जबर्जस्ती नियुक्ति, विरोधमा बन्द
२२ माघ २०७७
•
६ मिनेट पाठ
जबर्जस्ती नियुक्ति, विरोधमा बन्द
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक आयोगका प्रमुख आयुक्त, अध्यक्ष तथा आयुक्त र सदस्य गरी ३२ जनालाई नियुत्ति गरेसँगै नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले नियुक्तिमा जबर्जस्ती गरिएको भन्दै बिहीबारका लागि आमहडताल घोषणा गरेको छ ।




सो समूहले आमहडताल गर्नु आफूहरूको बाध्यता भएको बताएको छ । बुधबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले अहिले बाध्यतात्मक परिस्थिति आएकाले आकस्मिक रुपमा नयाँ कार्यक्रम घोषणा गरिएको बताए । गृह मन्त्रालयले भेने विज्ञप्ति जारी गरेर आमहड्ताल नगर्न आग्रह गरेको छ । साथै जबरजस्ती पसल बन्द गराए वा तोडफोड गरे कानुनबमोजिम कारबाही गर्ने पनि जनाएको छ । यसले सुरक्षाकर्मी, आन्दोलनकारी वा सत्तापक्षका बीच मुडभेडको सम्भावना बढाएको छ ।  

त्यसो त संवैधानिक परिषद्ले संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरेदेखि नै विवाद देखिँदै आएको हो जुन अहिले नियुक्तिमा आइपुग्दा विरोधस्वरुप आमहड्ताल नै भएको छ । नवनियुक्त पदाधिकारीहरूलाई बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराइएलगत्तै दाहाल–नेपाल समूहले विरोधको कार्यक्रम सार्वजनिक गरेको हो । राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका प्रमुखहरूलाई शपथ गराए भने प्रमुखहरूले आफू मातहतका सदस्य र आयुक्तहरूलाई शपथ गराएका थिए । प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुली, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरलाई शपथ गराए ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका सदस्यहरू सूर्यप्रसाद शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिलीहजुर बस्न्यातलाई अध्यक्ष मगर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई प्रमुख आयुक्त राई, निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी र जानकीकुमारी तुलाधरलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आदिवासी जनजाति आयोगका सदस्यहरू मीनबहादुर श्रीस, रीना राना र शरण राईलाई अध्यक्ष मगरले शपथ गराए ।  

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा, राष्ट्रिय दलित आयोगका सदस्य मीनादेवी सोब, टुञ्जे कामी र मेहले पार्की तथा राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशी र हरिदत्त जोशी, मधेसी आयोगको सदस्यमा जीवछ साह, रेणुदेवी साह र विजयकुमार गुप्ता, थारु आयोगको सदस्यमा सुबोध सिंह थारु र भोलाराम चौधरी तथा मुस्लिम आयोगको सदस्यमा महमदिन अली र मिर्जा अर्सद वेगले पनि पद तथा गोपनीयताको  

शपथ लिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसरी नियुक्त गर्दा संविधानको धारा उल्लेख गरिएको छैन, विभिन्न धाराको प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ । नियुक्ति पाएका पदाधिकारीले बुधबार नै आआफ्नो कार्यालय पुगेर पदभार सम्हालेका छन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने कार्यक्रममा सहभागी भएनन् । पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कमदलाई लिएर नेकपा दुई समूहमा विभाजित बनेको छ । तत्कालीन माओवादी केन्द्रसँग निकट उपराष्ट्रपति पुन र सभामुख सापकोटा प्रधानमन्त्रीको कदमको विपक्षमा देखिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति कार्यालयमा आयोजना भएका पद तथा गोपनीयताका शपथ कार्यक्रममा मुलुकका दुई उच्च अधिकारी अनुपस्थित भएको पहिलो पटक हो ।  

केही दिनअघि सभामुख सापकोटाले पदाधिकारी नियुक्तिको सिफारिससहित संसदीय सुनुवाइका लागि आएको पत्र प्रतिनिधिसभा विघटन भएको जनाउँदै फिर्ता पठाएका थिए । संघीय संसद्को कार्य सञ्चालन नियमावलीमा भने संवैधानिक परिषद्बाट भएको सिफारिसमा ४५ दिनसम्म संसदीय सुनुवाइ नभए स्वतः नियुक्ति मानिने व्यवस्था छ । सोही अनुसार पदाधिकारी नियुक्त गरिएको सरकारी पक्षको दाबी छ ।  

संवैधानिक निकायमा आफूअनुकूल व्यक्तिहरू सिफारिस गर्न सक्नेगरी प्रधानमन्त्री ओलीले मंसिर २९ गते संवैधानिक परिषद्को गणपूरक संख्या नै परिवर्तन गर्नेगरी अध्यादेश ल्याएका थिए । संवैधानिक परिषद्को सदस्य रहने सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले अध्यादेश ल्याएपछि सभामुख सापकोटा असन्तुष्ट थिए । अध्यादेशअनुसार बसेको परिषद् बैठकले विभिन्न पदमा नियुक्तका लागि नाम सिफारिस गरेको थियो । ती नामहरू पुस ५ गते मात्र सार्वजनिक गरिएको थियो । सोही दिन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । अध्यादेशअनुसार मंसिर २९ गते बसेको बैठक र नियुक्ति सिफारिस असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर रिट विचाराधीन छ । बुधबार भएको नियुक्तिबाट फेरि नयाँ विवाद उत्पन्न भएको छ ।

कांग्रेसको पनि विरोध  

नेपाली कांग्रेसले संवैधानिक आयोगहरूमा असंवैधानिक नियुक्ति गरेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहले विज्ञप्ति जारी गर्दै संसदीय सुनुवाइ समिति नै नभएका बेला संवैधानिक आयोगहरूमा नियुक्ति गरेर प्रधानमन्त्रीले म नै संविधान हुँ भन्ने दम्भ देखाएको आरोप लगाएका छन् । संविधानको खिल्ली उडाउँदै नियुक्ति गरिएको भन्दै सिंहले कोरम नपुगेको संवैधानिक परिषद् बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको जिकिर गरेका छन् । ‘आज (बुधबार) गराइएको शपथ असंवैधानिक सिफारिसलाई मान्यता दिन चालिएको अर्को असंवैधानिक कदम हो,’ सिंहले भनेका छन्,‘ संविधान मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ ।’

सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरीतन्त्रका कारण ७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान संकटमा परेको उल्लेख गर्दै सिंहले भनेका छन्, ‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ । सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, बिचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोत दोहनले सीमा नाघिसकेको छ ।’

जोशीको राजीनामा  

अख्तियारको प्रमुख आयुक्तमा राईको नियुक्ति भएलगत्तै अर्का आयुक्त गणेशराज जोशीले भने राजीनामा दिएका छन् । जोशीको कार्यकाल आगामी चैतसम्म थियो । कुनै बेला जोशी सचिव हुँदा राई सहसचिव थिए । आफूभन्दा कनिष्ठ व्यक्ति प्रमुख आयुक्तमा नियुक्त भएकोमा असन्तुष्टि जनाउँदै जोशीले राजीनामा दिएको बताइएको छ । राष्ट्रपति कार्यलयले पनि विज्ञप्ति प्रकाशित गरी बुधबारदेखि नै लागु हुने गरी राजीनामा दिएको पुष्टि गरेको छ ।
अर्को समाचार
‘एउटा कुनै अमूक उम्मेदवारले हार्दैमा देश हार्दैन’
२३ कार्तिक २०७९
•
१ मिनेट पाठ
‘एउटा कुनै अमूक उम्मेदवारले हार्दैमा देश हार्दैन’
यतिबेला नेपाली राजनीति ‘नो, नट अगेन’ को नाराबाट तरङ्गित छ। फरक–फरक राजनीतिक दलबाट उम्मेदवार बनेका, एकापसमा आरोप–प्रत्यारोपको जुहारी खेलिरहेका दलहरू समेत ‘नो, नट अगेन’ विरुद्ध भने साझा गठबन्धनमा छन्। र, यस विरुद्ध उनीहरूले सम्पूर्ण शक्ति र सामर्थ्य प्रयोग गर्न खोजिरहेको प्रष्टै देखिन्छ।




- साइबर ब्यूरोमा हामी विरुद्ध परेको निवेदन, निर्वाचन आयोगको प्रेस विज्ञप्ति र उम्मेदवार बनेका शीर्ष नेताहरूको छट्पटाहटले ‘नो, नट अगेन’ को महत्व प्रष्ट पारिसकेको छ।

- हामीलाई लाग्यो अब हामीले यो बहसलाई अझ व्यापक रूपमा सार्वजनिक संवादमा लैजानु जरूरी छ। ‘नो, नट अगेन’ के हो? यो कसले चलाइरहेको छ? अझ, यो अभियान किन चलाइएको छ? यसको उद्देश्य के हो?अब भने प्रष्ट हुनु जरूरी छ।

याे हेनुहाेस्र बकपत्र

टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस