श्रीमानहरुलाइ दाँयाबायाँ र बन्द कोठाका खासखुसले प्रभावित नगरोस ःकाँग्रेस नेता थापा
०८ माघ २०७७
•
३ मिनेट पाठ
श्रीमानहरुलाइ दाँयाबायाँ र बन्द कोठाका खासखुसले  प्रभावित नगरोस  ःकाँग्रेस नेता थापा
 नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंबैधानिक, अनाधिकृत र अराजनीतिक भएको बताएका छन । संसद बिघटनका बिरुद्ध काँग्रेसले देशव्यापी रुपमा गरेको बिरोध र्कायक्रम अन्तगर्त बुटवलमा भएको बिरोध सभालाइ सम्बोधन गर्दै नेता थापाले संविधानले बहुमतको प्रधानमन्त्रीलाइ संसदको अधिकार माथि नजर उठाएर हेर्ने अधिकार समेत नदिएको दावी गरे ।  




नेता थापाले संसद पुनस्र्थापना की निर्वाचन भन्ने प्रश्ननै गलत भएको भन्दै यक्ष प्रश्न संविधानको पक्षमा हो की होइन भन्ने रहेको बताए । काँग्रेसले संसद बिघटनलाइ असंवैधानिक भिनेर निर्णय गरीसकेको भन्दै उनले संसद पुनस्र्थापना गरेर संविधान सम्वतनै चुनावमा जाने र जित्ने दावी गरे । ‘निर्वाचन हुन्छ तर आफनो बाटो समातेर हुन्छ । देश काँग्रेसमय बन्छ, हामीले देश चलाउछौं,संविधानको रक्षा गर्छौ, बिकास र समृद्धि पनि ल्याउछौं । प्रधानमन्त्री ओलीलाइ बलकोट र राष्ट्रपति बिद्यादेवि भण्डारीलाइ चपली पठाउनेछौं’नेता थापाले भने । देशमा शान्ति प्रक्रियाको सुरुवात, लोकतान्त्रिक संविधान निर्माण र  कार्यान्वयन काँग्रेसकै नेतृत्वमा भएको भन्दै नेता थापाले प्रम ओली र राष्ट्रपति भण्डारीले संविधान च्यात्दै गर्दा  प्रतिरोध गरेर संविधान बचाएको काँग्रेस यही हो भन्ने अर्को इतिहास रच्ने क्षमता काँग्रेससंग रहेको उल्लेख गरे ।

श्रीमानहरु धर्म नछाडी बक्सियोस

संसद बिघटनाको मुद्यामा सर्वोच्चले संबिधान सम्बत नै फैसला गर्ने पुर्ण विश्वास रहेको उल्लेख गर्दै नेता थापाले न्यायधिसहरुलाइ न्यायको धर्म नछाड्न आग्रह पनि गरे । ‘श्रीमानहरुलाइ बहिरी कुराले प्रभाव नपारोस । बन्द कोठाका खासखुस कुराले पनि प्रभावित नगरोस । दायाँ बाँया नहेरी संबिधानमा टेकेर फैसला होस’नेता थापाले भने ।  संसद बिघटनको मुद्यामा बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसक्ने अवस्थामा के हुन्छ भनेर प्रधानन्यायधिसले सोधेको भन्दै उनले त्यस्तो प्रधानमन्त्रीले पद छोडेर घर बस्नु पर्ने बताए । ‘सरकार चलाउन नसक्ने प्रधानमन्त्रीले पद छोडेर घर बस्नु । घर पनि बस्न नसके बन पस्नु’ नेता थापाले भने ।  

देशले स्थिर सरकार पावस भन्ने उद्येस्यले लामो बहस पछि संबिधानमा प्रधानमन्त्रीलाइ संसद बिघटनको अधिकार नदिइएको भन्दै उनले संविधानसभाका अध्यक्षले प्रधानमन्त्रीको लाज छोप्दा छोप्दै आफु नाङगिएको थाहै नपाएको टिप्पडी पनि गरे । नेता थापाले प्रधानमन्त्रीले संबिधानको कुन धारा परिवर्तन गर्न दुइ तिहाय खोजेको हो सो  को जवाफ दिनु पर्ने उल्लेख गरे । प्रम ओलीलाइ देश चलाउने क्षमता नभएको अहंकारी नेताका रुपमा चित्रण गर्दै उनले त्यसमा ओलीका वरीपरी घुमीरहनेहरुको पनि उत्तीकै देन रहेको बताए  ।  

लुम्बिनीका मुख्यमन्त्री पनि ओलीकै फोटोकपि  

नेता थापाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि प्रम ओलीकै फोटो कपी भएको टिप्पडी समेत गरे । ‘यत्रो प्रदेशको जिम्मेबारी छ ।  प्रदेशका जनता प्रति जवाफदेहि छैन । प्रदेशका बारेमा सोधे जवाफ छैन तर ओलीको पक्षमा कुर्लन परे सबैभन्दा पहिले उनै  काठमाण्डौं पुगीहाल्छन’थापाले भने  । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रति लक्षित गर्दै नेता थापाले ओलीले दिएको ललीपप खाएर बसेकाहरु राष्ट्रपति र प्रधानमन्त्रीले लामो समय देखि नेकपाको गुट चलाएर राष्ट्रहित बिपरितका कदम चाल्दा समेत नबोलेको र अहिले उनीहरु  सडकमा पुगेको टिप्पडी गरे । नेपाली काँग्रेस बुटवल नगर समितिले गरेको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र न २ का सभापती हरी लम्साल,बुटवल नगर सभापती खेलराज पाण्डे, प्रदेश सांसद पुष्षा थरुनी, जित बहादुर मल्ल,बिमलराज भट्टराइ,ज्योती भण्डारी,अरुण कुमार श्रेष्ठ,लगायतले बोल्दै संसद बिघटन बिरुद्धको असंबैधानिक कदमका बिरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
११ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस