काठमाडौं – एमाओवादीमा पदाधिकारी चयनको विषय कठिन बन्दै गएको छ। महासचिव र सचिव कै विषयमा नेताबीच कुरा मिल्न नसकेपछि पदपूर्ति अनिश्चित बनेको हो। केन्द्रीय समिति बैठक तयारीको लागि भन्दै दुई दिनअघि बसेको स्थायी समिति बैठकले पनि कुनै निष्कर्ष निकाल्न सकेन। बैठकले समाधानको बाटो नपहिल्याएपछि सम्पूर्ण विषयहरु मिलाउने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको एमाओवादी नेता टोपबहादुर रायमाझी बताउँछन्।
जेठ २६ गते बोलाइएको केन्द्रीय समिति बैठक ३ दिन बसेर असार १३ गतेसम्मका लागि स्थगित गरिएको छ। स्थगित गरिएको केन्द्रीय समिति भोलिदेखि पुनः सुरु हुँदैछ।
विवाद कायमै रहे संविधानसभाको निर्वाचन पछाडि मात्रै पार्टी भित्रको पद मिलान हुन सक्ने एक माओवादी नेताले बताएउँछन्। उनका अनुसार अहिले नै पूर्ति गर्दा असन्तुष्टहरुले निर्वाचनमा निस्क्रिय भइदिने खतरा रहन्छ। तर वर्षामान पुन, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल सहितका नेताहरु भोलिदेखि पुनः सुरु हुने केन्द्रिय समिति बैठक बाट नै पदपूर्तिलाई टुंगो लगाउनु पर्ने पक्षमा छन्।
‘महत्वपूर्ण पदहरु लामो समयसम्म खाली राख्नु हुँदैन', नागरिकन्युजसँग कुरा गर्दै नेता पुनले भने- ‘यही केन्द्रीय समिति बैठकबाट नै पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय समितिलाई पूर्णता दिनुपर्छ।’
एमाओवादीभित्र सचिव र कोषाध्यक्ष खाली छन्। हाल महासचिव रहेका पोष्टबहादुर बोगटीलाई बढुवा गरी उपाध्यक्षमा लैजाने र नयाँ’महासचिव बनाउने लविङ सुरु भएपछि केन्द्रिय समिति अनिर्णयको बन्दी बन्दै आएको छ। महासचिवको लागि कृष्णबहादृर महरा र बर्षमान पूनको दावी रहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल भने अहिलेकै महासचिव पोष्टबहादुर बोगटीलाई निरन्तरता दिने पक्षमा छन्। भट्टराई पनि महासचिव फेर्ने पक्षमा नदेखिएको एक पोलिटब्यूरो सदस्यले नागरिकन्युजलाई बताए।
५ जनालाई सचिव बनाउने तयारी गरिको भए पनि त्यसमा सहमति हुन सकेको छैन। ‘कृष्णवहादुर महरा, अमिक शेरचन, बर्षमान पुन, गिरीराजमणी पोखरेल, टोपवहादुर रायमाझीलाई एमाओवादी हेडक्वार्टर सचिवमा बढुवा गर्न चाहन्थ्यो’ माओवादीका एक नेताले भने- 'तर बीचैमा महासचिवतर्फ पनि साथीहरु आकर्षित हुनु भयो र खेल बदलियो।'
अमिक शेरचनलाई कोषाध्यक्षको जिम्मेवारी दिने वा अनुशासन आयोगको अध्यक्षमानै राख्ने विषयमा समेत एमाओवादीभित्र छलफल भएको छ। तर महरा वा पुन महासचिव भएको खण्डमा उनी नै उपाध्यक्ष हुने सम्भावना पनि छ । कोषाध्यक्षमा हिसिला यमिको नाम चर्चामा छ।