एमाओवादीमा सचिव र कोषाध्यक्ष खाली, महासचिवमा विवाद
२५ जेष्ठ २०७०
•
४ मिनेट पाठ
एमाओवादीमा सचिव र कोषाध्यक्ष खाली, महासचिवमा विवाद
काठमाडौं — एमाओवादीभित्र रिक्त पद पूर्ति प्रक्रिया सुरु भएसँगै आन्तरिक विवाद बढेको छ। मुलुकको सबैभन्दा प्रभावशाली दलको सचिव र कोषाध्यक्षको पद रिक्त छन्। तर केही नेताले रिक्त पदलाई बेवास्ता गर्दै महासचिवको आकंक्षा देखाएपछि बिहीबारदेखि बस्दै आएको एमाओवादी पदाधिकारी बैठक निष्कर्षमा पुग्न सकेको छैन।पद पूर्ति मिलानका लागि केन्द्रीय समिति बैठक बस्नु अघि सांगठनिक एजेण्डाबारे सहमति जुटाउन आज अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको छ। बैठकमा संगठन विभाग कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको छ। कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीले महासचिवको आकांक्षा राखेपछि पदाधिकारी बैठक निष्कर्षबिहीन बन्दै आएकोमा आजको बैठकमा लिखित प्रतिवेदनमाथि नै छलफल भएको हो।

'हाल महासचिव रहेका पोष्टबहादुर बोगटीलाई उपाध्यक्षमा बढुवा गराएर टोपवहादुर रायमाझी र कृष्णवहादुर महरा महासचिव हुन चाहन्छन्' एमाओवादीका एक पोलिटव्यूरो सदस्यले नागरिकन्युजसँग भने 'यही खेलका कारण सांगठनिक विषय अन्यौलमा परेको छ।' महरा पार्टीभित्र मध्यमार्गी भूमिका निर्वाह गर्ने नेता हुन् भने रायमाझी उपाध्यक्ष बावुराम भट्टराई निकट मानिन्छन्। महराले पछिल्लो समयमा आफ्नो पक्षमा माहोल बनाउन आफ्नो क्षेत्रका नेताहरुसँग भेटघाट र छलफल तीब्र पारेका छन्। उनी रोल्पाका हुन्।

स्रोतका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई महरा वा रायमाझी दुवैलाई महासचिव पद सुम्पिने पक्षमा छैनन्।  स्रोतका अनुसार महराको द्वेध चरित्र तथा रायमाझीको अपरिपक्व स्वभावका कारण शीर्ष नेतृत्व उनीहरुप्रति विश्वस्त हुन सकेको छैन। रोल्पाकै प्रभावशाली स्थायी समिति सदस्य वर्षमान पुन पनि महराको पक्षमा छैनन्। स्रोतहरूका अनुसार अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराईले महासचिवमा पोष्टवहादुर बोगटीलाई नै निरन्तर्ता दिने पक्षमा छन्। बोगटी पार्टीभित्र इमान्दार र सोझा नेताको रुपमा परिचित छन्।

यता रिक्त रहेको पद सचिवमा आकांक्षीहरु धेरै भएपछि एमाओवादीले पार्टीमा ५ सचिवको पद सिर्जना गर्ने तयारी गरेको छ। सांगठनिक एजेण्डाका विषयमा सहमति जुट्न नसक्दा यो प्रस्ताव पनि लागू हुन सकेको छैन। स्थायी समिति सदस्य कृष्णवहादुर महरा, अमिक शेरचान, बर्षमान पुन, गिरीराजमणी पोखरेल टोपबहादुर रायमाझी सचिवको लागि चर्चित रहेका नाम हुन्। अमिक शेरचनको नाम कोषाध्यक्षको लागि पनि चर्चामा छ। कोषाध्यक्षकै लागि हिसिला यमीको नाम पनि आएको स्रोतले जानकारी दियो।

यिनै सांगठनिक एजेन्डा बारे निर्णय गर्न भोलि आइतबारदेखि एमाओवादी केन्द्रीय समिति बैठक बस्दैछ। स्थायी समिति सदस्य गिरिराजमणी पोखरेलका अनुसार केन्द्रीय समिति बैठकमा सांगठनिक विषय र उत्पादन बिग्रेडको विषय मुख्य रुपमा छलफल हुँदैछ। यो बैठकले स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय समितिमा पनि केही सदस्यहरु थप्न सक्ने उनले जानकारी दिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस