प्रतिनिधिसभा विघटनः दुई धारे लाइनले अन्योलमा कांग्रेस कार्यकर्ता
१३ माघ २०७७
•
३ मिनेट पाठ
प्रतिनिधिसभा विघटनः दुई धारे लाइनले अन्योलमा कांग्रेस कार्यकर्ता
प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई विभाजनको मुखमा मात्र पुर्‍याएन, माधव–प्रचण्ड समूहलाई सडकसम्म पुर्‍यायो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै माधव–प्रचण्ड समूह विरोधमा छ। अन्य साना दल पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कू गरेको भन्दै आन्दोलनमा छन्। नेपाली कांग्रेसको पनि जिल्लास्तरीय विरोधसभा हुँदै कांग्रेसको सडक संघर्ष बिहीबार मात्रै वडातहमा पुगेर सकिएको छ। वडातहसम्म आन्दोलनमार्फत पुगेको कांग्रेसले जनताका खुल्दुली भने मेटाएन।




कार्यकर्ताको एउटै प्रश्न छ, ‘संसद् पुनस्र्थापना कि चुनाव?’ नेपाली कांग्रेसभित्रको यही दुईधारे लाइनले कार्यकर्ता अन्योलमा छन्। झट्ट हेर्दा कांग्रेसका दुईवटा लाइन देखिन्छन्। ‘संसद् पुनस्र्थापना वा चुनावमा जाने।’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संविधानमाथि प्रहार भएकोले पहिलो प्राथमिकता संविधानको रक्षा गर्ने बताउँदै आएको छ। 

कांग्रेसका महामन्त्री शशांक कोइरालाले पनि विभिन्न कार्यक्रममा संसद् पुनस्र्थापना पहिलो प्राथमिकता भएको बताउँदै आएका छन्। अर्काे पक्षअर्थात् सभापती शेरबहादुर देउवा पक्षले प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक त भनेको छ तर संसद् पुनस्र्थापनाभन्दा चुनाव पहिलो प्राथमिकता भएको घुमाउरो शैली प्रस्तूत गरेको छ। अहिले दुईतिहाइ मत पाएको नेकपा विभाजनको अन्तिम बिन्दुमा पुगेकाले कांग्रेसले सहज जित्ने आँकलन उक्त पक्षको छ। पार्टीभित्रको गुटगत असरले गर्दा कांग्रेसले निचोड निकाल्न सकेको छैन, जसको प्रभाव तल्लो तहका कार्यकर्तासम्म पुगेको छ। आफू पक्षीय केन्द्रको सर्कुलरअनुसार कार्यकर्ता विभाजित प्रतिक्रिया दिँदै आएका छन्।

नेतृत्वले साझा निणर्य गर्न नसक्दा कार्यकर्तामा अन्योलता मात्र होइन यस्तो संकटमा कांग्रेसभित्रै एक मत नहुनुले उनीहरु चिन्तितसमेत भएका छन्। जिल्ला तहका नेताहरु पनि दोधारे देखिन्छन्। पार्टीभित्र स्पष्ट एक लाइन नहुँदा उनीहरु जनतालाई परिस्थितिअनुसार चल्न सुझाव दिँदै आएका छन्। अहिले कांग्रेसले संसद् पुनस्र्थापना की मध्यावधि चुनावको पक्ष भन्न नसकिने भएकाले जनतालाई परिस्थितिअनुसार चल्न सुझाव दिइएको नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले बताए। ‘संविधानमा व्यवस्था नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुभयो,’ उनी भन्छन्, ‘अदालतले ठीकै छ भन्यो भने चुनावमा नगइ भएन। यदी प्रधानमन्त्रीको कदम गलत भन्यो भने संसद् पुनस्र्थापना हुन्छ।’ 

पार्टीले वडास्तरसम्मै विरोध कार्यक्रम गरेकाले पार्टीको आधिकारीक धारणा नै संसद् पुनस्र्थापनाको भएको नेपाली कांग्रेस सुर्खेतका नेता नारायण कोइरालाले बताए। ‘प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नभए पनि गैरसंवैधानिक ढंगले संसद् विघटन गर्नुभयो,’ उनले भने, ‘यो प्रतिगामी कदम नै हो।’ उक्त विषय अदालतसम्म पुगेकाले अदालतको निर्णयलाई पर्ख र हेरको स्थितिमा कांग्रेस रहेको उनको भनाइ छ। ‘अदालतले संसद् पुनस्र्थापना गर्छ भने ठीकै छ,’ उनी भन्छन्, ‘चुनावमा जाने भन्छ भने कांग्रेस चुनावमा जान्छ।’ अदालतको निर्णय आउन बाँकी भए पनि प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु गैरसंवैधानिक भएको जनतालाई बुझाउन कांग्रेस वडातहसम्म पुगेको उनले जनाए।

संसद् पुनस्र्थापना की चुनावमा जाँदा ठीक हुन्छ भन्ने विषयमा आफूहरु अन्योलमा रहेको हुम्लास्थित सिमकोट वडा नम्बर १ का उपसभापति जय भण्डारीले बताए। ‘कांग्रेसले यतिबेला स्पष्ट भएर वडासम्म पुग्नु पथ्र्याे,’ उनले भने, ‘दुई धारे कुरा आउँदा हामी जनतालाई कसरी बुझाउन समस्यामा छौं।’ अन्य दलहरु भने संसद् पुनस्र्थापना नै पहिलो प्राथमिकता भएको भन्दै प्रधानमन्त्री ओलीको विरुद्धमा विरोध सभा गर्दै आएका छन्। नेपाली कांग्रेसले संसद् विघटनलाई प्रतिगामी र असंवैधानिक कदम भन्दै विरोध गरे पनि स्पष्ट लाइन नदेखिएकाले तल्लो तहसम्मका नेता तथा कार्यकतालाई समस्या भएको छ।
अर्को समाचार
प्रतिनिधिसभा विघटन: ढुलमुलमा कांग्रेस अन्योलमा कार्यकर्ता
०३ माघ २०७७
•
४ मिनेट पाठ
प्रतिनिधिसभा विघटन: ढुलमुलमा कांग्रेस अन्योलमा कार्यकर्ता
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले प्रतिनिधिसभा भंग भएको विषयमा ‘अप्रत्यक्ष समर्थन’ युक्त अभिव्यक्ति दिँदा कांग्रेसभित्रको पुरानो संस्थापन पक्ष चिढियो। वर्तमान सरकारले गरेको असंवैधानिक कदमको साक्षी बनेको भन्दै रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेर देउवाको कडा आलोचना गर्‍यो। तर, देउवाले अर्को पक्षको गुनासोको खासै हेक्का राख्न भ्याएनन्। उनी निर्वाचनको पक्षमा अडिग रहेकै अभिव्यक्ति अप्रत्यक्ष रूपमा दोहोर्‍याइ रहे। उनले भन्दै आए, ‘यो मुद्दा सर्वोच्चमा विचाराधीन छ, अतः अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेस बोल्दैन।’




उनको यही अभिव्यक्तिलाई सरकारी कदमको मौन समर्थनका रूपमा अथ्र्याइयो। यता असंवैधानिक कदमको विरोधमा खरो बनेको पौडेल पक्षले भने सरकारविरुद्ध आन्दोलन गरेरै जाने अडान पार्टी केन्द्रीय समिति बैठकमा राख्यो। फलतः यो अडानले सार्थकता पायो र कांग्रेस विभिन्न चरणमा आन्दोलनमा जाने पक्का भयो।  

‘कांग्रेस सरकारी कदमको विरोधमा आन्दोलनमा जाने निर्णय भएपछि पार्टीको आधिकारिक लाइन बाहिर आयो भन्ने लाग्यो,’ जिल्लाका एक कांग्रेसीले भने ‘संसद् पुर्नस्थापना नै हाम्रो लाइन हो भन्नेमा म ढुक्क थिएँ।’ तर पार्टी सरकारविरुद्ध सडकमा उत्रिइरहँदा पनि देउवाको बोली भने उस्तै थियो, ‘अदालतमा रहेको विचाराधीन मुद्दामा कांग्रेस बोल्न मिल्दैन।’ एकातिर सडक आन्दोलन, अर्कोतिर चुनावपक्षीय देउवाको अपुष्ट धारणा।  

जिल्लामै आन्दोलनमा होमिएका कार्यकर्ता अन्योलमा थिए। ‘हामी आन्दोलनरत कि सरकार समर्थक’ ती कांग्रेसीले भने, ‘सडक आन्दोलनमा सहभागी हुँदा पनि मनमा यो प्रश्न आइरह्यो।’ अझ आन्दोलनका लागि निर्देशन दिएको कांग्रेसले सीमित आन्दोलनका नारा तय गरिदियो। अनि विज्ञप्ति जारी गरेरै भन्यो, ‘यीवाहेक आन्दोलनका क्रममा अरू कुनै पनि नारा नलगाउनु।’  

आन्दोलनमा सहभागी हुने तर सरकारबिरुद्ध कडा रूपमा प्रस्तुत नहुन निर्देशन दिएका देउवाको पछिल्लोपटक फेरिएको बोलीले भने कांग्रेसीहरूलाई आफ्नो ‘बटमलाइन’ प्रष्ट हुने होकी भन्ने आशा पलाएको छ। ‘सभापति जिको पछिल्लो अभिव्यक्तिले कांग्रेसको बटमलाई क्लियर भयो कि जस्तो लागेको छ,’ लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरीले भने, ‘सायद अबको रणनीति संसद् पुर्नस्थापना होलाकी जस्तो उनको भनाइले संकेत गरेको छ।’

देउवाले पर्वतको एक कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरे। उनले भने, ‘प्रधानमन्त्री, राष्ट्रपतिले अदालतलाई प्रभावित पार्न खोजेका छन्।’ अदालतलाई नै प्रभावित पार्न खोजेर संसद् विघटनको मुद्दा पास गराउन खोजिएको आसय व्यक्त गरेका देउवाले अदालतले संसद् विघटनको मुद्दा सदर गरेको खण्डमा पनि वैशाखमा निर्वाचन हुनेमा आशंका बढेको बताए।  

मध्यावधि निर्वाचन वा संसद पुनस्र्थापना भन्ने विषयमा आफूलाई ‘क्लियर’ राख्न नसकेको कांग्रेस नेतृत्वका कारण तल्लो तहका कांग्रेस नेता तथा कार्यकर्ताहरू अब के गर्ने? भन्ने विषयमा अन्योलमा छन्। यसको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ। पुष्पकमल दाहाल–माधव कुमार नेपाल समूहले गरेको प्रदेश सरकार फेरबदलको अनौपचारिक प्रस्तावप्रति कांग्रेसले कुनै ठोस जवाफ दिन सकेको छैन।  

केपी ओली समुहको नेतृत्वमा रहेका प्रदेशसभा विघटन गरेर जाने रणनीतिमा रहेको दहाल–नेपाल समूहलाई यो प्रदेशमा कांग्रेसको समर्थन अनिवार्य चाहिन्छ। अतः यो समूहले कांग्रेसलाई मुख्यमन्त्रीविरुद्ध उत्रन अनौपचारिक तवरले अपिल गरिरहेको छ। तर कांग्रेसको नेतृत्व तहमै देखिएको ‘अस्पष्ट रणनीति’ ले प्रदेश सरकारमा कसलाई समर्थन गरेर जाने भन्ने अन्योलता छ। ‘हामीबाट अहिले केपी समूह र दाहाल–नेपाल समूह समदूरीमा छन्,’ कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनौडियाले भने, ‘यसर्थ कसको पक्षमा लागेर सत्ता समीकरण गर्ने भन्ने विषयमा हामीहरूले केही सोच बनाइसकेका छैनौँ।’  

उनले पार्टीको केन्द्रीय आधिकारिक धारणा आइनसकेका कारण सत्ता समीकरणको विषयमा मौन रहेको बताए। ‘पार्टीको केन्द्रबाट कुन समूहसँग मिलेर सत्ता समीकरण गर्ने वा के गर्ने भन्ने विषयमा कुनै सर्कुलेसन भएको छैन,’ उनले भने, ‘केन्द्रले नभनेकै कारण हामीहरू प्रदेश तहमा कुनै पनि समीकरणको प्रयास थालेका छैनौं।’ यो प्रदेशमा वर्तमान सरकार परिवर्तनका लागि नेकपाको दाहाल–नेपाल समूहलाई कांग्रेसको अनिवार्य साथ चाहिन्छ भने केपी समूहलाई मात्रै तीन मतको आवश्यकता पर्दछ। केपी समूहले ६ मत संख्यामा रहेको जसपालाई साथमा लिन सके मात्रै पुग्छ।

दाहाल–नेपालसँंगको भेटपछि बिहीबार पर्वतमा प्रधानमन्त्रीविरुद्ध रुष्ट बनेका देउवाको उक्त अभिव्यक्तिले कांग्रेस संसद् पुनस्र्थापनाको मुद्दामा अडिग बन्ने लख कांग्रेस कित्तामा काटिएको छ। ‘सभापतिजीको भनाइले कांग्रेस अब संसद् पुर्नस्थापनाको पक्षमा क्लियर हुन्छ जस्तो मलाई लाग्छ,’ प्रदेशसभा सदस्य शंकर गिरीले भने, ‘यसो हुन सके प्रदेशको वर्तमान सरकार फेरबदलमा कांग्रेसको सहकार्य हुने म देख्छु।’ वर्तमान मुख्यमन्त्रीसँग सहकार्य गरेको अवस्थामा कांग्रेसलाई असंवैधानिक कदमको मतियारका रूपमा सर्वसाधारणले बुझ्ने प्रदेश सांसद गिरीको भनाइ छ।

यसका साथै नेकपाको औपचारिक विभाजनविना पनि कांग्रेसले आफ्नो ठोस धारणा निर्माण गर्न नसकेको उनको भनाइ छ। ‘कसरी कुन समूहसँग मिलेर सत्ता समीकरणमा जाँदा कांग्रेसलाई घाटा हुँदैन भन्ने विषय केलाउनु जरुरी छ,’ गिरी भन्छन्, ‘यसर्थ पनि कांग्रेसले अहिलेनै यो समूहसँग जाने भनेर ठोस निर्णय लिन नसक्नु स्वाभाविकै हो।’
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस