काठमाडौं- एकीकृत माओवादीले एमाले परित्याग गरी पार्टी प्रवेश गरेका तीन नेतालाई जिम्मेवारी तोकेको छ। एमाले परित्याग गरेका पोलिटब्युरो सदस्यद्वय रामचन्द्र झा र उर्मिला अर्याललाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ। लक्की शेर्पालाई वैकल्पिक केन्द्री सदस्यको जिम्मेवारी दिएको छ।'एमालेबाट आएका झा र अर्यालजीलाई केन्द्रीय सदस्य तथा शेर्पालाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ,' पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, 'तीनै नेताले पार्टीको नीति, नियमप्रति प्रतिबद्धता जाहेर गरेका छन्।'
स्थायी समिति दिने भनिएका झा र अर्यालबारे पार्टीभित्र सहमति नजुटेपछि तत्कालका लागि केन्द्रीय सदस्यमा सिमित गरिएको हो। झाको सबालमा पार्टीभित्रका मधेसवादी नेता र अर्यालका सबालमा महिला नेतृहरुले पुःनविचार गर्न नेतृत्वलाई दबाब दिइरहेका छन्। बहालवाला मधेसी र महिला नेतृलाई माथिल्लो जिम्मेवारी तोकेपछि मात्र झा र अर्यालको बारेमा ठोस निर्णय लिने बुझिएको छ।