काठमाडौं– चार दिनदेखि आमरण अनसनमा रहेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई सरकारले अस्पताल पुर्याएको छ। सञ्चारमन्त्री माधव पौडेल र स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले अनशन तोड्न गरेको आग्रह अस्वीकार गरेको भोलिपल्टै महतोलाई सरकारले वीर अस्पताल पुर्याएर आइसियुमा भर्ना गरेको हो। संविधानसभा निर्वाचनको मिति तत्काल घोषणालगायत १० बँुदे माग अघि सार्दै महतो मंगलबारदेखि आमरण अनशनमा छन्।
महतोलाई भेट्न मन्त्रीद्वय पौडेल र मल्लिक बिहीबार साँझ अनशनस्थलमै पुगेका थिए। आफ्ना माग पूरा नहुन्जेल अनसन जारी राख्ने अडानमा रहेका महतोलाई शुक्रबार सरकारले जबर्जस्ती अस्पताल पुर्याएको सद्भावनाका महासचिव मनिषकुमार सुमनले बताए।
'धरपकड र अपहरणको शैलीमा प्रहरी लगाएर अध्यक्षज्युलाई अनसनस्थलबाट जबर्जस्ती लगियो,' उनले भने, 'उहाँ वीर अस्पतालको आइसियुमा हुनुहुन्छ। त्यहाँ रहँदा पनि उहाँ अनसनमै हुनुहुन्छ। डाक्टरले दिएको औषधी खान मान्नु भएको छैन।' बिहीबार दिउसो चिकित्सकले महतोको स्वास्थ्यस्थिति चिन्ताग्रस्त हुँदै गएको जनाएका थिए।
अध्यक्षमाथि धरपकड गरेको भन्दै सदभावनाले खेद प्रकट गरेको छ। यसको विरोधमा पार्टीनिकट विद्यार्थी नेताले रिले अनसन सुरु गरेका छन्। 'अध्यक्षको पक्राउको विरोधमा शुक्रबारबाटै विद्यार्थी नेता रिले अनसनमा बसेका छन्,' सुमनले भने।