ने र ओली पक्षमा रहेका नेता–कार्यकर्तालाई तान्ने विषयबारे छलफल गरेको छ। पार्टी विभाजनपछि त्यसको दोषी को हो भन्नेबारे नेता–कार्यकर्तालाई बुझाउन सकेसम्म सचिवालय सदस्य र नभए पनि स्थायी कमिटी सदस्यहरूलाई खटाउने भएको छ। ओली पक्षले भने यसअघि नै देशभर कार्यकर्ता भेला गर्ने र सबैजसो स्थानमा केन्द्रीय नेताले सम्बोधन गर्नेगरी कार्यतालिका तयार पारेर आफूनिकटका नेताहरूलाई पठाइसकेको छ।  

शनिबार ओली पक्षका नेता ईश्वर पोखरेलले काठमाडौं–५ का कार्यकर्तालाई सम्बोधन गरे। शंकर पोखरेलले लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई सम्बोधन गरे। त्यस्तै दाहाल–नेपाल समूहका सुरेन्द्र पाण्डेले धादिङका नेता–कार्यकर्तालाई सम्बोधन गरे। दाहाल–नेपाल समूहले हरिबोल गजुरेलको उपस्थितिमा सिन्धुलीका नेता–कार्यकर्तासँग छलफल गरे। दुवै पक्षका नेताहरूले पार्टी विभाजन हुनुमा एकले अर्कालाई दोष थोपर्दै आफूहरू नै असल भएको साबित गर्न खोजेका छन्। पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा ओली पक्षका नेताहरूले दाहाल–नेपालले सरकारलाई काम गर्न नदिएको, आफ्ना मान्छे भर्ती गर्न दबाब दिएको, ओलीलाई राष्ट्रियतको पक्षमा काम गर्दा पनि समर्थन गर्न नसकेको, राष्ट्रपति र प्रधानमन्त्रीलाई हटाउने षड्यन्त्र रचेको आरोप लगाएका छन्। 

त्यस्तै दाहाल–नेपाल पक्षका नेताहरूले ओली सरकार भ्रष्टाचारको चंगुलमा फसेको, औषधिलगायत सामान खरिद गर्दा भ्रष्टाचार गरेको, भ्रष्टचारीलाई संरक्षण गरेको, संसद् विघटन गरेर लोकतन्त्र अपरहण गरेको, आफूलाई सर्वोच्च शक्ति ठानेको, आफूले जे गर्दा पनि हुने भन्ने सोच पलाएको र बिस्तारै मुलुकलाई निरंकुशतातिर धकेल्न खोजेकोजस्ता आरोप लगाएर पार्टी विभाजनको कारक तत्व ओली भएको आरोप लगाएका छन्।  

ओली पक्षका नेता ईश्वर पोखरेलले काठमाडौंको आफ्नै क्षेत्रका कार्यकर्ताहरूको भेला राखेर पार्टीभित्र समस्या आउनुको मुख्य कारण कार्यकारी अध्यक्ष दाहाल नै भएको आरोप लगाए। तर कार्यकारी अध्यक्ष दाहालले के–के कारणले पार्टीमा समस्या ल्याएको भन्नेबारे भने खुलाएनन्। उनले पार्टी एकता जोगाउन आफूले धेरै पहल गरे पनि सफल हुन नसकेको बताउँदै कार्यकर्तासँग माफी मागेका थिए। ‘मैले मेरो जिम्मेवारीअनुसार भूमिका खेल्दाखेल्दै पनि पार्टी एकता जोगिएन, यसर्थ म तपाईंहरूसँग माफी चाहन्छुु,’ पोखरेलले भने।  

त्यसैगरी आफूनिकट नेता–कार्यकर्ता भेला पारेर दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पार्टी विभाजन हुनुको कारण प्रधानमन्त्री ओलीको अहंकार भएको बताए। उनले प्रधानमन्त्री ओली आफैं राजा बन्ने कोसिस गरेको त्यसो नगर्न चेतावनीसमेत दिए। धादिङबाट काठमाडौं आएका आफू पक्षका नेता–कार्यकर्ताको भेलामा नेता पाण्डेले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको विरोध गर्नुका साथै सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर जनतालाई न्याय दिने बताए। ‘सर्वोच्च अदालतले कसैको अनुहार हेरर भन्दा पनि कानुन हेरेर फैसला गर्ने भएकाले संसद् पुनःस्थापना हुने कुराका हामी ढुक्क छौं,’ नेता पाण्डेले भने। उनले पार्टी विभाजन हुनुमा प्रधानमन्त्री ओली दोषी रहेको बताए।  

ओली पक्षका नेता शंकर पोखरेलले पनि शनिबार नै लुम्बिनी प्रदेशका कार्यकर्ताको भेला गरी पार्टी विभाजन हुनुमा कार्यकारी अध्यक्ष दाहाल दोषी भएको बताए। उनले केपी ओलीको अनुहार देखाएर बहुमत प्राप्त जनमतलाई अपहरण गर्न खोजेपछि बाध्य भएर संसद् विघटन गर्नुपरेको बताएका थिए। ‘केपी ओलीविरुद्ध प्रस्तुत गरिएको अभियोगपत्र नै पार्टी विभाजनको कारण हो,’ नेता पोखरेलले भने। उनले पार्टी विभाजनको जिम्मा दाहाल–नेपाल समूहले लिनुपर्नेसमेत जिकिर गरेका थिए। पार्टी एकताको मर्म र भावनाविपरीत ओलीलाई जसरी एक पक्षीय आरोप लगाइएको छ, त्यो नै पार्टी विभाजनको कारक तत्व भएको बताउँदै नेता पोखरेलले दाहाललाई कार्यकारी अध्यक्षबाट हटाइएको हुनाले नेताहरूलाई मूलघर फर्कन आग्रह गरेका थिए। ओली पक्षले भोजपुरका नेता–कार्यकर्तासँग पनि अन्तक्र्रिया गरेको थियो। ओली पक्षका नेता एवं पूर्वपर्यटनमन्त्री कृपासुर शेर्पा सो भेलामा सहभागी भएका थिए।  

त्यस्तै दाहाल–नेपाल पक्षका नेताहरूले सिन्धुली जिल्लाका नेता–कार्यकर्ताहरूसँग भेटघाट गरेका थिए। सांसद गणेश पहाडीलगायत नेताहरूको सहभागिता रहेको सो भेटघाटमा उनीहरूले पार्टी विभाजनबारे ओली दोषी रहेको निष्कर्ष निकालेका थिए। दाहाल–नेपाल पक्षका नेताहरूले शुक्रबार दोलखाका नेता कार्यकर्ताहरूको पनि भेला गरेका थिए। उनीहरूले पनि ओलीकै कारण पार्टी विभाजन भएको निष्कर्ष निकालेका थिए। ओली पक्षका नेताहरू महेश बस्नेतले शनिबार पोखरा र ललितपुरमा छुट्टाछुट्टै कार्यक्रममको आयोजना गरी दाहाल–नेपालविरुद्ध आक्रोश पोखेका थिए। उनले सूर्य चिह्न र पार्टीको सम्पत्तिमाथि आँखा नलाउन चेतावनी दिएका थिए।
अर्को समाचार
अदालतलाई नधम्क्याउन ओलीको चेतावनी
२६ पौष २०७७
•
४ मिनेट पाठ
अदालतलाई नधम्क्याउन ओलीको चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउन खोजेको आरोप लगाएका छन्। ओलीले चार प्रधानन्यायधीशले प्रतिनिधिसभा विघटनलाई संविधानविपरीत भन्दै वक्तव्यमार्फत सर्वोच्च अदालतलाई धम्क्याउन खोजेको आरोप लगाउँदै सडकबाटै फैसला दिन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिएका छन्।  




नेकपाका अध्यक्षसमेत रहेका ओलीले शनिबार काठमाडौंमा आफूनिकट युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भने, ‘म भन्न चाहन्छु, सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा बसिसकेका मान्छेले गलत ढंगले अदालतलाई प्रभावित पार्ने, धम्क्याउने खालका क्रियाकलाप गर्न सुहाउँदैन।’

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्कीले शुक्रबार संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनबाहेक अर्को अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट पार्दै सो कदम असंवैधानिक रहेको जनाएका थिए।‘नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको पाइन्छ’, वक्तव्यमा उल्लेख छ। सोही वक्तव्यको आलोचना गर्दै ओलीले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्ने प्रयास स्वीकार्य नहुने बताएका हुन्। उनले आफूहरूले कहिल्यै अदालतको निर्णयलाई लिएर नाराजुलुस नगर्नेसमेत बताए।  

ओलीले संविधान अनुसारको संवैधानिक इजलासलाई नमान्ने भन्दै केही अजासु (अति जान्नेसुन्ने) निस्केर अरू इजलास माग गर्न थालेको बताए। ‘केही अजासु निस्केर संवैधानिक इजलासले हुँदैन भन्दैछन्, कुन संविधानले भन्यो ? उनीहरूले जे भन्यो त्यही फैसला हुनुपर्ने ? उनीहरूले जुन इजलास माग्यो त्यही हुने हो भने किन चाहियो अदालत ?’ ओलीले भने। ओलीले प्रतिनिधिसभा पुनस्र्थापना नहुने र तोकिएकै मितिमा चुनाव हुने बताए। ‘विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन। वैशाख १७ र २७ गते नै चुनाव हुन्छ,’ उनले भने।  

भेलालाई सम्बोधनका क्रमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालप्रति निकै आक्रामक बनेका ओलीले कोही व्यक्तिको मृत्यु होला र त्यसपछि पद पाउँला भनेर बसेको बताए। ओलीले नेपालमाथि पदलोलुपको आक्षेप लगाउँदै उनको भविष्यवाणी पनि नमिल्ने बताउँदै भने ‘भविष्यवाणी पुग्ने भए म उहिल्यै मरिसक्थें। जब म अप्रेसन गर्न जान्थें, यिनीहरूको कहिल्यै उज्यालो नहुने चेहरा पनि उज्यालो हुन्थ्यो। जब म तंग्रिन्छु अनि झ्याप्प बत्ती गएजस्तै अनुहार हुन्थ्यो। मरे प्रधानमन्त्री र अध्यक्ष हुन्थ्यौं भन्ने थियो होला।’ ओलीले मदन भण्डारीको मृत्युपछि आफूले नेपाललाई पार्टीको महासचिव बनाइदिएको बताए। उनले आफूले नै नेपाललाई पार्टीमा संगठित गरेको समेत बताए।

ओली लुकेका सर्प हुन् : खनाल  

नकेपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई लुकेर बसेको सर्पको संज्ञा दिएका छन्। उनले ओलीलाई विश्वास गरेर अध्यक्ष पद दिएको तर उनी लुकेर बसेको सर्पको रूप भएर निस्किएको आरोप पनि लगाए। दाहाल–नेपाल समूहको सम्पर्क समन्वय कमिटीको आयोजनामा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता खनालले भने, ‘ओलीमा सत्ता कसरी प्राप्त हुन्छ, प्रधानमन्त्री र अध्यक्ष पद कसरी कब्जा गर्न सकिन्छ भन्ने मात्र ध्यान भयो, पार्टीका केही मानिसले चिन्नुभएको रहेछ तर सबैले चिन्नुपर्ने रहेछ। सर्प लुकेर बसेको हो कि होइन भनेर सबैले चिन्नुपर्ने थियो, अब चिनियो।’  

खनालले आफूहरूले विश्वासका साथमा अध्यक्ष र प्रधानमन्त्री बनाएर ओलीलाई देश र पार्टीको अभिभारा सुम्पिनु गलत भएको बताए। खनालले प्रधानमन्त्री ओलीले जनताको अपेक्षाविपरीत काम गरेको र पार्टीलाई भर्‍याङमात्र बनाएको आरोप लगाए। पूर्वएमालेको एउटा गुटलाई मात्र ओलीले काखी च्यापेको आरोप पनि खनालले लगाए। ‘ओली तानाशाह र बुर्जुवाहरूको नेता भएर कुशासन र भ्रष्टाचारका काण्डहरू आएपछि हामीले सचिवालयमा प्रश्न उठाउन थालेका हौं, ओलीले सबै शक्तिकेन्द्र आफूमातहत राखेका छन्। एउटा कम्युनिस्ट नेताले यस्तो किन गर्नुपर्‍यो,’ खनालले भने। उनले पार्टीका बैठकमा ओलीले सुरुदेखि नै विवादैविवाद खडा गरेको आरोप लगाउँदै भने, ‘हामी कैयौं रात सुत्न सकेनौं, हामीलाई चिन्ता भयो तर पनि पार्टीभित्रको कुरा मिलाएर लानुपर्छ भनेर संयमित रूपमा अघि बढेका थियौं तर ओली उल्टो बाटो हिँड्न थाले।’  

कार्यक्रममा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध आगामी माघ २३ गते काठमाडौंमा १ लाख मानिस ल्याएर शक्ति प्रर्दशन गर्ने बताए। त्यसका लागि श्रेष्ठले सम्पर्क कमिटीहरूलाई अहिल्यैबाट व्यवस्थापनमा जुट्न निर्देशन दिए। उनले प्रतिनिधिसभा विघटन सिंगो राजनीतिक प्रणाली र परिवर्तनमाथिको आक्रमण भएको बताउँदै भने, ‘यो विघटनमा मात्रै सीमित नरहन सक्छ।’ सर्वोच्च अदालतलाई शक्ति पृथकीकरणको सिद्धान्तअनुसार अधिकार दिएको भन्दै उनले सर्वोच्चले केही गर्ला भनेर भन्न नपर्ने र संविधानविपरीत गएर निर्णय भए त्यसबेला संविधानको कुनै पनि धारा काम नलाग्न नसक्ने बताए।

नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा विघटन गर्ने कदम समाजवादको यात्रामा बाधक भएको बताए। उनले ओलीको प्रतिगामी कदमविरुद्ध आन्दोलनको विकल्प नभएको पनि बताए। ‘यसले समाजवादतर्फको नेपालीको यात्रालाई असफल पार्ने काम गरेको छ, त्यसको सबै दोष ओली नै लिनुपर्छ,’ पाण्डेले भने। उनले प्रधानमन्त्री ओलीले आवेगमा आएर प्रतिनिधिसभा विघटन गरेको बताए।
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस