गणतन्त्र विरोधी ओली बकबक मात्रै गर्छन् : नेपाल
१६ माघ २०७७
•
३ मिनेट पाठ
गणतन्त्र विरोधी ओली बकबक मात्रै गर्छन् : नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओली गणतन्त्रवादी होइनन्। उनी न समयको गतिलाई बुझ्न सक्छन् न राम्रो काम गर्छन्। खालि अरूको बदख्वाइँमात्र गर्न जानेका छन्।’  




ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने नेपालले बताए। ‘२०६२/०६३ को आन्दोलनका बेला गणतन्त्र ल्याउनु बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो भन्ने ओलीको भविष्यवाणी असफल भएको थियो। अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ’, नेपालले भने। ओलीले यसअघिका कुनै पनि न्यायपूर्ण आन्दोलनमा अगुवाइ नगरेको नेपालको भनाइ थियो। जनमतको कदर गर्न नसक्ने व्यक्तिबाट मुलुकले निकास नपाउने बताउँदै अध्यक्ष नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै विकास र समृद्धिका लागि आफ्नो पार्टी अगाडि बढेको दाबी गरे।

‘म नै राष्ट्र हुँ भन्ने अहंकारले मैमत्त ओलीले बकबक मात्रै गर्न जानेका छन्’, नेपालले भने, ‘हामी भन्छौं अली कम बोल्नुस्, काम धेरै गर्नुस् तर उनी राम्रो काम गर्नै जान्दैनन्, खालि बकबक गरिरहन्छन्।’ अब पनि आफूलाई नसुधारे ओली र ओली प्रवृत्तिलाई इतिहासले हुत्याइदिने दाबी उनको थियो। निर्वाचन आयोगले निर्णय दिएपछि ओलीको जालझेलमा परेकाहरू पनि चिन्तित भएको भन्दै नेपालले सबैलाई मूल घर फर्कन आग्रह गरे।  

आयोगले ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई मान्यता दिएको भन्दै उनले बहुमत केन्द्रीय सदस्यसहितको मूल पार्टी आफूहरू नै भएको दाबी गरे। सभालाई सम्बोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले श्री ३ बन्न केपी ओलीले संविधानको हत्या गरेको आरोप लगाए। उनले भने, ‘केपी ओलीको निरंकुशता चुट्कीमा ध्वस्त हुनेछ। हेर्नुहोला, केही महिनाभित्रै ओलीको स्वेच्छाचारिताको अन्त्य हुनेछ, नेपाली जनताको जित हुनेछ।’ आफैंले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्ति निरंकुशताको एजेन्ट बनेको देख्दा सारै नराम्रो लागेको दाहालले बताए।

संसद् विघटन गर्दै फेरि एकपटक देशलाइ निरंकुशता र तानाशाहीतिर फर्काउने कुचेष्टा गरिएको उल्लेख गर्दै दाहालले थपे, ‘निरंकुश राणा र राजतन्त्रलाइ लात्ताले हानेर श्रीपेच खोसेर धपाएका जनताले ओलीलाई पनि लेखेट्नेछन्।’ वैशाखको चुनावको रटान जनता झुक्काउन गरिएको खेल भएको उनको टिप्पणी थियो। अदालतप्रति शंका व्यक्त गर्न नचाहेको भन्दै दाहालले सबैभन्दा ठूलो अदालत जनता भएकाले जनताकै साथले लोकतन्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सफल हुने विश्वास व्यक्त गरे। पार्टीले अहिले सडकमा गरेको विरोधका कार्यक्रम केपी ओली भन्ने एकजना व्यक्तिका विरुद्ध मात्र नभई न्याय, स्वतन्त्रता, समावेशी लोकतन्त्र र संविधानको रक्षाका लागि भएको दाहालको दाबी थियो।

दाहाल–नेपाल समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले संघीयता, गणतन्त्र र लोकतन्त्र मास्न ओलीले संसद् विघटन गरेको बताए। देशमा निरन्तर अस्थिरताको खेती गरेर मुलुकलाइ कमजोर बनाउन संसद् विघटन गरेकाले जनताले कुनै हालतमा त्यसलाइ स्वीकार गर्न नसक्ने उनको भनाइ थियो। यस्तै नेता वर्षमान पुनले ओलीमा वैचारिक ज्ञान र शक्ति नभएको बताए। ‘जनयुद्ध’ सहित अन्य जनआन्दोलकै बलले आलीलाइ प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याएको भन्दै नेता पुनले ती आन्दोलनको अपमान गर्नु हास्यास्पद रहेको बताए। ‘ओलीजी, हिम्मत छ भने विचारको राजनीतिमा आउनुस्। लोकतन्त्र मासेर दलाल नोकरशाही र बिचौलियाहरूको पार्टी खडा गर्ने कुबाटोमा नलाग्नुस्’, पुनले भने।  

सभामा स्थायी कमिटी सदस्य घनश्याम भुसालले निरंकुशता लादेर आफू शक्तिशाली बन्न सनकका भरमा ओलीले मुलुकलाइ बर्बादीतर्फ धकेलेको बताए। ओलीलाई राणा र राजाको प्रेतात्मासँग दाज्दै भुसालले ओलीको निरंकुश प्रेतविरुद्ध जनता सडकमा आइसकेकाले छिटै ठेगान लाग्ने बताए। प्रधानमन्त्री बनेपछि ओलीले पार्टी, जनता र सांसदलाई पाखा लगाएर भ्रष्ट र दलालसँग मिलेर मुलुकलाइ बर्बादी तथा अस्थिरतातर्फ धकेल्न संविधानको हत्या गरेको भुसालको आरोप थियो।
अर्को समाचार
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
११ पौष २०८०
•
२ मिनेट पाठ
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन्।




नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियान अन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताए। छजनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ’, उनले भने, ‘‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन् ।’

प्रधानमन्त्री दाहालले गणतन्त्र विराधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिए।उनले विशेष रुपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभइ जनतासँगको सम्बन्ध सुदृढ गर्नुका साथै ठूलो बलिदानीपछि भएको परिवर्तनको रक्षा गर्नु पनि रहेको बताए।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले अभियानको उद्देश्य अनुसार देशैभर सफल भएकोसमेत दाबी गरे।

प्रधानमन्त्री दाहालले जनताले परिवर्तनको अनुभूति गर्नेगरी आगामी आर्थिक वर्षमा नयाँ ढङ्गले सरकारले बजेट ल्याउने गरी अहिलेदेखि नै तयारी थालिसकेको जानकारी दिए।‘परम्परागत रुपमा फागुनदेखि  बजेटका विषयमा छलफल गर्ने र जेठमा टुङ्ग्याउने परिपाटीको अव अन्त्य हुन्छ’, उनले भने, ‘‘यस वर्ष सरकारले फागुनसम्ममा जनताले परिवर्तनको महसुस गर्ने गरी नयाँ ढङ्गले बजेटको टुङ्गो लगाइसक्छ।’

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार र गठबन्धन अहिले झनै बलियो भएको बताए।‘‘अहिलेको गठबन्धन पाँचै वर्षसम्म जान्छ, तपाईहरु ढुक्क हुनुस्’, उनले भने, ’कसैले कमजोर पार्ने प्रयास गरेपनि त्यो सफल हुदैँन, पाँचै वर्षसम्म सरकारमा हाम्रो बलियो उपस्थिति हुन्छ।’

वर्तमान सरकारले मिटरब्याजीको शोषणलाई अन्त्य गरेर पीडितलाई  अत्याचारबाट मुक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले माओवादी नेतृत्वको सरकारले मात्र भ्रष्टाचारी, भूमाफिया र तस्करलाई ठेगान लगाउन सक्ने बताए। उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण टुङ्गो लागेको र उक्त आयोजना निर्माण हुँदैन कि भन्ने चिन्ता नगर्न समेत पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई अपिल गरे।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस