प्रचण्ड–माधव समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा पनि चुनाव नगराउने बताएका छन् । शनिबार धनगढीको खुलामञ्चमा आयोजित वृहत विरोध सभालाई सम्बोधन गर्दै नेपालले लोकतन्त्र र गणतन्त्र समाप्त पार्न केपी ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको बताए । ‘केपी ओलीले चुनाव गराउलान्, लोकतन्त्रलाई बलियो बनाउलान् भनेर कसैलाई भ्रम परेको छ भने, अहिले नै भ्रमबाट मुक्त भए हुन्छ,’ कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,‘केपी ओली चुनाव गराउन चाहँदैनन् ।’ केपीले देशलाई अस्तव्यस्त बनाउन चाहेको बताउँदै उनले भने,‘देश भाँडमा जाओस् केपीलाई मतलब छैन, लोकतन्त्र–गणतन्त्र समाप्त होस् केपीलाई कुनै चासो छैन ।’ केपीले लोकतन्त्रको आन्दोलनको मैदानमा कहिल्यै नदेखिएको उनले बताए ।
४४१ केन्द्रीय सदस्य मध्ये ३ सय भन्दा बढी केन्द्रीय सदस्य आफूहरुसँग रहेकाले आधिकारिक पार्टी आफ्नो भएको बताउँदै उनले भने,‘यही पार्टीको सूर्य चिन्ह हो ।’ केपी ओली कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई निमिट्यान्न गर्न लागेको आरोप उनले बताए । अहिले केपी ओलीले एमाले–एमाले एक हौँ भनेर प्रचार गरिरहेका छन् । ‘यो केपी ओलीको नक्कली प्रचार हो,’ उनले भने,‘उनलाई कम्युनिष्ट पार्टीसँग कुनै मतलब छैन ।’ केपी ओलीलाई एमालेको नाम लिने हक नभएको उनले बताए । विरोध सभामा अधिकांश समय केपी शर्मा ओलीको आलोचना गरेका नेपालले तत्कालीन समयमा एमालेको १५ वर्ष आफूले र १२ वर्ष झलनाथ खनालले नेतृत्व गरेर पार्टीलाई हाँकेको तर ओलीले पार्टीलाई सधैँ समस्यामा पारेको बताए । ‘प्रतिनिधि सभाको पुनर्वाहली हुन्छ, केपी ओलीको बहिर्गमन हुन्छ,’ उनले भने,‘त्यसबाहेक अर्को कुनै विकल्प छैन ।’ उनले केपी ओलीको युगको समाप्त भइरहेको बताए । ‘केपी ओली अस्ताउँदा सूर्य हुन्, हामी उदाउँदा सूर्य हौँ, त्यो भएकाले उनले अर्को पार्टी एमाले खोले,’ उनले भने,‘अनि त्यो मालेले पाएको अस्ताउँदै गरेको सूर्य चिन्ह नै बोकेर ओली बिदा हुनेछन् ।’
निर्मला हत्याका दोषीलाई कारबाही नगर्नु सरकारको पहिलो गाँसमै झिङ्गा
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई सम्झँदै निर्मला हत्याको घटनाले चिन्तित बनाएपछि पार्टीमा कुरा उठाएको उल्लेख गर्दै प्रधामन्त्रीले कारबाही गर्न चासो नदेखाएको उनले बताए । ‘निर्मलाको घटनाले हामीलाई चिन्तित बनायो,’ उनले भने,‘बलात्कारमा सामेल भएका अपराधीहरुलाई दण्डित गर, पार्टीको वैठकमा छलफलको विषय बनाऊ भन्दा पनि केपी ओली नेतृत्वको सरकारले कुरा सुन्न चाहेन ।’ सरकारले निर्मला हत्या काण्डमा देखाएको उदासिनताले आफूले मनमनै केपी ओली सरकारको पहिलो गाँसमै झिँगा पसेको सोचेको बताए । यो कम्युनिष्ट पार्टीको सरकार भएर अहिलेसम्म पनि निर्मला हत्याका अपराधिलाई कारबाही गर्न नसक्नु लाजको विषय भएको उनले बताए ।
संसद व्यूँताएर ओलीलाई कारबाही गर्ने तागत छ
वृहत विरोध सभालाई सम्बोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको उल्लेख गर्दै भने,‘संसद भंग भएकै छैन ।’ केपी ओलीले संविधान कुल्चेर संसद विघटन गरे भन्दैमा त्यो मान्नु जरुरी नभएको उनले बताए । ‘केपी ओलीले संसद म¥यो भनेर घोषणा गरेका छन्, तर संसद मरेको छैन, संसद जीवितै छ,’उनले भने,‘केपी ओलीले संसद विघटन भयो भन्ने कुनै अधिकार पनि छैन र संविधानले विघटन गरेको पनि छैन ।’ आफूहरु संविधान र लोकतान्त्रिक मान्यता अनुसार चल्ने उल्लेख गर्दै त्यसकारण संसद भंग नभएको उनले बताए । संसद भंग नभई केपी ओलीको सरकार भंग भएको उनको भनाई थियो । सर्वोच्च अदालतले यो मुद्दा संविधान अनुसार निर्णय गर्नेमा विश्वास रहेको उनले बताए । ‘यदि यो मुद्दा सर्वोच्च अदालतमा हुँदैन थ्यो भने हामी संसदको बैठक बोलाउँथ्यौँ,’ उनले भने,‘त्यहीबाट केपी ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ ।’ दुई तिहाई बहुमत संसद सदस्यहरु संसद विघटनको विरोधमा रहेको उल्लेख गर्दै उनले भने,‘हामीसँग विकल्पको रुपमा सभामुखले संसद बोलाउने, संसदको दुई तिहाई बहुमतले प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्ने अधिकार संसदले राख्छ ।’ विगतको संविधान भन्दा फरक अहिलेको संविधानमा राजकीय अधिकार र सार्वभौम सत्ता सम्पन्न अधिकार जनतामा रहेको उनले बताए । केपी ओलीले संविधान मात्रै कुल्चेको नभई नेपाली जनताको सार्वभौम अधिकारमाथि कुल्चिएको उनले बताए । कार्यक्रममा बोल्दै उनले भने,‘कलंकको टीका लगाएर केपी ओली खलनायक सावित भएका छन् ।’
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीमबहादुर रावल, सुदूरपश्चिम प्रदेश कमिटीका सह इन्चार्ज खगराज भट्ट, लक्ष्मण जोशी, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि सम्बोधन गरेका थिए ।