टेलिकमलाई प्रतिस्पर्धी बनाऔं : मन्त्री गुरुङ
२३ माघ २०७७
•
२ मिनेट पाठ
टेलिकमलाई प्रतिस्पर्धी बनाऔं : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। टेलिकमको १७औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रूपान्तरण गरेर जानुपर्नेमा जोड दिए।  




उनले भने, ‘टेलिकमलाई विश्वमै नेतृत्वदायी कम्पनीका रूपमा विकास गर्न हिजोको प्रतिबद्धता पूरा भयो कि भएन, सबै हिसाबले समीक्षासहित दिगो र स्थायी कम्पनीका रूपमा अगाडि बनाउन रणनीति बनाएर जानुपर्छ।’ उनले जतिसक्दो चाँडो ग्रामीण क्षेत्रमा पूर्वाधारको विकास गरी गुनासो नआउने गरी सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए। सरकारका प्रवक्ता गुरुङले सुखी नेपाली, समृद्ध नेपाल भन्नेलसरकारको उद्देश्यमा योगदान पुग्ने गरी टेलिकमले ग्राहकको चाहना अनुरूप काम गर्नुपर्नेमा जोड दिए।  

टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विनियमावली कार्यान्वयनसँगै कर्मचारीको माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा टेलिकमबारे गुनासो नआउने गरी समस्या भएका स्थानमा जतिसक्दो चाँडो टावर निर्माण गरिने जानकारी दिए।  

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जनतालाई प्रत्यक्ष लाभ हुने गरी गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई आग्रह गरे। वार्षिकोत्सवका अवसरमा २० वर्ष काम गरेका ५० कर्मचारीलाई पदक प्रदान गरिनुका साथै व्यावसायिक साझेदारी संघ–संस्थालाई सम्मान गरिएको थियो।  

मुलुकमा दूरसञ्चार सेवाको सुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था २०६० माघ २२ गते कम्पनीमा रूपान्तरण भएपछि बनेको नेपाल टेलिकम स्थापनाको १७ वर्ष पूरा गरी १८ वर्षमा प्रवेश गरेको छ। १७ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब चार लाख २२ हजार रहेकामा अहिले दुई करोड नौ लाख पुगेको छ।

करिब ७० प्रतिशत जनसंख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ। आर्थिक वर्ष २०७६/०७७ मा टेलिकमको आय ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा नौ अर्ब ७४ करोड पुगेको छ। कम्पनीले मुलुकका ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधार निरन्तर वृद्धि भइरहेको छ।
अर्को समाचार
‘नेसनल गेट वे’ घोटालामा पौडेल दोषी
०८ वैशाख २०८१
•
२ मिनेट पाठ
‘नेसनल गेट वे’ घोटालामा पौडेल दोषी
नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल ‘नेसनल गेट वे’ खरिद घोटाला प्रकरणमा दोषी ठहर भएका छन्।




शुक्रबार विशेष अदालतका अध्यक्ष न्याधाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले २३ करोड बढीको भ्रष्टाचार काण्डमा पौडेललाई दोषी ठहर गरेको हो। यद्यपि फैसलाले उनीमाथि तत्काल सजाय भने सुनाएको छैन। सजाय निर्धारण गर्न भने अर्को पेसी  वैशाख २७ का लागि तोकिएको छ।

पौडेलबाहेक बाँकी आठजना प्रतिवादीलाई भने अदालतले उन्मुक्ति दिएको छ। पूर्वअर्थसचिव मधुकुमार मरासिनीसहित आठजना प्रतिवादीले अदालतबाट सफाइ पाएका हुन्।

अदालतबाट सफाइ पाउनेमा खरिदको समयमा एनआइटिसीका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय, एनआइटिसीकै सहायक निर्देशक रमेशप्रसाद पोखरेल, तत्कालीन लेखा अधिकृतहरू निमबहादुर वली, रामबहादुर बुढा र कम्प्युटर इन्जिनियर रामशरण गायक छन्।

पौडेल यसकारण दोषी

अदालतले खरिद प्रक्रिया प्रारम्भ गर्दा प्रतिवादी पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा उपनिर्देशक रहेको र त्यही बेला उनकै नेतृत्वमा सफ्टवेयर खरिदका लागि प्राविधिक सम्भाव्यता अध्ययन गरिएको व्याख्या गरेको छ। त्यही अध्ययन प्रतिवेदनका आधारमा एआइटिसीको निर्देशकले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७० (२) का आधारमा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवसमक्ष आशयपत्र स्वीकृतिका लागि पेस गरेको र स्वीकृत भएको देखिएको फैसलामा उल्लेख छ।

‘परामर्श सेवा खरिदका लागि प्रतिवादी सुनिल पौडेलले एनटिआइसीका तर्फबाट कार्यकारी निर्देशकको हैसियतमा सिएमए स्मल सिस्टम एबीसँग परामर्श सेवा खरिद गर्ने सम्झौता गरेको पाइन्छ,’ फैसलामा भनिएको छ, ‘तत्पश्चात् परामर्श सेवा गरी प्रतिवादीले संस्थाको प्रमुखको हैसियतमा भुक्तानी दिने आदेश गरी २३ करोड २७ लाख ५८ हजार ७७ भुक्तानी गरेको देखिन्छ।’

उक्त रकम भुक्तानी गरी खरिद गरिएको सफ्टवेयर सञ्चालन गर्नुपर्ने जिम्मेवारी कार्यकारी निर्देशकका रूपमा पौडेलको नै रहेकोमा हालसम्म पनि सञ्चालनमा आएको नदेखिएको अदालतको व्याख्या छ।

यसैले प्रतिवादी पौडेलले कार्यकारी प्रमुखको हैसियतमा आफ्नो ओहोदाको कर्तव्य पालन गर्दा लापरबाही गरी परामर्श सेवा र सफ्टवेयर सञ्चालनमा नल्याई प्रयोगविहीन अवस्थामा रहेबाट नेपाल सरकारको २३ करोड २७ लाख ५८ हजार हानिनोक्सानी पु¥याएको अदालतले ठहर गरेको छ।

‘तसर्थ उल्लिखित आधार, कारण र प्रमाणबाट प्रतिवादी सुनिल पौडेलले आरोप दाबीबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको ठहर्छ,’ फैसलामा भनिएको छ।

के हो प्रकरण?

विद्युतीय भुक्तानीको एकीकृत प्रणाली स्थापना गर्न भन्दै एनआइटिसीले २५ करोडमा ‘नेसनल पेमेन्ट गेट-वे’ प्रणाली खरिद गरेको थियो। यद्यपि उक्त प्रणाली (सफ्टवेयर) किनेदेखि नै प्रयोगविहीन छ। आर्थिक वर्ष २०७४/७५ मा योजना स्वीकृतिबिनै रातो किताबमा बजेट पारेर उक्त सफ्टवेयर खरिद गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो। आवश्यक पूर्वाधार नै तयार नगरी उक्त सफ्टवेयर खरिद गरेर घोटाला गरिएको अख्तियारको निष्कर्ष थियो।  
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस