प्रदेश १ को हिउँदे अधिवेशन सुरू हुने अघिल्लो दिन सत्तारुढ नेकपाका दुबै समूह बैठकमा सहभागि हुने रणनीति निर्माणमा जुटेका छन् । सत्तारुढ नेकपाको केपी ओली समूहले मंगलबार विराटनगर स्थित फन एण्ड फुट रिसोर्टमा बैठक आयोजना गरेको छ । नेकपा ओली पक्षका सांसद तथा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको अनौपचारिक बैठक बसेको बताएका छन् ।
यस्तै माधव प्रचण्ड समूहले विराटनगर स्थित होटल एसियाटिकमा बैठक आयोजना गरेको छ । बैठकमा प्रदेश सभामा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गरेको माधव प्रचण्ड समूहका सांसद राजेन्द्र राईले जानकारी दिए । बैठकले मुख्य मन्त्री विरुद्ध दर्ता भएको अविश्वसाको प्रस्ताव कसरी अगाडि बढाउने र प्रदेश सभा बैठकमा कसरी उपस्थित हुने भन्ने बारे रणनीति निर्माण गरेको राईले जानकारी दिए । ओली पक्षले निलम्बन गरिएका माधव प्रचण्ड समूहका सांसदलाई प्रदेशसभामा प्रवेश नदिने बताइरहेको छ । तर, माधव प्रचण्ड समूहले भने जसरी पनि प्रदेशसभामा प्रवेश गर्ने बताउँदै आएको छ । ओली पक्षले रोकेको खण्डमा प्रदेश सभामा मुटभेडको अवस्था आउने संभावना रहेको छ । अर्कोपक्षले संसद प्रवेशमा रोकेको खण्डमा आफुहरू जवर्जस्ती संसदमा प्रवेश गर्ने माधव प्रचण्ड समुहका सांसद राजेन्द्र राईले चेतावनी दिए । उनले भने ‘संसद प्रवेशमा रोकिए मुठभेडको अवस्था आउँछ । ’ प्रदेश सभामा मुडभेड हुने स्थितिलाई मध्यनजर गर्दै प्रदेशसभाका कुर्सीहरूलाई वेल्डिङ गरिएको छ । कुर्सि उचाल्न नमिल्ने गरी वेल्डीङ गरिएको हो । यस्तै प्रदेशसभामा मर्यादापालकको संख्या पनि थप गरिएको छ ।
सत्तारुढ नेकपा मात्रै हैन प्रतिपक्षदल नेपाली कांग्रेस पनि बैठकमा जुटेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश सभामा विकसित पछिल्लो घटनाक्रम बारे छलफल आयोजना गरेको हो । छलफलमा प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राखेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । उनले कांग्रेसले प्रदेश सभा बैठक सञ्चालनका लागि सकारात्मक सहयोग गर्ने जानकारी दिए । कार्कीले दलको बैठकमा सांसदहरूले धारणा राख्नेक्रम अझै नसकिएका कारण बुधबार पनि बैठक बस्ने बताए । नेकपामा देखिएको दरारले प्रदेशसभामा पनि सत्तारुढ दलका दुईसमूहवीच एक अर्कालाई निषेध गर्ने र निलम्बन गर्ने होड चलेको छ । प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ३७ जना मध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका कारण नेकपाको दुबै पक्षको बहुमत पुग्ने अवस्था छैन । नेकपाका दुबै पक्षको बहुमत पुग्ने स्थिति नभएकाले कांग्रेसले जुन पक्षलाई समर्थन ग¥यो उसकै नेतृत्वमा सरकार बन्ने देखिन्छ । तर, कांग्रेसले हालसम्म कुन पक्षलाई समर्थन गर्ने भन्ने ठोस निर्णय गर्नसकेको छैन।