विवाद मिलाउन अघि सरे रेग्मी
३१ वैशाख २०७०
•
७ मिनेट पाठ
विवाद मिलाउन अघि सरे रेग्मी
काठमाडौं- सरकारले निर्वाचनसम्बन्धी अध्यादेश विवाद समाधान गरेर निर्वाचनको मिति चाँडो घोषणा गर्ने तदारुकता देखाएको छ। संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशमा विवादित विषयमा सहमति खोज्न मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी आफैंले प्रमुख राजनीतिक दलसँग परामर्श सुरु गरेका हुन्।रेग्मीले मंगलबार नेकपा एमाले, मधेसी मोर्चा र साना राजनीतिक दलका नेतासँग छुट्टाछुट्टै छलफल गरे। सोमबार राति नेपाली कांग्रेसका नेतासँग छलफल गरेका उनले बुधबार बिहान एकीकृत माओवादीसँग छलफल गर्ने तय गरिएको छ।

मन्त्रिपरिषद अध्यक्षका प्रेस सल्लाहकार विमल गौतमका अनुसार संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशका विवाद समाधान गरी निर्वाचन घोषणा गर्न सरकारले पराशर्म सुरु गरेको बताए। 'विवाद मिलाएर केही दिनभित्र मिति घोषणा गर्न सरकार लागिपरेको छ,' गौतमले नागरिकसँग भने, 'त्यसका लागि अध्यक्षज्यूले दलहरु तथा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श थाल्नुभएको हो।'

रेग्मीसँगको छलफलमा दलका नेताले आफ्ना अडान भने छाडेनन्। एमाले अध्यक्ष झलनाथ खनालसहितको टोलीले मंगलबार बिहान रेग्मी निवास बालुवाटारमा रेग्मीसँग गरेको भेटमा थ्रेसहोल्ड, समानुपातिक उम्मेदवार तथा संविधानसभा सिट संख्या घटाउने विषयमा यसअघि नै सहमति भइसकेकाले यससम्बन्धी विवाद औचित्यहीन रहेको दाबी राखेको थियो।

'संविधानसभाको संख्या घटाएर ४ सय ९१ बनाउने, समानुपातिकतर्फको प्रतिनिधित्वका लागि थ्रेसहोल्डको व्यवस्था, फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिले निर्वाचन लड्न नपाउनेजस्ता विषयमा चारदलीय संयन्त्रमा यसअघि नै सहमति भइसकेको हो,' एमाले नेता अग्नि खरेलले भने, 'यस विषयमा अहिले आएर माओवादी र मधेसी मोर्चाले बखेडा झिक्छन् भने उनीहरु निर्वाचन गर्न चाहँदैनन् भन्ने स्पष्ट हुन्छ भन्यौं।'

कांग्रेसले पनि सोमबार रेग्मीसँग छलफलमा पुरानै अडान दोहोर्‍याउँदै थेस्र होल्ड र सिट संख्याबारे पहिल्यै सहमति भइसकेको बताएको थियो।

समानुपातिकतर्फ पनि २ सय ४० स्थान गराएर संविधानसभा आकार घटाउने तथा कूल सदर मतको एक प्रतिशत थ्रेस होल्ड राख्ने विषयमा दलहरुबीच यसअघि नै सहमति भइसकेको सार्वजनिक भएको थियो।

एक प्रतिशत मतको प्रावधानमा एकीकृत माओवादी, मधेसी मोर्चा र साना राजनीतिक दलले विरोध गर्दै आएका छन्। जनजाति तथा आदिवासी समूहले भने समानुपातिकतर्फ संख्या घटाउने विषयमा विरोध गरिरहेका छन्। विघटित संविधानसभामा ६ सय १ सदस्य थिए।

'जम्बो संविधानसभा भन्ने जनताको आलोचनालाई ध्यान दिँदै घटाउने पक्षमा निर्णय भएको हो,' खरेलले नागरिकसँग भने, 'समानुपातिकतर्फ संख्या घट्दा एउटामात्रै जातिलाई असर नगर्ने र त्यसलाई ३० प्रतिशत भन्दा कम संख्यामा उम्मेदवार उठाउने दलले पनि पूर्ण समानुपातिक उम्मेदवार दिनुपर्ने व्यवस्थाबाट पूरा गर्न सकिने हामीले सुझाव दिएका छौं।'

निर्वाचन आयोगले तयार पारेको अध्यादेश मस्यौदामा समानुपातिकतर्फका ३० प्रतिशतभन्दा बढी उम्मेदवारी दिने दलले मात्रै सूची पूर्ण समानुपातिक बनाउनुपर्ने व्यवस्था गरिएको छ। त्यसभन्दा कम उम्मेदवारी दिने दलले महिला–पुरुषको अनुपात मिलाए पुग्ने व्यवस्था गरिएको छ।

एमालेले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्न सरकार प्रमुख रेग्मीलाई सुझाव दिएको थियो।

एमाले टोलीमा खनाल, उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल, केन्द्रीय सदस्यहरु भीम रावल र खरेल थिए।

साना दल असन्तुष्ट

संयन्त्रमा रहेका दलबीच निर्वाचन आयोगमा नयाँ दर्ता हुने दलले १० हजार मतदाताको हस्ताक्षर बुझाउनुपर्ने प्रावधान खारेज गर्न माग गर्दै १६ साना दलले मंगलबार नै अध्यक्ष रेग्मीसँग भेट गरे।

मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरुले निर्वाचन आयोगमा पहिले नै राजनीतिक दलका रूपमा दर्ता र सूचीकृत भई निर्वाचनमा सहभागी भइसकेका दललाई पुनः १० हजार मतदाताको हस्ताक्षर बुझाउने प्रावधान हटाउनुपर्ने माग गरेको मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

त्यस क्रममा साना दलले संविधानसभा सदस्यको सिट प्राप्त गर्न कूल सदर मतको न्यूनतम एक प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्थाप्रति पनि असन्तुष्टि जनाएका थिए।

नामावली संकलन छिटो सक्न सुझाव

रेग्मीले मंगलबार बिहान प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई मतदाता नामावली संकलन छिटो सक्न आग्रह गरे। रेग्मीलाई भेट्न बालुवाटार पुगेका उप्रेतीसँग उनले अध्यादेशका विभिन्न प्रावधानप्रति विभिन्न दलहरुले दिएका सुझाव सम्बोधन गर्ने उपायबारे छलफल गरेका थिए। त्यस सिलसिलामा निर्वाचन मिति घोषणा गर्ने सम्बन्धमा पनि छलफल भएको थियो।
अर्को समाचार
विवाद मिलाउन अघि सरे रेग्मी
३१ वैशाख २०७०
•
७ मिनेट पाठ
विवाद मिलाउन अघि सरे रेग्मी
काठमाडौं - सरकारले निर्वाचनसम्बन्धी अध्यादेश विवाद समाधान गरेर निर्वाचनको मिति चाँडो घोषणा गर्ने तदारुकता देखाएको छ। संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशमा विवादित विषयमा सहमति खोज्न मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी आफैंले प्रमुख राजनीतिक दलसँग परामर्श सुरु गरेका हुन्। रेग्मीले मंगलबार नेकपा एमाले, मधेसी मोर्चा र साना राजनीतिक दलका नेतासँग छुट्टाछुट्टै छलफल गरे। सोमबार राति नेपाली कांग्रेसका नेतासँग छलफल गरेका उनले बुधबार बिहान एकीकृत माओवादीसँग छलफल गर्ने तय गरिएको छ।मन्त्रिपरिषद अध्यक्षका प्रेस सल्लाहकार विमल गौतमका अनुसार संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशका विवाद समाधान गरी निर्वाचन घोषणा गर्न सरकारले पराशर्म सुरु गरेको बताए। 'विवाद मिलाएर केही दिनभित्र मिति घोषणा गर्न सरकार लागिपरेको छ,' गौतमले नागरिकसँग भने, 'त्यसका लागि अध्यक्षज्यूले दलहरु तथा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श थाल्नुभएको हो।'
रेग्मीसँगको छलफलमा दलका नेताले आफ्ना अडान भने छाडेनन्। एमाले अध्यक्ष झलनाथ खनालसहितको टोलीले मंगलबार बिहान रेग्मी निवास बालुवाटारमा रेग्मीसँग गरेको भेटमा थ्रेसहोल्ड, समानुपातिक उम्मेदवार तथा संविधानसभा सिट संख्या घटाउने विषयमा यसअघि नै सहमति भइसकेकाले यससम्बन्धी विवाद औचित्यहीन रहेको दाबी राखेको थियो। 
'संविधानसभाको संख्या घटाएर ४ सय ९१ बनाउने, समानुपातिकतर्फको प्रतिनिधित्वका लागि थ्रेसहोल्डको व्यवस्था, फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिले निर्वाचन लड्न नपाउनेजस्ता विषयमा चारदलीय संयन्त्रमा यसअघि नै सहमति भइसकेको हो,' एमाले नेता अग्नि खरेलले भने, 'यस विषयमा अहिले आएर माओवादी र मधेसी मोर्चाले बखेडा झिक्छन् भने उनीहरु निर्वाचन गर्न चाहँदैनन् भन्ने स्पष्ट हुन्छ भन्यौं।'
कांग्रेसले पनि सोमबार रेग्मीसँग छलफलमा पुरानै अडान दोहोर्याकउँदै थेस्र होल्ड र सिट संख्याबारे पहिल्यै सहमति भइसकेको बताएको थियो।
समानुपातिकतर्फ पनि २ सय ४० स्थान गराएर संविधानसभा आकार घटाउने तथा कूल सदर मतको एक प्रतिशत थ्रेस होल्ड राख्ने विषयमा दलहरुबीच यसअघि नै सहमति भइसकेको सार्वजनिक भएको थियो।
एक प्रतिशत मतको प्रावधानमा एकीकृत माओवादी, मधेसी मोर्चा र साना राजनीतिक दलले विरोध गर्दै आएका छन्। जनजाति तथा आदिवासी समूहले भने समानुपातिकतर्फ संख्या घटाउने विषयमा विरोध गरिरहेका छन्। विघटित संविधानसभामा ६ सय १ सदस्य थिए।
'जम्बो संविधानसभा भन्ने जनताको आलोचनालाई ध्यान दिँदै घटाउने पक्षमा निर्णय भएको हो,' खरेलले नागरिकसँग भने, 'समानुपातिकतर्फ संख्या घट्दा एउटामात्रै जातिलाई असर नगर्ने र त्यसलाई ३० प्रतिशत भन्दा कम संख्यामा उम्मेदवार उठाउने दलले पनि पूर्ण समानुपातिक उम्मेदवार दिनुपर्ने व्यवस्थाबाट पूरा गर्न सकिने हामीले सुझाव दिएका छौं।' 
निर्वाचन आयोगले तयार पारेको अध्यादेश मस्यौदामा समानुपातिकतर्फका ३० प्रतिशतभन्दा बढी उम्मेदवारी दिने दलले मात्रै सूची पूर्ण समानुपातिक बनाउनुपर्ने व्यवस्था गरिएको छ। त्यसभन्दा कम उम्मेदवारी दिने दलले महिला–पुरुषको अनुपात मिलाए पुग्ने व्यवस्था गरिएको छ। 
एमालेले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्न सरकार प्रमुख रेग्मीलाई सुझाव दिएको थियो।
एमाले टोलीमा खनाल, उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल, केन्द्रीय सदस्यहरु भीम रावल र खरेल थिए।

साना दल असन्तुष्ट
संयन्त्रमा रहेका दलबीच निर्वाचन आयोगमा नयाँ दर्ता हुने दलले १० हजार मतदाताको हस्ताक्षर बुझाउनुपर्ने प्रावधान खारेज गर्न माग गर्दै १६ साना दलले मंगलबार नै अध्यक्ष रेग्मीसँग भेट गरे। 
मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरुले निर्वाचन आयोगमा पहिले नै राजनीतिक दलका रूपमा दर्ता र सूचीकृत भई निर्वाचनमा सहभागी भइसकेका दललाई पुनः १० हजार मतदाताको हस्ताक्षर बुझाउने प्रावधान हटाउनुपर्ने माग गरेको मन्त्रिपरिषद कार्यालयले जनाएको छ।
त्यस क्रममा साना दलले संविधानसभा सदस्यको सिट प्राप्त गर्न कूल सदर मतको न्यूनतम एक प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्थाप्रति पनि असन्तुष्टि जनाएका थिए। 

नामावली संकलन छिटो सक्न सुझाव
रेग्मीले मंगलबार बिहान प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई मतदाता नामावली संकलन छिटो सक्न आग्रह गरे। रेग्मीलाई भेट्न बालुवाटार पुगेका उप्रेतीसँग उनले अध्यादेशका विभिन्न प्रावधानप्रति विभिन्न दलहरुले दिएका सुझाव सम्बोधन गर्ने उपायबारे छलफल गरेका थिए। त्यस सिलसिलामा निर्वाचन मिति घोषणा गर्ने सम्बन्धमा पनि छलफल भएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस