‘विघटनको अधिकार श्रीपेचसँग मात्र हुन्छ’
१३ माघ २०७७
•
४ मिनेट पाठ
‘विघटनको अधिकार श्रीपेचसँग मात्र हुन्छ’
वरिष्ठ अधिवक्ता शम्भु थापा
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा जारी बहसअन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीमा विघटनको कुनै पनि अधिकार नभएको तर्क उठेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सोमबार कानुन व्यवसायीले विघटनको व्याख्या र प्रधानमन्त्रीको अधिकारमा प्रश्न उठाएका हुन्।




वरिष्ठ अधिवक्ता शम्भु थापाले विघटनको अधिकार श्रीपेचसँग मात्र हुने, सार्वभौमसत्ता जनतामा भनिएको अवस्थामा त्यस्तो अधिकार प्रधानमन्त्रीसँग नहुने तर्क गरे। विघटनको अवस्था र प्रधानमन्त्रीले सर्वोच्चमा पठाएको लिखित जवाफमा आधारित रहेर बहस गरेका थापाले प्रधानमन्त्रीमा विघटन गर्ने अन्तरनिहित अधिकार नभएको बताए। संविधानमा विघटन भन्ने शब्द नै नभएको उल्लेख गर्दै उनले भने, ‘विघटन भन्ने शब्दलाई कुनै पनि विधिशास्त्रीय पुस्तकले साथ दिँदैन।’

वरिष्ठ अधिवक्ता थापाले अन्तर्राष्ट्रिय इतिहास कोट्याउँदै विघटनको अधिकार बेलायतमा राजालाई मात्रै भएको स्मरण गराए। उनले मुकुटलाई अन्तरनिहित अधिकार भएको नजिर प्रस्तुत गरे। ‘तपाईं जनतालाई सार्वभौम भन्नुहुन्छ भने अन्तरनिहीत अधिकारको त प्रश्नै छैन। तपाईं को ? राजा ? बादशाह ?’ थापाले इजलासमा प्रश्न गरे, ‘विशेषाधिकार, विघटनको परमाधिकार कोसँग हुन्छ ? श्रीपेचसँग।’ प्रधानमन्त्रीले अदालतमा पेस गरेको लिखित जवाफमा संसद् विघटन उनको विशेष अधिकार भएको लेखिएको थापाले बताए।

राजपत्रमा सूचना प्रकाशनका विषयमा सोमबार पनि प्रश्न उठाइएको छ। वरिष्ठ अधिवक्ता थापाले पछाडि नै प्रकाशित गरेको भन्दा केही नबिग्रने बताए। ‘सबै मान्छे हौं। राष्ट्रपति कार्यालय, मुद्रण विभाग सबै मान्छे नै हौं। अदालतलाई ढाँट्न हुँदैन,’ उनले भने, ‘सूचना माघ ९ मा प्रकाशित गरेको कुरा महान्यायाधिवक्ताले किन स्वीकार नगर्ने ?’

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि गरेको टिप्पणीबारे समेत कुरा उठाए। ‘कृष्णप्रसाद भण्डारी अदालतमा उपस्थित हुँदा किन छटपटी’, उनले प्रश्न गर्दै थपे, ‘मैले सिन्धुनाथबाट सिकें। सिन्धुनाथले भण्डारीबाट सिक्नुभयो। भण्डारी गुरुको पनि गुरु हो। उहाँ बराबरको कानुन व्यवसायी कोही छैन।’ प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा ‘वकिलले कुरा फिटेका छन्’ भन्ने अभिव्यक्ति दिएतर्फ इंगित गर्दै थापाले भने, ‘हामीले तास फिटेजस्तै कुरा फिटेका छौं अरे।’

प्रधानमन्त्रीको लिखित जवाफमा ‘कार्यकारी अधिकार छ, मैले गरें’ उल्लेख भएको थापाले बताए। ‘कार्यकारीले सजाय दिनुभयो, जीवित प्रतिनिधिसभालाई मार्नुभयो’, थापाले भने, ‘हामीलाई शासन गर्न पाउनुहुन्छ तर बहुमतको नाममा सबै अधिकार छ भन्नु संवैधानिक होइन।’ प्रधानमन्त्रीतर्फ लक्षित गर्दै थापाले प्रश्न गरे, ‘बहुमतले हामी सबैको अधिकार खान पाउनुहुन्छ ? संविधानलाई खुम्च्याउन पाउनुहुन्छ ?’

नेकपाका सचेतक देव गुरुङसहित चारजना सांसदतर्फका कानुन व्यवसायी मेघराज पोखरेलले दुईतिहाइ केका लागि चाहिएको भन्दै इजलासमा प्रश्न गरे। प्रधानमन्त्रीको जबाफमा दुईतिहाइ नभएकाले संसद् विघटन गरेको उल्लेख छ। ‘केका लागि दुईतिहाइ ? विघटन गर्नुभयो। दुइतिहाइ नै किन ? महाभियोग लगाउन ? संकटकाल लगाउन ? संविधान संशोधन गर्न, सन्धिसम्झौता अनुमोदन गर्न’, पोखरेलले प्रश्न गरे।

अन्तिम विकल्प जनता नै भए पनि संविधानसम्मत तरिकाले जनतासमक्ष जानुपर्ने उनको तर्क थियो। प्रधानमन्त्रीले गलत नियतका साथ प्रतिनिधिसभा विघटन गरेकाले जनतामा जाने भन्नु संविधानसम्मत नभएको उनको भनाइ थियो।  

उनले बहस गरिरहँदा बीचमा प्रधानन्यायाधीश जबराले ‘संसदीय दलमा बहुमत नभएर विकल्प नभएमा ७६ (१) (संविधानको धारा) ले विघटन गर्न सक्छ’ भनी प्रश्न गरेका थिए। जबाफमा अधिवक्ता पोखरेलले ‘संविधानले नदिएको विकल्प बाहिर खोज्न मिल्छ’ भन्दै प्रतिप्रश्न गरेका थिए। प्रधानमन्त्रीमा संवैधानिक दायित्व नभएको उनको तर्क थियो। ‘संवैधानिक दायित्व उहाँमा हुन्न। यसमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ कि त धारा ७६ (५) सम्मको विकल्प दिनुपर्छ’, उनले भने।

वरिष्ठ अधिवक्ता भण्डारी आक्रोशित

प्रधानमन्त्री ओलीको ‘बाजे वकिल’ भन्ने टिप्पणीप्रति वरिष्ठतम न्यायाधीश कृष्णप्रसाद भण्डारीले इजलासमा आक्रोश व्यक्त गरेका छन्। ९४ वर्षीय भण्डारीले सोमबार बहस सकिएपछि इजलाससमक्ष प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको बताए। ‘दाग लाग्ने कुरा हुन्छ श्रीमान्’, भण्डारीले भने। प्रधानमन्त्रीको टिप्पणीलाई अदालतले नोट गर्नुपर्ने माग उनको थियो।
अर्को समाचार
‘संसद्लाई मार्ने कार्यकारी होइनन्’
१४ माघ २०७७
•
३ मिनेट पाठ
‘संसद्लाई मार्ने कार्यकारी होइनन्’
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका क्रममा कानुन व्यवसायीहरूले प्रधानमन्त्रीसँग विघटन गर्ने अधिकार नरहेको तर्कसहित बहस गरिरहेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनको व्याख्या र प्रधानमन्त्रीको अधिकारका विषयमा प्र्रश्न उठाएका हुन्। मंगलबार बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री राजा भएर आएमात्रै विघटनमा आफ्नो परमाधिकार दाबी गर्न पाउने तर्क गरे। उनले सोमबार बहस सुरु गरेका थिए। कहींकतै अधिकार नभएको संविधानको धारामा टेकेर विघटन गरी प्रधानमन्त्रीले प्रतिनिधिसभा मारेको थापाको तर्क छ।  




वरिष्ठ अधिवक्ता थापाले विघटनको अधिकार श्रीपेचसँग मात्र भएको, सार्वभौमसत्ता जनतामा भनिएको अवस्थामा प्रधानमन्त्रीसँग नभएको तर्क गरे। थापाले दुई दिनसम्म करिब ४ घण्टा प्रतिनिधिसभाको विघटन अवस्था र प्रधानमन्त्रीले सर्वोच्चमा पठाएका लिखित जवाफमा आधारित रहेर बहस गरे।  

लिखित संविधानमा विघटन भन्ने शब्द नै नभएको उनले तर्क गरे। वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्रीले बुझाएको लिखित जवाफमा टिप्पणी गर्दै विघटन गर्न कुनै कार्यकारी अधिकार नभएको दाबी गरे। ‘कार्यकारीभन्दा प्रतिनिधिसभा अलग्गै संस्था हो। प्रधानमन्त्रीले जनतालाई शासन गर्ने कार्यकारी अधिकारको प्रयोग गरेर हो तर संसद्लाई मार्ने काम कार्यकारी होइन,’ उनले भने।  

पार्टीभित्रैबाट घेरिएकाले प्रतिनिधिसभा विघटन गरिएको लिखित जवाफको प्रसंग कोट्याउँदै थापाले २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि आफ्नै नेताबाट घेरिएको बताए। प्रधानमन्त्रीलाई आफ्ना कार्यकर्ताले घेरेको पहिलोपटक नभएको र त्यसलाई आधार मानेर विघटन गर्न नपाइने तर्क थापाको थियो।  

प्रधानमन्त्री पदका लागि प्रतिनिधिसभा विघटन गरिएको थापाले बताए। उनले भने, ‘यहीं न्यायाधीश खान त कति लालायित छन् श्रीमान्। प्रधानमन्त्री खान किन नहुनु’, उनले भने, ‘पदका लागि प्रधानमन्त्रीले हुँदै नभएको अधिकारसमेत प्रयोग गर्नुभयो।’ थापाले विशेषगरी प्रतिनिधिसभा विघटनमा संविधानको व्यवस्थामा जोड दिए।  

‘हामीले चुनेको व्यक्तिलाई हामीले सहयोग पनि त गरेका थियौं भन्ने लिखित जवाफमा कतै देखिँदैन त’, थापाले बहस गर्दैगर्दा इजलासबाट न्यायाधीश अनिलकुमार सिन्हाले सोधे। जबाफमा थापाले भने, ‘कुनचाहिँ कुरामा उहाँलाई सहयोग भएन ? ‘कुनचाहिँ कार्यक्रम गर्न पाउनुभएन ? नीति, कार्यक्रम, बजेट चलेकै छ। पदमा कसलाई राख्ने नराख्ने उहाँकै निर्णय छ। तीनजना राजदूत पनि उहाँले नै नियुक्ति गर्नुभएको हो।’  

सार्वजनिक सरोकारको रूपमा विघटन गरेको लिखित जवाफमा भनिएको कुरा संविधानभित्र रहेर गर्नुपर्ने उनको जिकिर छ। एकातिर विघटन राजनीतिक बाध्यता भन्ने अर्कोतिर संविधानविपरीत भएको वरिष्ठ अधिवक्ता थापाको तर्क छ।

थापाको बहस सकिएपछि वरिष्ठ अविधक्ता सुरेन्द्र महतोले बहस थालेका थिए। उनले पनि थापाले जस्तै देव गुरुङका तर्फबाट बहस गरेका हुन्। उनले संविधानको धारा ७६ (१) वा (२), कुनका आधारमा केपी ओली प्रधानमन्त्री भएका हुन् भनी प्रश्न गरे। वैकल्पिक सरकारको व्यवस्था हुँदासम्म कुनै पनि हालतमा प्रतिनिधिसभा विघटन गर्न नपाइने उनको तर्क थियो।  

वरिष्ठ अधिवक्ताहरूले बहसमा लामो समय लिन थालेका छन्। माघ ६ देखि कानुन व्यवसायीहरूलाई इजलासले समय तोकेरै बहस गर्न लगाएको हो। तर पनि वरिष्ठ अधिवक्ताहरूले एक घण्टा बढी समय लिँदा सुनुवाइको समयसमेत लम्बिँदै गएको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस