बुटवलको सभामा २ लाख मान्छे उतार्ने मुख्यमन्त्री पोखरेलको दावी
२९ माघ २०७७
•
२ मिनेट पाठ
बुटवलको सभामा २ लाख मान्छे उतार्ने मुख्यमन्त्री पोखरेलको दावी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले काठमाण्डौमा शक्ति प्रदर्शन गरेको तीन दिन पछि शनिबार (फागुन १ गते)  नेकपाको ओली समुहले बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । त्यसकालागि बुटवलमा २ लाख मान्छे उतार्ने ओली समुहका लुम्बिनी प्रदेश इन्चार्ज तथा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताए ।  




पार्टीको प्रचार बिभागले बिहिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले जनपरिचालन के हो भन्ने शनिबार बुटवलबाट देखाइदिने उल्लेख गरे । ‘जनताको समर्थन, अपेक्षा र जनपरिचालन कस्तो हुन्छ बुटवलबाट राष्ट्रलाइ देखाउन चाहान्छौं’ पोखरेलले भने । शनिबारको सभालाइ प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ ।

पोख्रेलले बुधबार प्रचण्ड–माधव समुहको काठमाण्डौ भेलामा उल्लेख्य जनसहभागीता रहेको खबर बाहिरीने बित्तिकै जनसहभागीता कस्तो हुन्छ हेर्न काठमाण्डौका पत्रकारलाइ बुटवल बोलाएका थिए । मुख्यमन्त्रीले समाजिक सञ्जालमा ‘देशभरीको होइन एउटै प्रदेशका जनताको जनसहभागीता कस्तो हुन्छ हेर्न फागुन १ गते बुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रलाइ’ लेखेका थिए ।  

बिहिबार बुटवलमा पत्रकार सम्मेलन नै गरेर उनले बुटवलको सभा ऐतिहासिक हुने दावी गरे । रुपन्देहीबाट १ लाख र बाहिरी जिल्लाबाट १ लाख जनता बुटवल उतार्ने दावी पोखरेलको छ । पोखरेलले प्रधानमन्त्रीलाइ कमजोर पार्ने षडयन्त्र गरेकाले जनतामा जानु परेको बताए । प्रधानमन्त्रीलाइ असफल पार्ने खेल गलत थियो भन्ने स्थापित गर्न चुनाव हुनु पर्ने उनले बताए । शनिबारको सभामा ठुलो संख्यामा जनमुक्ति सेनाका पूर्व लडाकुहरु पार्टीमा समाहित हुने पनि पोखरेलले पत्रकार सम्मेलनमा जानकारी गराए ।  

प्रदेशका कामकाज थाती राखेर बुटवलको शक्ति प्रदर्शनको तयारीमा आफै जुटेका मुख्यमन्त्री पोखरेलले बिहिबार मोटरसइकल र्यालीको पनि रिवन काटेर उदघाटन गरे । जनसभाको पुर्वसन्ध्यामा नेकपाको ओली समुहले बुटवलमा मोटरसाइकल र्याली निकालेको हो । मोटरसाइकल र्यालीमा जिल्लाका १६ वटै स्थानीय तहबाट युवाहरुलाइ सहभागी हुन उर्दी जारी गरीएको थियो । 
अर्को समाचार
संसद् पुनःस्थापना भए अस्थिरता : प्रधानमन्त्री
०२ फागुन २०७७
•
५ मिनेट पाठ
संसद् पुनःस्थापना भए अस्थिरता : प्रधानमन्त्री
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्‍यो। सिद्धेश्वर उच्च मावि प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई जनसभा कस्तो हुन्छ भनेर हेर्न बुटवल आउन आग्रह गरे। सुरुमै उनले केही दिनअघि देशभरबाट केही मान्छे जम्मा गरेर आफूलाई ललकार्नेहरूलाई बुटवलको जनसभाले जवाफ दिएको बताए। उनले बुटवलको सभालाई आफ्नो पक्षमा उर्लिएको जनमतका रूपमा व्याख्या गरे।  




दाहाल–नेपाल समूहलाई इंगित गर्दै उनले देश बिगार्न खोज्ने तत्वहरू सरकारले गरेको विकास र समृद्धिबाट आत्तिएर सडकमा रोइकराइ गरेको दाबी गरे। ‘ताजा जनादेशमा जानै हुँदैन, चुनाव गर्नै हुँदैन भन्ने कस्तो व्यवस्था खोजेको ? जनताका बीचमा जानु ताजा जनादेश लिनु प्रतिगमन हुन्छ ?’ उनले भने।

प्रतिकूलता झेलेरै भए पनि देशविकासमा अगाडि बढिरहँदा सरकारै ढाल्न षड्यन्त्र गरेपछि संसद् विघटन गर्नुपरेको ओलीले पटकपटक दोहोर्‍याए। ‘देश बनाउने कुरा छैन तर उहाँहरूलाई प्रधानमन्त्री बन्न मन लाग्यो। अध्यक्षबाट हट्नुपर्‍यो भने, किन हट्नुपर्‍यो भनेको त मलाई आफैं अध्यक्ष हुन मन लाग्यो रे,’ ओलीले दाहाल–नेपाललाई व्यंग्य गर्दै भने।  

देशको स्वाभिमान उठाउन नभई व्यक्तिगत फाइदा र पदका लागि आफूलाई असफल बनाउने षड्यन्त्र हुन थालेपछि ताजा जनादेशमा जानुपरेको उनको भनाइ थियो। आफूले देशको गुमेको भूभाग समेटिएको नक्सा पास गरेपछि आत्तिएर सरकार गिराउने खेल हुन थालेको आरोप उनले लगाए। ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत छैन भन्ने विषय निरर्थक भएको जिकिर गरे। बहुमतको सरकारको प्रधानमन्त्रीको हैसियतले संसद् विघटन गरेको र त्यो संविधानसम्मत रहेको उनको दाबी थियो। ‘संविधानको धारा ७६ (१), धारा ७६ को उपधारा ७ र धारा ८५ ले भनेअनुसार विघटन गरिएको हो। बहुमतको प्रधानमन्त्रीको विशेष अधिकार प्रयोग गरेर विघटन गरिएको हो,’ उनले भने। ६४ प्रतिशत बहुमतको प्रधानमन्त्रीले संसद् बिघटन गरेपछि अर्को कुनै विकल्प नभएको उनले बताए। ‘अनुचित समीकरण गर्ने, कामै गर्न नदिने, अस्वस्थ प्रतिस्पर्धा गर्ने, देशलाई अलोकतान्त्रिक प्रक्रियातर्फ धकेल्न आफ्नैभित्रबाट षड्यन्त्र भएपछि मैले चलाउनै सकिनँ र संसद् विघटन गर्नुपर्‍यो,’ ओलीले भने।

यो मुद्दामा अदालतले न्याय गर्ने र देशलाई अस्थिरतातर्फ फर्कन नदिने विश्वास व्यक्त गरे। संसद् पुनःस्थापना भए कुनै पार्टीको बहुमत नरहने भएकाले झनै अस्थिरता बढ्ने र त्यसबाट लोकतन्त्रको हुर्मत लिने काम हुने दाबी उनले गरे। संसद् पुनःस्थापना भए संसद् किनबेचको खेल हुने उनले बताए।  

ओलीले तोकिएकै समयमा चुनाव हुने र त्यसमा आफ्नो पार्टीले फेरि बहुमत ल्याएर देशको नेतृत्व गर्ने दाबी गरे। उनले कसैलाई लोकप्रिय छु भन्ने लागे चुनावमा आउन चुनौती दिए। दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै उनले भने, ‘उहाँहरू मान्छे हेर भन्नुहुन्छ। म भन्छु– मान्छे मात्रै किन हेर्ने, बाकसबाट मतपत्र झिकेरै गनौंला नि, नआत्तिनुस् न, ५० लाख समानुपातिक मत ल्याएर देखाउँछौं। प्रत्यक्षमा बहुमत सिट ल्याउँछौं। त्यो घटाएर देखाए भयो नि !’

