नेकपा विभाजनः केन्द्रपछि प्रदेशमा उथलपुथल
१२ पौष २०७७
•
३ मिनेट पाठ
नेकपा विभाजनः केन्द्रपछि प्रदेशमा उथलपुथल
नेकपाका दुवै समूहलाई कांग्रेसको भरकेन्द्रमा सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि प्रदेश १ मा पनि त्यसको असर पर्ने देखिएको छ। नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रदेश १ मा प्रधानमन्त्री केपी ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको चर्चा चुलिएको छ। वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा पनि त्यस्तो तयारी भइरहेको स्रोतको दाबी छ।




नयाँ सरकार बनाउन प्रदेशसभामा नेकपाका दुवै समूहको बहुमत पुग्दैन। त्यसैले मुख्यमन्त्री राई नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन नेपाली कांग्रेसको साथ अनिवार्य चाहिन्छ भने दाहाल–नेपाल पक्षलाई पनि सरकार बनाउन कांग्रेसबिना सम्भव छैन। अहिले प्रदेशमा दुवै समूह कांग्रेसको समर्थन जुटाउने कसरतमा छन्। कांग्रेस भने ‘पर्ख र हेर’ को रणनीतिमा छ। 

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ र कांग्रेसका २१ सांसद छन्। नेकपामा पूर्वएमाले खेमाका ५१ र पूर्वमाओवादीका १६ सांसद छन्। तत्कालीन एमालेका २६ सांसदको मत पाएर राई संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनेका हुन्। उनले माधव नेपाल समूहका भीम आचार्यलाई २ मतले हराएका थिए। सभामुख र उपसभामुखबाहेक ९१ जना सांसद रहेको प्रदेशसभामा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन चाहिन्छ। जुन संख्या नेकपाका दुवै समूहसँग छैन। प्रदेशसभामा समाजवादी पार्टीका तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सदस्य छन्। दाहाल–नेपाल समूह भने संसदीय दलभित्र आफूहरूको स्पष्ट बहुमत भएको दाबी गर्छ। 

‘पार्टी नै विभाजित भइसकेपछि संसदीय दल पनि विभाजित हुन्छ, हामी दलभित्र स्पष्ट बहुमतमा छौं,’ प्रदेश सरकारका आर्थिक ममिलामन्त्री तथा योजना मन्त्रीसमेत रहेका दाहाल समूहका ईन्द्र आङ्बोले भने। वाग्मती प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएकाले प्रधानमन्त्री ओलीले चाल्ने कदमपछि प्रदेश १ मा पनि रणनीति बनाएर अघि बढ्ने दाहाल–नेपाल समूहको योजना छ। ‘प्रदेशसभा नै विघटन गर्ने हुन् कि भन्ने छ, त्यसैले प्रतीक्षा गर्छौं,’ आङ्बोले भने।

प्रदेशसभामा नेकपाका प्रमुख सचेतक रहेका ओली समूहमा बुद्धि राजभण्डारी भने सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनु स्वाभाविक भएको बताउँछन्। प्रदेशसभामा नेकपाका दुवै समूहको बहुमत नपुग्ने भएकाले सरकार गठनमा कांग्रेसको साथ अनिवार्य भएको उनको भनाइ छ। ‘उहाँहरूले बहुमत सिद्ध गर्नुभयो भने सरकार गठन गर्नुहुन्छ। हामी पनि बहुमत पुर्‍याउन कोसिस गरिरहेका छौं,’ उनले कांग्रेस निर्णायक भएको संकेत गर्दै भने, ‘कांग्रेसको समर्थन कसैले पाएन भने प्रदेशसभा नै विघटन हुन्छ।’ उनले संसदीय दलमा २८ सांसद आफूहरूको पक्षमा भएको दाबी गरे।  

नेकपाका दुवै समूहले प्रमुख प्रतिपक्षी कांग्रेसको समर्थन खोजिरहँदा कांग्रेस भने ‘पर्ख र हेर’ को रणनीतिमा छ। प्रतिपक्षी दलका नेता राजीव कोइरालाका अनुसार नेकपाका दुवै समूहले छलफल गरे पनि सरकारमा जाने नजानेबारे निर्णय भइसकेको छैन। उनले नेकपाका दुवै समूहको अंकगणित स्पष्ट देखिएपछि परिस्थितिको मूल्यांकन गर्दै र केन्द्रको निर्देशनअनुसार कदम चाल्ने बताए। ‘मुख्यमन्त्रीज्यूसँग सामान्य भेटघाट भएको छ, अर्को पक्षबाट पनि फोनमा कुरा भएको छ तर अहिले नै सरकारमा जाने भन्ने छैन,’ कोइरालाले भने, ‘उहाँहरूको अंकगणित स्पष्ट हुनुपर्छ। त्यसपछि परिस्थिति हेरेर र केन्द्रको निर्देशन अनुसार निर्णय गछौं।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१५ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस