जसपाभित्र तिक्तता बढ्दै उपेन्द्रलाई कार्यक्रम गर्न नदिने चेतावनी
१० माघ २०७७
•
२ मिनेट पाठ
जसपाभित्र तिक्तता बढ्दै उपेन्द्रलाई कार्यक्रम गर्न नदिने चेतावनी
मर्यादाको विषयमा विवाद बढ्दै गएपछि जनता समाजवादी पार्टीमा शीर्ष नेताबीचको तिक्तता झन बढेको छ। राजकिशोर यादवनिकट कार्यकर्ताहरू आफ्नो बाहुल्य भएको ठाउँमा यादवलाई कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका छन्। राजकिशोरनिकट नेता तथा पार्टीका केन्द्रीय सदस्य राहुल यादवले भने, ‘मेरो गृह जिल्ला उदयपुरमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न दिन्नौ। हिम्मत छ भने कार्यक्रम गरेर देखाउनुहोस्।’




आफ्नै गृह जिल्ला सिराहामा उपेन्द्रले राजकिशोरलाई अपमान गरेको बताउँदै भने, ‘यो त अति नै भयो। अब चुप लाग्दैनौ।’ माघ ३ गते जसपाले सिराहमा गरेको विरोध प्रदर्शनमा राजकिशोरलाई चौथौ मर्यादामा राखिएको थियो। पहिलोमा रेणु यादव, दोस्रोमा प्रकाश अधिकारी, तेस्रोमा विजय यादव र चौथामा राजकिशोरलाई राखिएको थियो। यसबाट राजकिशोर आक्रोशित भएका छन्। आफूलाई अपमानित गरेको महशुस गर्दै उनले सिराहाको कार्यक्रम नै बहिस्कार गरेका थिए। त्यसयता उनी पार्टीका सबै सार्वजनिक कार्यक्रम बहिस्कार गरेका छन। स्रोतका अनुसार उनी पार्टी कार्यालयमा समेत गएका छैनन्। आफनै गृह जिल्ला कार्यक्रम हुँदा पनि उनी काठमाडौंमै बसे। यसबारेमा राजकिशोर सार्वजनिक रूपमा बोलेका छैनन तर राजकिशोर निकट कार्यकताले भने पार्टी अध्यक्ष उपेन्द्रप्रति आक्रोश पोखेका छन्।  

स्रोतका अनुसार आफू अपमानित भएपछि राजकिशोरले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तासँग छलफल र परामर्श गरेका छन्। यसैगरी उनले पूर्व समाजवादी पार्टीका असन्तुष्ट केन्द्रीय तहका नेताहरूसँग पनि सम्पर्क गरेको स्रोतको भनाइ छ। ‘यसबाट जसपामा झन धु्रवीकरण बढ्दै गएको छ,’ स्रोतले भन्यो।  

पार्टीले प्रदेश तथा जिल्ला समितिलाई जारी गरेको आन्तरिक सर्कुलरमा राजकिशोरलाई चौथों मर्यादामा राखिएको थियो। राजकिशोरलाई चौथो मर्यादामा राखिएकोमा राजकिशोर निकट राजाराम यादव र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको चर्काचर्कीको अडियो रेकर्ड केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त अडियो रेकर्डमा राजकिशोर कार्यक्रममा नगए त्यसले नराम्रो सन्देश जाने उपेन्द्रले भनेको रेकर्डमा सुन्न सकिन्छ। जसपाका नेता विजय यादवले पार्टी अध्यक्ष उपेन्द्रलाई फोन गरेर धम्क्याउने राजाराम पार्टीको साधारण कार्यकर्ता पनि नभएको बताए। तर राजकिशोरनिकट राहुलले भने राजाराम पार्टीको सदस्य भएको दाबी गरे। 

‘आफ्नै पार्टीको कार्यकर्तालाई पार्टी छाड भन्ने ?,’ उपन्द्रप्रति आक्रोश पोख्दै राहुलले भने। राजकिशोर निकट स्रोतका अनुसार जसपाले छानेको केन्द्रीय सूचिसँग पनि राजकिशोर असन्तुष्ट बनेका छन। उनले सिफारिश गरेका पार्टीका नेतालाई केन्द्रीय सदस्य नबनाएको राजकिशोरनिकट नेताहरू बताउछन्। यस पछि राजकिशोरको असन्तुष्टि बढ्दै गएको हो।
अर्को समाचार
जसपाभित्र फुट : अलमलमा बाँकेका कार्यकर्ता
२४ वैशाख २०८१
•
३ मिनेट पाठ
जसपाभित्र फुट : अलमलमा बाँकेका कार्यकर्ता
जनता समाजवादी पार्टी (जसपा) फुटेपछि बाँकेका कार्यकर्ताहरु अहिले अलमलमा परेका छन्। जसपाबाट अलग भएर अशोक राईको नेतृत्वमा आइतबार एक समुहले निर्वाचन आयोग समक्ष निवेदन पेश गरेको थियो। पुरानो पार्टीबाट अलग भएको उक्त समुहले गठन गरेको नयाँ पार्टीको महासचिव पदमा बाँकेका नेता मोहम्मद ईस्तियाक राईले जिम्मेवारी पाएका छन्। राईसँगै बाँकेबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हसिना खातुन पनि नयाँमा जोडिएकी छन्।




मधेस आन्दोलनबाट तत्कालिन मधेसी जनअधिकार फोरम हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका राई बाँकेबाट प्रतिनिधित्व गर्दै पटक–पटक संघीय सरकारको मन्त्री तथा सांसद बनिसकेका छन्।

२०७९ सालको निर्वाचनमा भने उनी बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणासँग पराजित भए। त्यसपछि राई राजनीतिमा कम सक्रिय देखिन्थ्ये। यद्यपी, राईको प्रभाव पार्टीभित्रको राजनीतिमा धेरै रहेको उनी निकट नेता तथा कार्यकर्ताको दाबी थियो। 

पुरानो पार्टी फुटाएर नेता राई नयाँ पार्टीको जिम्मेवार पदमा बसेपछि बाँकेका नेता तथा कार्यकर्ताहरु अलमलमा परेका हुन्। अधिकांस नेता तथा कार्यकर्ताहरु कतातिर जाने भन्नेमा अहिलेसम्म अन्यौलमा देखिन्छन्। केही नेताहरु भने दुबैतिर खुलेको पाइएको छ।  

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर समेत रहेका जनता समाजवादी पार्टी(जसपा) बाँकेका अध्यक्ष कमरुद्धिन राईले आफु कतातिर जाने भन्नेबारे अहिलेसम्म कुनै सोच नबनाएको प्रतिक्रिया दिए। 

‘अहिलेसम्म कुनै सल्लाह भएको छैन, साथीहरुसँग सल्लाह गरेर आवश्यक निर्णय लिनुपर्ला,’ उनले भने। नव गठित पार्टीका महासचिवकै जिल्ला भएकाले बाँकेमा स्वभाविक रुपले केही प्रभाव पर्न सक्ने संकेत गरे।

यस्तै जसपा लुम्बिनी प्रदेशका महासचिव राजन रानामगरले अहिले कार्यकर्ताहरु निर्णय गर्ने अवस्थामा नरहेको बताए। यद्यपी, धेरैजसो कार्यकर्ताहरु पुरानै पार्टीमा रहने उनको दाबी छ। ‘बाँकेमा खासै प्रभाव पर्दैन, किनकी नयाँ पार्टी गएर कसैले पनि आफ्नो राजनीति समाप्त गर्न चाहदैन,’ उनले भने। जसपा बाँकेका पुर्वअध्यक्ष समेत रहेका रानाले आफुले पुरानै पार्टीमा बस्ने सोच बनाएको बताए। 

जिल्लामा रहेका केही नेताहरु खुलेपनि तल्लो तहका नेता, कार्यकर्ताहरु भने अन्यौलमै देखिन्छन्। उनीहरुलाई अहिले पार्टी ‘निल्नु र ओकल्नु’ जस्तै भएको छ। कतिपय नेता, कार्यकर्ता सम्पर्क बाहिर छन्। केहीले मोबाईल अफ गरेर बसेका छन्।  

जनता समाजवादी पार्टी (जसपा) बाँकेका तत्कालिन संगठन विभाग प्रमुख अहतर हुसेन फारुकी नव गठित पार्टीका महासचिव इस्तियाक राईतिर खुलिसकेका छन्। उनले बाँकेमा सबै नेता तथा कार्यकर्ता नयाँ पार्टीमा जाने दाबी गरे।

यद्यपी, निर्वाचन आयोगले आधिकारिकता नदिदाँसम्म मात्र कार्यकर्ताहरु अलमलमा पर्ने उनले खुलाए। ‘महासचिवको जिल्ला हो, प्रभाव त त्यसैपनि पर्छ नै,’ उनले भने ‘मन्त्री जी(ईस्तियाक)कै सहयोगले बाँकेमा धेरैको राजनीति उचाई बढेको हो, अहिले मन्त्री जीलाई कसैले धोका दिन्छन् जस्तो मलाई लाग्दैन।’  

जसपा बाँकेका युवा नेता सर्वणकुमार यादव भने नयाँ पार्टीमा कार्यकर्ताको खासै चासो नदेखिएको जिकिर गरे। ‘पार्टीका जिम्मेवार नेता साथीहरु पुरानै पार्टीमा छन्, बाँकेबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशका सांसद साथीहरु पनि कतै गएका छैनन,’ राष्ट्रिय भूमी आयोग बाँकेका निर्वतमान अध्यक्ष समेत रहेका नेता यादवले भने ‘हामी पहिचानवादी मुद्दा बोकेर आएको हो, उपेन्द्र यादवसँग मात्र पहिचानको मुद्दालाई नेतृत्व गर्ने क्षमता छ।’ पुर्वमन्त्री ईस्तियाक राईले पार्टी छाड्दा पुरानो पार्टी जसपालाई बाँकेमा ठुलो क्षति भने भएको उनले सुनाए।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस