काठमाडौं- एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले निर्वाचन आयोगको काम कानुन बनाउने नभइ निर्वाचन गराउने रहेको बताएका छन्। उनले आयोगलाई कानुनभन्दा पनि निर्वाचन गराउनतिर ध्यान दिन आग्रह गरे।
पार्टी कार्यालय पेरिसड डाँडामा आयोजित सञ्चारकर्मीसँगको भेटघाटमा उनले चुनाबी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नदिने बताए। 'रेग्मीजीको प्रधानन्यायाधीशबाट राजीनामा आउँदैन,' उनले भने, 'राजीनामाभन्दा पनि निर्वाचन महत्वपूर्ण रहेकाले त्यतातिर ध्यान दिन सबैको आग्रह छ।'
उनले कांग्रेस र एमालेले निर्वाचन नचाहेकाले निर्वाचन मिति तोक्न ढिलाइ भइरहेको बताए। 'कांग्रेस-एमालेले निर्वाचन चाहेको छैन,' उनले भने, 'चाहेको भए मिति तय भइसक्थ्यो।'