प्रतिगमनविरुद्ध त्यो सडक संसद
०१ फागुन २०७७
•
६ मिनेट पाठ
प्रतिगमनविरुद्ध त्यो सडक संसद
संसद् विघटनले २०५९ सालमा जसरी प्रतिगमन निम्त्याएको थियो ठीक त्यसैगरी अहिलेको संसद् विघटन पनि प्रतिगमनतर्फ उन्मुख भएको भन्दै नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा मात्रै तेस्रो पटक शक्ति प्रदर्शन गरेको छ । कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाज पनि सडकमा ओर्लिएका छन् । सभामुखले पनि संसद् पुनस्र्थापना हुनुपर्नेमा सहमति जनाएका छन् ।  




यस्तो अवस्थामा सर्वोच्च अदालतमा रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला छिटो आउनुपर्ने देखिन्छ । सर्वोच्चको फैसला चाँडै आएमा त्यसले अवस्थालाई सहज बनाउनेछ । फैसला आउन जति ढिला भयो परिस्थिति त्यति नै असहज बन्ने देखिएको छ । सरकारले निर्वाचनको तयारी भनिरहने, सडकमा संसद् पुनस्र्थापनाको माग भइरहने कुरा अब धेरै लामो समय जान सक्दैन ।  

२०५९ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । त्यतिबेला रिट खारेज गर्दै संकटकालमा पनि निर्वाचन हुन सक्छ भनेर सर्वोच्चले व्याख्या गरेको थियो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो र संसद् विघटन गर्दा मन्त्रिपरिषद्बाट अनुमोदन गराइराख्नु पर्दैन भन्ने सिद्धान्त प्रतिपादन गरिएको थियो ।

सडकमा उठेको आवाज शाहीतन्त्रले नसुनेपछि २०६० मा सडकमै संसद् बैठक बसेको थियो । त्यसबाट बल पाएको आन्दोलनले प्रतिनिधिसभा पुनस्र्थापना गर्नुका साथै राजतन्त्रकै अन्त्य गरेको थियो । अहिलेका प्रधानमन्त्रीको कदम पनि प्रतिगमनउन्मुख भएको निष्कर्षसहित त्यसविरुद्ध आवश्यक परे सडकमै संसद् बैठक बसाउने तयारी भइरहेको छ ।  
संविधानविद डा. भीमार्जुन आचार्यले सर्वोच्चको त्यो फैसला न्यायसंगत नभएको बताएका छन् । त्यो फैसलामा तत्कालीन राजाको चाहना मिसिएको सोझै अनुमान गर्न सकिन्छ भन्ने धेरै कानुनविद्को भनाइ छ । सर्वोच्चले फैसला गरे पनि मुलुक निर्वाचनतर्फ जान नसकी प्रतिगमनतर्फ गएकाले सडकमै संसद्को बैठक बसाइएको थियो । त्यति बेला प्रतिगमनविरुद्ध आन्दोलनको एउटा स्वरुपमध्ये सडकमा संसद् पनि थियो । सडक संसद्को मुख्य माग नै संसद् पुनस्र्थापना थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते चालेको कदमलाई प्रतिगमनको संज्ञा दिँदै त्यसविरुद्ध नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त आन्दोलन गरेका थिए ।  

२०५९ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री देउवाले संसद् विघटन गर्दै कात्तिक २७ गते घोषणा गरेको निर्वाचन सो मितिमा हुन नसक्ने भएपछि उनले एक वर्ष थप्न माग गर्नासाथ राजा ज्ञानेन्द्रले अक्षम प्रधानमन्त्री भन्दै उनलाई अपदस्थ गरेका थिए । प्रतिगमनविरुद्ध आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गर्नेक्रममा बोलाइएको संसद्को विशेष अधिवेशन २०६० जेठ १४ र १५ गते सडकमा दुई दिनसम्म चलेको थियो । यो विश्वमा फ्रान्सपछि दोस्रो सडक संसद् थियो । त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा निकै ठूलो प्रभाव पार्ने काम गरेको थियो ।  

ललितपुरको मंगलबजारस्थित एउटा मन्दिरनजिक २०६० जेठ १४ गते पहिलो सडक संसद् बैठक बसेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाट नआएपछि उपसभामुख चित्रलेखा यादवले अध्यक्षता गरी सडकमा बैठक सञ्चालन गरेकी थिइन् । उनी भन्छिन्, ‘दिउँसो हल्का पानी परेको थियो । त्यहाँ धेरै कार्यकर्ता थिए । म आफूलाई जोगाउँदै त्यहाँ पुगेर बैठक सञ्चालन गरें । बैठकको मुख्य अजेन्डा नै संसद् पुनस्र्थापना थियो ।’ उनले थपिन्, ‘अहिले प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन पनि प्रतिगमनको पराकाष्टा नै हो ।’  

पहिलो दिनको सडक बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको थियो । बैठकमा प्रतिगामी कदम सच्याएर २०४६ सालको उपलब्धि रक्षा गर्न सञ्चालित आन्दोलनका पक्षमा तत्कालीन एमालेका नेता केपी ओलीले पहिलो प्रस्ताव राखेका थिए । बैठकमा दिगो शान्ति मुलुकको आवश्यकता भएको उल्लेख गर्दै नेपाली कांग्रेसका तत्कालीन महामन्त्री सुशील कोइरालाले राखेको वार्ताविरोधी सबै षड्यन्त्र चिर्दै आन्दोलनमा सहभागी हुन आह्वान गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको थियो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको निष्कर्ष निकाल्दै बैठकले सरकारको आततायी रबैयाको भत्र्सना गरेको थियो । संविधान उल्लंघन गर्दै सरकारले अध्यादेशका भरमा शासन चलाइरहेकोमा बैठकबाट भत्र्सना प्रस्ताव पारित भएको थियो । बैठकले राजपरिवार खर्च व्यवस्था अध्यादेश, सार्वजनिक सेवाको सञ्चालन, अनुगमन तथा निरीक्षण अध्यादेश, आर्थिक अध्यादेशलगायत खारेज गर्नुपर्ने माग गर्दै त्यसका विरुद्ध खेद प्रस्ताव पारित गरेको थियो । सरकारले स्वदेश नफर्कने भुटानीलाई नागरिकता दिने सम्झौता गरेकोमा बैठकले भत्र्सना गरेको थियो ।  

दोस्रो दिनको संसद् बैठक प्रज्ञा प्रतिष्ठानभित्र तोकिएको थियो । शाही सरकारले प्रज्ञाभवनको गेटमा ताला लगाएपछि गेटबाहिर उठीउठी बैठक बसेको थियो ।  

बैठकमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल, नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेलगायतका नेता सहभागी थिए । त्यसपछि क्रमिक रुपमा आन्दोलन हुँदैजाँदा २०६२ मंसिर ५ गते तत्कालीन माओवादीसँग १२ बुँदे समझदारी भएपछि आन्दोलन झन् सशक्त रुपमा अघि बढेर राजतन्त्रको अन्त्य र प्रतिनिधिसभाको पुनस्र्थापना भएको थियो ।  

अहिले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि फेरि सडक संसद् चर्चामा छ । ओलीको कदमविरुद्ध माघ १६ गते विराटनगरमा आयोजित एक कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिएपछि २०६० सालको सडक संसद्को झल्को आउन थालेको छ । विराटनगरमा दाहालले भनेका थिए, ‘जरुरी पर्‍यो भने हामी संसद्को बैठक बस्छौं र प्रधानमन्त्री ओली र उनका सहयोगीलाई कारबाही गर्छौं, किनकि संविधानले हामीलाई संसद्को बैठक बस्ने अधिकार दिएको छ, प्रधानमन्त्री ओलीलाई विघटनको अधिकार दिएको छैन । सभामुखले बैठकको आयोजना गर्ने, हामी उपस्थित हुने र प्रधानमन्त्रीलाई कारबाही गर्नेसम्म जान सकिन्छ । सर्वोच्चले सही फैसला गर्ने विश्वास भएकाले अहिले नै बसिएको छैन ।’  

परिस्थिति बिग्रँदै गएकाले संयुक्त जनआन्दोलन सुरु हुनासाथ संसद् बैठक बस्ने सम्भावना देखिएको छ । २०६० सालमा सडक संसद्को पक्षमा रहेका वर्तमान प्रधानमन्त्री ओलीले अहिले उनकै कारण उत्पन्न असहज राजनीतिक परिस्थितिलाई सहज निकास दिनुपर्ने देखिन्छ । अन्यथा परिस्थिति बिग्रन सक्छ । सभामुख अग्निप्रसाद सापकोटा पनि सरकारका पछिल्ला गतिविधिका कारण प्रतिनिधिसभा बैठक बोलाउनुपरे तयारीमा बसेका छन् । उनले गत माघ १२ गते महिला सञ्जाल समूहको ज्ञापन बुझ्दै आवश्यक परे बैठक बोलाउने संकेत गरेका थिए । संसद् बैठक बोलाउने विषयमा पत्रकार सम्मेलनमा पनि उनले भनेका थिए, ‘यसबारे परामर्श गर्दैछु । जति दिनपछि आवश्यकता महसुस हुन्छ त्यति दिनपछि निर्णय गर्छु । मैले जे गर्छु राष्ट्रको हितमा गर्छु, तुलनात्मक रुपमा हेर्नुहोला, विवेकको आधारमा सत्य पत्ता लगाउँछु ।’  

गत पुस ५ गते संसद् विघटन भएपछि पुस ८ गते सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको भए पनि फरक व्याख्या गरिएको बताएका थिए । पुस ९ गते संसद् बैठक बोलाउन आग्रह गर्दै जनता समाजवादी पार्टीले सभामुखलाई ध्यानकर्षण पत्र बुझाएको थियो । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पनि वैशाखपछि सभामुखले संसद् बैठक बोलाउनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।  

संसद् विघटन गरेका प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गर्ने भनिरहेका छन् । परिस्थिति निर्वाचनको दिशातर्फ गइरहेको छैन । सर्वोच्च अदालतले पनि फैसला छिटो गर्नेगरी तयारी गरेको छ । सर्वोच्चले  

संविधान, कानुन, अभ्यास, अन्तर्राष्ट्रिय मूल्य मान्यताबमोजिम फैसला गरोस् भन्ने सबैको अपेक्षा छ । सर्वोच्चको फैसला पनि ढिला आउने, निर्वाचन पनि नहुने, प्रधानमन्त्रीले पदबाट राजीनामा पनि नदिने अवस्था आएको खण्डमा मुलुकमा जटिलता आउने विज्ञहरूले औंल्याएका छन् ।
अर्को समाचार
गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने कसरत : प्रचण्ड
०३ असोज २०७८
•
१ मिनेट पाठ
गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने कसरत : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने कसरत भइरहेको बताएका छन्।




जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सो बताएका हुन्। ‘हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसिसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्,’ उनले भने।

राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउँदै उनले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेकोमा जोड दिए। उनले भने, ‘सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ। अहिले नआउने पनि केही समयपछि आउनुहुन्छ।’

उनले माओवादी आन्दोलन र यसले उठाएका एजेण्डालाई राष्ट्रियरूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको बताए। ‘समाजवादी क्रान्तिलाई मार्क्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ। एक चोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ। सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ। त्यसकारण सबै क्रान्तिकारीहरूले अब ढिला नगरी एकताबद्ध हुने र आत्मसमीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ।’  
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस