ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रणाली बचाउन संसद् विघटन गर्नुपरेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको कास्की जिल्लास्तरीय कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले सिस्टम बचाउनका लागि संसद् भंग गरेको जिकिर गरेका हुन्। नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री रायमाझीले दाहाल–नेपाल समूहले बहुमतको दम्भमा प्रधानमन्त्रीलाई हटाएर सिस्टममाथि नै प्रहार गर्न लागेकाले प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको बताए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलीपक्षीय नेता रायमाझीले ओलीलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष, पार्टी सचिवालय, स्थायी कमिटी र सांसद पदबाटसमेत हटाउने षडयन्त्र भएको थाहा पाएपछि बाध्य भएर संसद् विघटन गरिएको उनले बताए। ‘पार्टीको म्याण्डेटविपरीत प्रधानमन्त्रीलाई हटाउन खोजेपछि नयाँ जनादेशमा जाने निर्णय भएको हो,’ उनले भने। अबको चुनावमा जितिन्न कि के हो भन्ने लाग्यो कि लोभले काम गर्यो कुन्नी, एउटालाई अध्यक्ष पद चाहियो, अर्कोलाई प्रधानमन्त्री पद चाहियो, त्यो पनि अहिल्यै।’
नेता रायमाझीले संसद् विघटन अग्रगामी र प्रगतिशील भएको दाबी गर्दै दाहाल–नेपाल समूहले पार्टी एकताको म्याण्डेट विपरित गरेको हर्कत पश्चगामी भएको बताए। पूर्व माओवादीसमेत रहेका मन्त्री रायमाझीले आफूहरूलाई पूर्व माओवादीको लिगेसी छाडेको आरोप निराधार भएका बताए। ‘बादल, लेखराज भट्ट, मलगायतलाई अहिले माओवादी लिगेसी छाडेको आरोप लगाइएको छ,’ उनले भने, ‘माधवलाई अध्यक्ष बनाउँदा माओवादी लिगेसी हुने अनि केपी ओली अध्यक्ष भएको पार्टीमा हुँदाचाहिँ माओवादी लिगेसी छाडेको हुने ? त्यस्तो हुँदैन।’
नेता रायमाझीले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि काम गर्न खोजे पनि गर्न नदिइएको दाबी गरे। ‘प्रधानमन्त्रीले गर्न नचाहेर विकास र समृद्धिको काम गर्न नसक्नु भएको होइन। बरु गर्न नदिइएको हो।’ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास र समृद्धि नचाहने तत्वले सरकारलाई अप्ठेरोमा पारेका कारण नयाँ जनादेशमा जानुपरेको बताए। उनले बिचार र सिद्धान्तमा फरक नहुँदानहुँदै नेताहरूको पद लोलुपताका कारण पार्टी दुर्घटनामा परेको आरोप लगाए। उनले सरकार प्रमुख र पार्टी प्रमुखको ठूलो बनाउने भन्नेबारेमा अबको पार्टीको महाधिवेसनले टुंगो लगाउनेसमेत बताए।