दाहाल–नेपालहरूले युवा, महिला, बालबालिकालाई आन्दोलनमा होमेर उनीहरूलाई सत्तामा पुग्ने भ¥याङ बनाएको दाबी गर्दै उनले अहिले विकल्पहीन भएपछि आत्तिएको बताए। ‘हिजो प्रचण्ड (दाहाल) ले कतिलाई मराए, अंगभंग गराए, कतिलाई टुहुरा बनाए। तिनका सबै समस्या यो सरकारले हेर्छ,’ उनले भने। जनमुक्ति सेनाको समेत उल्लेख्य सहभागिता रहेको भनिएको सभामा पूर्वजनमुक्ति सेनाका माग सम्बोधन गर्ने आश्वासन उनले दिए। उनले शरीरमा गोली बोकेकालाई उपचार गराउने, योग्यताअनुरूप रोजगारी, राहत, सम्मान, परिचयपत्रको व्यवस्था राजनीतिक नियुक्तिमा समावेश गराउने विश्वास दिलाए। दाहाल–नेपाल पक्षले अहिले पनि युवालाई गलत प्रयोग गर्न खोजेको आरोप लगाउँदै उनले युवाहरूलाई बाटो नबिराई आफ्नो पार्टीसँग मिलेर देश निर्माणको महाअभियानमा सरिक हुन आग्रह गरे। सूर्य चिह्न कसको भन्ने विवादको विषय नै नभएको उल्लेख गर्दै उनले आफ्नै पार्टीले पाउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे। ‘यस्तो सोझो विषय पनि निर्वाचन आयोगले बुझ्दैन होला र ढुक्क हुनुस्,’ उनले भने। तीन वर्ष पार्टीलाई हल न चल बनाएका गलत व्यक्तिहरू बाहिरिएपछि पार्टी गतिशील भएको दाबी गरे। ‘हिजो पार्टीभित्र मुख छाड्नेहरू आज सडकमा बसेर मुख छाडिरहेका छन्, फरक त्यति मात्रै हो,’ उनले भने।  

नक्सामा आफ्नो भूभाग समेटेको चीनतर्फ बाटो खोलेको, तुइनमुक्त गरेको नेपाललाई नयाँ डिजिटल एरा र सुरुङमार्गमा प्रवेश गराएको, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा आमूल परिवर्तन गरेको दाबी गरे। वर्णनै गरेर साध्य नहुनेगरी तीन वर्षमा विकासको लहर ल्याएको, भ्रष्टाचार नियन्त्रण गर्दै विपत्तै सुशासन कायम गरेको दाबी बारम्बार दोहो¥याइरहे। भ्रष्टाचारी र सार्वजनिक सरकारी जग्गा हडप्ने भूमाफियाहरूलाई कारबाही गरिछाड्ने भन्न छुटाएनन्। शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा तीन वर्षमा आमूल परिवर्तन गरिसकेको दाबी गरे। तीन वर्षसम्म सरकारले पक्राउ गर्न नसकेको निर्मला हत्या काण्डका अपराधीलाई पानीमुनि पुगे पनि नछाड्ने भन्न पनि उनी चुकेनन्। निर्मला, भागरथी हत्याकाण्ड सरकारलाई बदनाम गराउने तत्वले घटाएको भन्न बाँकी राखेनन्। सरकारलाई बदनाम गराउन आपराधिक तत्व सक्रिय रहेको भन्दै उनले महिला बालबालिकामाथि हत्याहिंसाका कुनै घटना हुन नदिने बताए।  

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नामै भुलेका ओलीले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी–कपिलवस्तु चार लेन सडक, लुम्बिनीको ५ हजार मानिस अट्ने ध्यान केन्द्र, सिद्धबाबाको सुरुङमार्गलगायत विकासका काम अगाडि बढेको र केही त आफैंले शिलान्यास गरेको बताए। उनले शिलान्यास गरेका अधिकांश आयोजना भने पछिल्लो तीन वर्षमा कुनै ३ प्रतिशत त कुनै १०/१५ प्रतिशत मात्रै काम भएको छ। तर उनले विकासमा भएको ढिलासुस्तीबारे सम्बन्धित निकायलाई सचेत गराउन भने एक शब्द पनि खर्चेनन्। जनसभाअघि प्रधानमन्त्री ओलीले बुटवल–वसन्तपुर केबुलकारको शिलान्यास गरे। सभालाई महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेका थिए।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस