प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले आइतबार माइतीघरमा धर्ना दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक हिसाबले प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरूले प्रतिनिधिसभाको पुनःस्थापना माग गर्दै धर्ना दिएका हुन्। देशव्यापी विरोधसभा गर्दै आएका उनीहरूले आइतबार दिउँसो पार्टीका नेता कार्यकर्तासहित माइतघर मण्डलामा पुगेर धर्ना दिएका थिए।
धर्ना कार्यक्रममा बोल्दै नेकपाका नेताहरूले प्रधानमन्त्री ओलीलाई प्रतिक्रियावादीहरूले सघाइरहेको आरोप लगाएका छन्। धर्ना कार्यक्रममा नेकपा नेता सुरेन्द्र पाण्डेले माओको भनाइ उद्धृत गर्दै ओलीको कदमलाई प्रतिक्रियावादीहरूले प्रशंसा र समर्थन गरेको बताउँदै उनको कदम गलत भएको बताएका थिए ।
उनले यही माघ २३ गते काठमाडौमा हुने ओलीपक्षीय नेकपाको सभामा उपस्थितिका लागि राजावादीहरूले पनि उर्दी लगाएको दाबी गरे। उनले राजावादीहरूको भिडमा बसेर ओलीले जतिसुकै नकारात्मक र गलत बाटो हिड्ने चेस्टा गरेपनि नेपाली जनताले समाजवादको यात्रा नछोड्ने बताए। पाण्डेले ओलीको प्रतिगामी कदमलाई जनताले परास्त गर्ने बताए ।
प्रधानमन्त्री ओलीले संविधान मार्ने कुचेस्टा गरेको र संविधानले देखाएका सकारात्मक व्यवस्थालाई समाप्त पार्न खोजेको उनको आरोप थियो। उनले ओली हिन्दु राष्ट्र बनाउने कोसिसमा रहेको बताए। उनले २३ गते हुने सभामा ओलीले हिन्दुराष्ट्र घोषणा हुने चर्चा पनि भइरहेको बताए। उनले मति भ्रष्ट भएको व्यक्ति जस्तो सुकै कलम लिन पनि पछि नपर्ने बताए।
धर्ना कार्यक्रममा दाहाल र नेपालसँगै नेता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायतका नेताहरू माइघर पुगेका थिए। यसअघि दाहाल–नेपाल नेतृत्वको नेकपाले काठमाडौंसहित बुटवल, बिराटनगर, धनगढी लगायतका मुख्य सहर तथा देशव्यापी रूपमा विरोधसभा गर्दै आएका छन्।
केन्द्रीय कमिटीको बैठक आज
नेकपा दाहाल–नेपाल समूहले पछिल्लो घटनाक्रमका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार (आज) बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा अहिलेसम्म देशभर भएका विरोधसभाको समिक्षा र २८ गते काठमाडौंमा आयोजना हुने विरोध सभाको तयारी तथा हालै निर्वाचन आयोगले बोलाएको विषय लगायतका पछिल्लो राजनीतिक घटना क्रमका विषयमा छलफल हुने जनाइएको छ।