काठमाडौं - चार वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएपछि विद्यार्थी संगठन एकअर्काबीच आरोप–प्रत्यारोपमा उत्रिएका छन्।
'भर्ना विवाद' देखाउँदै त्रिवि प्रशासनले चुनाव अनिश्चितकाललाई स्थगन गरेपछि स्ववियु संरचना नै बदल्ने विषय बहसमा आएको छ।
२०३६ मा स्थापित स्ववियुको उद्देश्य, संरचना र निर्वाचन विधि नै समयानुकूल नभएको पूर्वविद्यार्थी नेताहरूको भनाइ छ। उनीहरु संरचना परिवर्तन गरेरमात्र निर्वाचनमा जाने उपयुक्त समय आएको बताउँछन्।
अनेरास्ववियु (क्रान्तिकारी) पूर्वअध्यक्ष लेखनाथ न्यौपाने अहिलेको उद्देश्य तथा विधिमा तत्काल परिवर्तन नगर्ने हो भने स्ववियुलाई खारेज गरिनुपर्ने बताउँछन्।
'स्ववियु निर्वाचन विधि र उद्देश्य परिवर्तन नगर्ने हो भने यसलाई खारेज गरेहुन्छ,' न्यौपानेले भने, 'परिवर्तन गर्न ढिलो भइसक्यो। इतिहासको कुराले मात्रै यसलाई धान्न सक्दैन।'
पञ्चायतकालमा राजनीतिक परिवर्तन उद्देश्यका साथ उपयोग गरिने पुरानो संरचनामा अब स्ववियु चल्न नसक्ने र विद्यार्थीको सहभागिता नहुने धारणा न्यौपानेको छ।
उनले तीन प्रकारबाट स्ववियुको संरचनामा परिवर्तन गर्न सकिने सुझाए।
समानुपातिक निर्वाचन प्रणाली, कुनै पनि विद्यार्थी संगठनसँग आबद्ध नरहेको व्यक्तिले स्ववियु जित्न ५० प्रतिशत मत ल्याउनुपर्ने र कक्षागत मतदानबाट छानिएको प्रतिनिधिले स्ववियु चुनावमा मतदान गर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
'यो संविधानसभाजस्तो जातीय नभई संगठनले प्राप्त गर्ने मतका आधारमा स्ववियु गठन गर्ने व्यवस्था हो,' न्यौपानेले भने, 'व्यक्तिगत उम्मेदवारी राख्ने हो भने ५० प्रतिशत मत प्राप्त गर्ने विद्यार्थीलाई प्रमुख बनाएर अघि बढाउन सकिन्छ।'
काठमाडौं विश्वविद्यालयले अभ्यास गर्दै आएको कक्षा प्रतिनिधि छान्ने र उनीहरुको मतदानबाट विद्यार्थी परिषद गठन गर्न सकिने न्यौपानको धारणा छ।
त्रिविले यसपटकदेखि मिश्रित निर्वाचन प्रणालीबाट स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको छ। सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष रुपमा चुनिने नयाँ व्यवस्था छ भने केही स्थानमा समानुपातिक रुपमा छानिने व्यवस्था छ।
तर त्रिविले गरेको व्यवस्थामात्र पर्याप्त नभएको धारणा छ। उनीहरुले विद्यार्थी परिवर्तनको संवाहक भएको राजनीतिबाट टाढा हुन नसक्ने भन्दै, तर भूमिका भने परिवर्तन हुनुपर्ने बताएका छन्। २०३६ सालयता राजनीतिक, आर्थिक र शैक्षिक क्षेत्रमा ठूलो परिवर्तन आइसकेकाले त्यसैअनुसार त्यसलाई पनि परिवर्तन गरिनुपर्ने आवाज उठ्दै आएको छ।
विद्यार्थी आन्दोलन राजनीतिबाट टाढा हुन नसक्ने भन्दै पूर्वविद्यार्थी नेता तथा कांग्रेसका केन्द्रीय सदस्य गगन थापा स्ववियु संरचनामा भने तत्काल परिवर्तन आवश्यक भएको बताउँछन्।
'विद्यार्थी आन्दोलन राजनीतिक उद्देश्यबाट टाढा हुन सक्दैन, परिस्थितिअनुसार स्ववियुको संरचना र उद्देश्यमा परिवर्तन गरिनुपर्छ,' उनले भने।
स्ववियुका आर्थिक तथा प्रशानिक अधिकार कटौती गरिनुपर्ने उनले बताए।
उनले भर्ना र क्याम्पसको आर्थिक गतिविधिबाट पर राख्नुपर्ने र मेधावी विद्यार्थीका लागि स्ववियुमा पदेन सदस्य व्यवस्था गरिनुपर्ने सुझाव पनि दिए।
स्ववियु पुनर्स्थापित भएयता यसलाई तीन चरणमा राखेर अध्ययन गर्ने गरिएको छ। विद्यार्थी नेताले पञ्चायतकालमा उत्कृष्ट, प्रजातन्त्रकालमा कामचलाउ र गणतन्त्रमा आइपुग्दा योे विकृत बन्न पुगेको बताउँछन्।
पञ्चायतकालमै पृथ्वीनारायण क्याम्पसका स्ववियुका सभापति रहेका झलक सुवेदीले मुद्दाविहीन भएका कारण समस्या देखिएको बताए।
'पछिल्लो समयमा विद्यार्थी संगठन तथा स्ववियु व्यक्तित्व विकासको मात्रै विषय बन्यो,' सुवेदीले भने, 'मुद्दामा आधारित विद्यार्थी आन्दोलन भए ठिक हुन्छ। मुद्दा नै छैन अनि समस्या आएको हो।'
शिक्षामा बढ्दो निजीकरण, विभेद, सर्वसुलभ शिक्षाजस्ता विषयमा सम्बोधन गर्न बाँकी रहे पनि त्यसलाई कुनै पनि विद्यार्थी संगठनले अघि बढाउन सकेका छैनन्। अन्तरिक कलहमा फसेका छन्।
'हुने र नहुने व्यक्तिले प्राप्त गर्ने शिक्षाको ठूलो खडाल छ,' सुवेदीले भने, '७० प्रतिशत मानिस दुई डलर पनि नपाउने नेपालमा सर्वसुभल शिक्षाजस्ता प्रगतिशील मुद्दा अझै लामो समयसम्म जान्छ। तर विद्यार्थी संगठनहरुले यसलाई उठाउन सकेका छैनन्।'
न्यौपानेको धारणा सुवेदीसँग मेल खान्छ। 'पञ्चायतकालमा उत्कृष्ट, बहुदलकालमा कामचलाउ र गणतन्त्रको समयमा खत्तम बनेको छ,' न्यौपानेले भने, 'अहिले नेपालमा विद्यार्थी संगठन छन्, तर विद्यार्थी आन्दोलन छैन।'