काठमाडौं – पूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता बावुराम भट्टराईले आफ्नो पद त्यगलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन्। 'पद त्याग गरे पनि पार्टीको सक्रिय राजनीतिमा हुन्छु', नागरिकन्युजसँग कुरा गर्दै बुधबार भट्टराईले भने- 'म पलायन हुन लागेको होइन।'लामो समय पद ओगटेर बस्ने संस्कृतिविरुद्ध आफ्नो पद त्याग सकारात्मक सुरुवात भएको उनले दाबीगरे। 'कार्यकारी पदमा नरहे पनि धेरै काम गर्न सकिन्छ यसकारण मैले पद त्यागगरेँ', उनले भने- 'अव पदमा फर्कने कुनै सम्भावना छैन।'
अबको संविधानसभा निर्वाचनमा पहिलो संविधान सभा विघटन हुनुका कारणहरु जनतालाई बुझाउँदै एमाओवादीले आफ्नो चुनावी घोषणा पत्र ल्याउन लागेको पनि भट्टराईलेबताए। आगामी संविधानसभाको निर्वाचमा तपाइँ उम्मेदवार हुनुहुन्छ? भन्नेप्रश्नमा उनले भने- 'यसबारे मैले अहिलै नै धारणा बनाएको छैन।'
अन्य पार्टीहरु भन्दा एमाओवादीनै राम्रो भएको भन्दै उनले संविधानसभामा एमाओवादीनै ठूलो पार्टी हुने दाबी पनि गरे। नेपालमा प्रगतिशिल राष्ट्रवाद आवश्यकरहेको भट्टराईको भनाइ थियो। कुनै देश विशेषलाई गाली गर्नु मात्र राष्ट्रवाद नभएको उनले स्पष्ट पारेका छन्।
असार १३ गतेदेखि बोलाइएको केन्द्रिय समितिमा पदको बाँडफाडमा चरम विवाद भएपछि बैठकको तेस्रो दिन भट्टराईले केन्द्रिय समितिको बैठकबाटै पद त्यागको घोषणा गरेका थिए। त्यसपछि उनको निर्णयलाई फिर्ता गराउन पटक पटक पदाधिकारी बैठक बसे पनि त्यो सफल हुन सकेको छैन। केन्द्रिय समितिको बैठक स्थगित गरेर साउन ४ गते विस्तारित बैठक बोलाइएको छ। भट्टराईको पद त्यागपछि एमाओवादी भित्रको अन्तरविरोध नयाँ ढंगबाट जाने अनुमान गरिएको छ।