ललितपुर- मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको चाप बढेका कारण जिल्ला निर्वाचन कार्यालय ललितपुरले शनिबार पनि फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ। “बिदाको दिन कार्यालय खोल्न सर्वसाधारणबाटै माग भएपछि भोलि असार २२ गते शनिबार बिहान १० देखि अपराह्न ५ बजेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएका छौँ,” जिल्ला निर्वाचन अधिकारी शान्ता मरासिनीले भने।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरमा रहेको फोटोसहितको मतदाता नामावली सङ्कलन टोलीमा गई मतदाताले फोटोसहितको मतदाता नामावली दर्ता गराउन सकिने व्यवस्थाना मिलाइएको छ।
असारसम्म नाम दर्ता गराएकाले मात्र आसन्न्न संविधान सभा निर्वाचनमा मताधिकार पाउने भएकाले असारको पहिलो सातादेखि नै चाप बढेको छ। हाल बिहान १० बजे सुरु गरेर साँझ ६/७ बजेसम्म नै कर्मचारीहरु खटिएका छन्, श्री मरासिनीले बताए।
वि.स. २०६४ को संविधान सभा निर्वाचनमा दुई लाख ३२ हजार ५३७ मतदाता रहेको ललितपुरमा आजसम्म दुई लाख एक हजार ५०८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
जिल्ला निर्वाचन अधिकारी मरासिनीका अनुसार जागिर, अध्ययन र पेशा व्यवसायको काम विशेषले ललितपुरमा बसोबास गरिरहेका आठ हजार ७८९ जना बाहिरी जिल्लाका मतदाताले पनि ललितपुरमा नाम दर्ता गराएका छन्।