खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय
०८ माघ २०७७
•
३ मिनेट पाठ
खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय
प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा पनि निष्क्रिय छ । प्रतिनिधिसभा विघटनपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ ।  




प्रतिनिधिसभा विघटनसँगै कानुन निर्माणका क्रममा केही समस्या छ । संविधानले प्रतिनिधिसभा विघटन भएमा प्रतिनिधिसभामा रहेका र प्रतिनिधिसभाबाट राष्ट्रियसभामा गएका विधेयक निष्क्रिय रहने व्यवस्था गरेको छ । संविधानको धारा १११ उपधारा १० को प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, ‘कुनै विधेयक प्रतिनिधिसभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधिसभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।’ यसबाट प्रतिनिधिसभाले पारित गरेर राष्ट्रियसभामा पठाएका विधेयक र राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएका विधेयक अहिले निष्क्रिय छन् ।

प्रतिनिधिसभा नभए पनि राष्ट्रियसभाले सरकारका काममा अनुगमन र निर्देशन गर्न सक्छ । तर प्रतिनिधिसभा विघटनपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ। 
सरकारले राष्ट्रियसभामा विधेयक दर्ता गरेर भए पनि छलफल चलाउन सकिन्थ्यो । तर राष्ट्रियसभाको अधिवेशन १० दिन पनि चल्न सकेन । राष्ट्रियसभामा दर्ता भएको विधेयक बैठकमा पेस गरेपछि सैद्धान्तिक छलफल र संशोधन प्रस्तावपछि मात्र समितिमा छलफलका लागि पठाउनुपर्ने भएका कारण अधिवेशन आवश्यक परेको हो । यता प्रतिनिधिसभा विघटनसँगै संसदीय सुनुवाइ समिति र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति अपांग बनेका छन् । यी समितिमा दुवै सदनका सांसद सदस्य रहन्छन् । प्रतिनिधिसभाबिना यी समितिको कुनै काम नहुने संसदीय समितिका निवर्तमान सभापति लक्ष्मणलाल कर्ण बताउँछन् ।  

प्रतिनिधिसभा नभए पनि राष्ट्रियसभाले सरकारका काममा अनुगमन र निर्देशन गर्न सक्छ । तर यति बेला संसदीय समिति जागरुक हुन सकेका छैनन् ।

प्रत्यायोजन व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीले आइतबार ८१औं बैठक बोलाए । तर बैठक समितिको वार्षिक प्रतिवेदन र समितिमा प्राप्त उजुरीका विषयमा छलफल गरेर सकियो ।  

त्यसअघि बसेको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकले कोरोनाको दोस्रो लहरबारे सतर्क रहन र कोरोनाको खोप खरिद गर्ने विषयमा निर्देशन दियो । राष्ट्रियसभाका विधायन व्यवस्थापन समिति सभापति प्रतिनिधिसभा विघटनको विपक्षमा रहेकाले सडक आन्दोलनतर्फ लागेका छन्, जसले बैठक प्रभावित बनाएको छ । ‘एक दिन बैठक राखेर मात्र पुग्दैन । विषय अनगिन्ती छन् । समितिले सरकारका कामको अन्तरकुन्तरमा पसेर कमजोरीबारे सचेत गराउनुपर्छ’, एक नेताले भने ।

सरकारले गरेका कामको समीक्षा गर्ने, सरकारलाई निर्देशन गर्ने, अनुगमन गर्ने जस्ता कामहरूमा राष्ट्रियसभाका समितिहरू सशक्त हुनुपर्नेमा त्यसो हुन नसकेको संसद् सचिवालयकै अधिकारीहरू बताउँछन् । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्था तथा सुशासन समिति, राष्ट्रिय सरोकार तथा सुशासन समिति छन् । दिगो विकास तथा सुशासन समिति सचिव इन्द्रविलास पौडेलले दिगो विकासको लक्ष्य हासिल गर्न केके प्रगति भएको छ भनेर जिल्लास्तरीय कार्यक्रम गर्न लागेको बताए । समितिको बैठक कोभिड सुरु भएपछि अहिलेसम्म भर्चुअल नै बसेको र अनुगमन गर्न केही दिनमा गण्डकी प्रदेशको बाग्लुङलगायतका जिल्लामा जाने तयारी भएको उनले बताए ।  

राष्ट्रिय सरोकार तथा सुशासन समितिले पनि राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न उपसमिति गठन गरेको छ । तर यो उपसमितिले कहिलेदेखि अनुगमन गर्ने हो भन्ने खुलाइएको छैन । यसबाट भ्रमण भत्ताको बिल बनाउँदा समस्या पर्ने भएको छ । पुसदेखि असारसम्म अनुगमन गर्ने निर्णय समितिले गरेको छ तर कर्मचारी पठाउने तयारी छैन, सांसद अनुगमन गर्न जान्छन् कि जाँदैनन्, निश्चित छैन । सांसद आफैंले बिल बनाएर पेस गरे पनि मिल्ने गरी समितिले निर्णय गरेको छ । यस्तो अवस्थामा पनि भ्रष्टाचारको गन्ध देखिने गरी समितिले काम गरेको छ ।  

राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षबाहेक ५७ जना सदस्य छन् । तीमध्ये नेकपाका ४८ जना छन् । नेकपा ओली समूहमा २३ जना देखिएका छन् । नेकपा दाहाल नेपाल समूहका सांसद यति बेला सडक आन्दोलनमा सहभागी भइरहेका छन् । उनीहरू राष्ट्रियसभाका कुनै पनि काममा सहभागी हुन खोजिरहेका छैनन् । ओली समूहका सांसद पनि सरकारलाई कडा निर्देशन दिने पक्षमा छैनन् ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२५ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस