काठमाडौं - एमालेले स्थानीय निकायमा पनि केन्द्रमा झैँ व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको संरचना प्रस्ताव गरेको छ। जारी केन्द्रीय कमिटीमा स्थानीय विभागले ल्याएको प्रस्तावमा केन्द्र र प्रदेशमा जस्तै संरचनाले स्थानीय निकाय सञ्चालन गर्नुपर्ने उल्लेख छ। 'स्थानीय निकायमा पनि राज्यसञ्चालनका तीनै अंगको अभ्यास प्रस्ताव गरेका छौं,' स्थानीय विभागका प्रमुख नेत्र पन्थीले नागरिकसँग भने, 'अहिलेसम्म राज्य पुनर्संरचनाबारे छलफल हुँदा केन्द्र र प्रदेशको मात्रै कुरा आएका छन्। स्थानीय निकायबारे छलफल हुन सकेको छैन। त्यसैले स्थानीय निकाय संरचनाबारे छलफल सुरु गर्नुपर्छ।'प्रस्तावमा स्थानीय निकाय सञ्चालनका लागि ५–१० जनाको स्थानीय बोर्ड गठन गर्नुपर्ने उल्लेख छ। 'बोर्डले दैनिक गतिविधि सञ्चालन गर्नेछ। जनसंख्याका आधारमा यसका संख्या पाँचदेखि १० जनासम्मको रहनेछ,' पन्थीले भने, 'यो केन्द्रको मन्त्रिपरिषदजस्तै हो।'
त्यसैगरी ३५ देखि ७५ जनाको परिषद हुनेछ। 'परिषदले बनाएको नीतिभित्र रहेर बोर्डले त्यसको कार्यान्वयन गर्नेछ,' उनले भने।
प्रत्येक वडामा कम्तीमा दुई महिलासहित पाँचजना सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ।
स्थानीय तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। 'स्थानीय निकाय घरजस्तै हो, महिला–पुरुष दुवै भए मात्रै चल्ने,' पन्थीले भने, 'प्रमुख पुरुष भए उपप्रमुख महिला र महिलाप्रमुख भएको स्थानमा उपप्रमुख पुरुष हुने पर्नेछ।'
स्थानीय स्तरमा मुद्दा हेर्नका लागि वैकल्पिक न्यायप्रणालीको व्यवस्था प्रस्ताव गरिएको छ। 'अहिले नागरिकता वितरण गर्न बेलाबेला घुम्ती टोली खटाएजस्तो, जिल्ला न्यायाधीशहरुको टोलीले निश्चित मितिमा स्थानीय निकायमै पुगेर न्याय दिने व्यवस्था प्रस्ताव गरिएको छ,' पन्थीले भने।
जनसंख्या र त्यसका आर्थिक, सामाजिक आधारमा स्थानीय निकायका पाँचवटा तह निर्धारण गरिएको छ।
देशभरमा ६ सय २६ वटा गाउँपालिका गठन गरिने, नगरोन्मुख गाउँलाई ८९ वटा उप–नगपालिका बनाउने प्रस्तावमा छ। २ सय नगपालिका, २२ उपमहानगरपालिका र तीनवटा महानगरपालिका बनाउने प्रस्ताव गरिएको छ। अहिले ३ हजार ९ सय १५ गाउँ विकास समिति, ५८ वटा नगरपालिका, ४ उपमहानगरपालिका र एक महानगरपालिका छन्।
'काठमाडौं, पोखरा र विराटनगरलाई महानगरपालिका बनाउने प्रस्ताव गरिएको छ,' उनले भने।
संविधानसभा विघटनसँगै एमालेको स्थानीय विकासले १४ वटा अञ्चल, बागमती र उपत्यकाका स्थानीय नेतासँग छलफल गरेर यो प्रतिवेदन तयार पारेको हो।
एकमहिने निर्वाचन अभियान
पार्टीले जेठको पहिलो साताबाट एकमहिने निर्वाचन अभियान थाल्ने प्रस्ताव ल्याएको छ। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष झलनाथ खनालले निर्वाचनको माहोल सिर्जना गर्न जेठ ३ देखि निर्वाचन अभियान सुरु गर्ने प्रस्ताव गरेका हुन्।
मदन–आश्रित स्मृति दिवस पारेर अभियान राजधानीबाट सुुरु हुनेछ। प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रीय नेता, जनवर्गीय संगठनका प्रमुख, केन्द्रीय निकाय तथा विभागका सचिव, सल्लाहकार, निर्वाचन आयोग, अनुशासन आयोगका सदस्यलाई केन्द्रीय प्रतिनिधि बनाएर खटाइने एमाले तयारी छ। अभियान असारको पहिलो सातासम्म चल्नेछ।
बैठकमा अनुशासन आयोगको प्रतिवेदन अमृत बोहोरा र निर्वाचन आयोगको प्रतिवेदन सोमनाथ अधिकारीले प्रस्तुत गरेका थिए।
पूर्ण केन्द्रीय सदस्य नथपिने
शीर्ष नेताबीच विवाद देखिएपछि एमालेमा वैकल्पिक केन्द्रीय सदस्यलाई पूर्ण सदस्यता दिने तयारी रोकिएको छ। बिहीबार स्थायी कमिटीमा अध्यक्ष खनाल, वरिष्ठ नेता माधव नेपाल र केपी शर्मा ओलीले आफूनिटकलाई पदोन्नति गर्नुपर्ने अडान राखेपछि सहमति जुटेन।
बुधबारको केन्द्रीय कमिटी बैठकले मनोनीत गरिएका ११ जना मध्ये सुभास नेम्वाङ, केशवलाल श्रेष्ठ र सानु श्रेष्ठलाई मात्रै पूर्ण केन्द्रीय सदस्य बनाएको थियो। यससँगै केन्द्रीय समितिमा पूर्ण सदस्यको संख्या ८१, वैकल्पिक ३७ पुगेको छ।
बैठकमा नेता घनश्याम भुषालले सैद्धान्तिक विषयमा छलफल गर्न केन्द्रीय कमिटीको विशेष बैठक डाक्न माग गरेका छन्। उनले केन्द्रीय कमिटीमा पछिल्लो समयमा आर्थिक, सामाजिक क्षेत्रमा देखिएको परिवर्तनअनुसार नेपाली समाजको चरित्र, वर्ग विश्लेषण, अन्तर्विरोध, रणनीति, कार्यनीति, पार्टी संगठनको निर्माण, पार्टीको मार्गदर्शक सिद्धान्तबारे छलफल गर्नेगरी विशेष बैठक राख्न माग गरेका हुन्।
रघुवीरमाथि कारबाही माग
जनकपुर अञ्चल कमिटी तथा त्यस क्षेत्रका केन्द्रीय सदस्यले गुटबन्दी तथा गुण्डागर्दीमा संलग्न भन्दै पोलिटब्युरो सदस्य रघुवीर महासेठमाथि कारबाही माग गरेका छन्।
अञ्चल इन्चार्ज केशव देवकोटा, सहइन्चार्ज रविन्द्र बैठा, केन्द्रीय सदस्यहरू शत्रुघ्न महतो, विषमलाल अधिकारी, श्रीप्रसाद साह, योगनारायण यादव र अञ्चल सचिव लक्ष्मण पौडेलसहितले केन्द्रीय कमिटीमा कारबाही प्रस्ताव राखी छलफल गर्न लिखित माग गरेका थिए।