दाङ- नेपाली काँग्रेसकी नेतृ सुजाता कोरालाले यथावस्थामा चुनाव हुने सम्भावना नदेखिएको बताएकी छन्। उनले चुनाव नभए चारै दलका शीर्ष नेताहरु दोषी हुने बताइन्। कुनै एक दल पनि चुनावभन्दा बाहिर रहे चुनाव हुनै नसक्ने दावी गर्दै उनले चुनाव गराउनका लागि विरोधी दलहरुलाई सहमतिमा ल्याउनु प्रमुख आवश्यकता रहेकोमा जोड दिइन्।
कोइरालाले ४ दलीय शीर्ष नेताहरु सम्मिलित राजनीतिक संयन्त्रले समेत चुनावी वातावरण बनाउनका लागि पहल नथालेको आरोप समेत लगाइन्। संयन्त्रले चुनावको विपक्षमा रहेका दलहरुलाई चुनावमा सहभागी गराउन सक्रियता नदेखाएको भन्दै उनले यो अवस्थामा चुनाव हुनेमा आशंका जन्मिएको बताइन्।
'राजनीतिक संयन्त्रले चुनावी वातावरण बनाउन सकेको छैन' उनले भनिन् 'चुनावको विपक्षमा रहेका दलहरुलाई सहमतिमा ल्याउनु पर्थ्यो, त्यो देखिएन।' तर उनले मुलुकको निकासका लागि संविधान सभाको चुनाव हुनु पर्नेमा जोड समेत दिइन्।
यसैगरी कोइरालाले आइतबार काँग्रेस कार्यकर्ताहरुलाई केन्द्रीय नेताहरुको ब्यक्तिगत कार्यकर्ता नबन्न सुझाव दिएकी छिन्। 'तपाईँहरु नेपाली काँग्रेसका कार्यकर्ता हुनुहुन्छ' कार्यकर्ताहरुसँगको भेटमा उनले भनिन् 'ब्यक्तिको कार्यकर्ता बन्ने हैन।' जिल्लामा फुट भए नेपाली काँग्रेसले फेरि पनि चुनावमा हार बेहोर्नु पर्ने अवस्था आउने भन्दै उनले एकजुट भएर चुनावी वातावरण बनाउन गाउँकेन्द्रित हुन निर्देशन दिइन्। 'केन्द्रमा जेसुकै होस्' कोइरालाले भनिन् ' तपाईहरु जिल्लामा मिल्नुस्।'
काँग्रेसको स्थानीय तहमा राम्रो वातावरण भएको भन्दै उनले चुनाव हारिए पार्टीको आन्तरिक बेमेलकै कारण हार हुने बताइन्।