संसद पुनःस्थापना कांग्रेसको एक मात्र एजेण्डा हो, वैशाखमा चुनाव हुन्न : शशांक कोइराला
०३ फागुन २०७७
•
२ मिनेट पाठ
संसद पुनःस्थापना कांग्रेसको एक मात्र एजेण्डा हो, वैशाखमा चुनाव हुन्न : शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने बताएका छन्। चुनाव हुन्छ कि भन्ने सम्भावना कांग्रेसका कोहि कसैले पनि गर्न नहुने उनको भनाई छ। संसद विघटनको विरोधमा कांग्रेस दाङले सोमबार घोराहीमा गरेको विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले भने ‘वैशाखमा चुनाव हुन्न,यसमा सबै ढुक्क भए हुन्छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री पद लम्ब्याउनका लागि चुनावको कुटिल चाल चलेको भन्दै कोइरालाले यसमा अरु कुनै सत्यता नभएको बताए।




‘प्रधानमन्त्रीले आफ्नो पद लम्ब्याउनका लागि चुनावको मिति नाटकीय शैलीमा घोषणा गरेका हुन्,’ कोइरालाले भने ‘चुनाव चिन्हमा देखिएको नेकपाको विवादले पनि चुनाव तत्कालै हुने सम्भावना छैन।’ नेकपाको माधव कुमार नेपाल र पुष्पकमल दाहालले सूर्य चिन्ह प्राप्त गरेको खण्डमा प्रधानमन्त्री ओलीले मुद्दा हाल्ने र यो प्रकृया लम्बिने उनको भनाई छ।  

बैशाखमा निर्वाचन सम्भवै नरहेको बताएका कोइरालाले संसद पुन:स्थापना मात्रै कांग्रेसको एकल अजेण्डा रहेको बताए। संविधानको हत्या गर्नेगरि प्रधानमन्त्रीले विघटन गरेको संसदको पुनरस्थापना भए मात्रै संविधानको अस्तित्व जोगिने भन्दै उनले भने ‘आज कांग्रेस सडकमा छ, संविधानको रक्षाका लागि।’ यसैगरि उनले कांग्रेस संसद पुन:स्थापनाका सवालमा एकल रुपमा आन्दोलनमा रहेको भन्दै यो मुद्धामा कसैसंग पनि सहकार्य नगर्ने बताए । 

‘कांग्रेस विचार र सिद्धान्तमा अरु पार्टी भन्दा उँचो पार्टी हो,यसर्थ कांग्रेसले जनहितका पक्षमा आँफै सहि निर्णय गरेर अघि बढ्छ,’ उनले भने ‘कोहिकसै संग सहकार्य गरेर कांग्रेस अगाडी बढ्नु जरुरी छैन,र सहकार्य गर्दैन पनि।’ उनले वर्तमान सरकार अहिले सम्म निरिह बनेको भन्दै वर्तमान सरकारबाट समृद्धिको आश गर्नु दिवास्वप्न हुने समेत बताए। साथै उनले मुलुकको हितका निम्ती कांग्रेसलाई माथि उकास्नु पर्ने बताए।  

यसैगरि विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीले समृद्ध नेपालको झूठो नारा घन्काएका कम्युनिष्टहरु आँफू केन्द्रीत मात्रै भएको बताए । ‘बिभिन्न भ्रष्टाचारका काण्डमा मुछिएका उनिहरु आँफू मोटाए,’ गिरीले भने ‘तर समृद्ध नेपाल बनाउने नारा उनिहरु लगाउँछन् ।’ 

अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा भएका विभिन्न अपराधका संरक्षक बनेको आरोप लगाए । ओलीको यहि रबैयाको बिरोधमा नेपाली नागरिक सडकमा उत्रिएको भन्दै सडक संघर्षबाटै ओलीलाई जनताले कारवाही गर्ने बताए । ‘मुलुकमा अहिले भएका बिभिन्न अपराधका संरक्षक हुन् केपी ओली,’ चौधरीले भने ‘यस्ता अपराधका संरक्षकबाट समृद्ध नेपालको आशा गर्नु कति ठिक हो ?’  

यो पनि पढ्नुहोस्

बैशाखमा पनि निर्वाचन हुँदैन : बिजुक्छे
अर्को समाचार
हामी बुढो भइसक्यौँ, अब राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्छ: नेता कोइराला
१२ भदौ २०८०
•
१ मिनेट पाठ
हामी बुढो भइसक्यौँ, अब राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्छ: नेता कोइराला
नेपाली काँग्रेसका सांसद शशांक कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका छन्।




मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन्।

उनले आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै उनले राजनीतिमा युवाको आवश्यकता औँल्याए। उनले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारी स्वरुप सातवटै प्रदेशमा घुम्ने पनि बताए। उनले सभापतिको उम्मेदवार बन्ने बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै साथीहरुसँग कुरा गरेर मात्रै निर्णय गर्ने उल्लेख गरे।

उनले भने – ‘पन्ध्रौँ महाधिवेशनको तयारीको सिलसिलामा सातै प्रदेशमा घुम्ने। किनभने भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ। हामी त बुढो भइसक्यौँ कहिले ढल्छौँ थाहा छैन। म सबभन्दा पहिले साथीहरुसँग कुरा गर्छु। उनीहरुको चाहना के हो ? मैले मात्रै चाहेर त भएन नि। उनीहरुको चाहना हेर्छु। अनि त्यसपछि निर्णय गर्छु। गठबन्धनको सरकारमा हामीले गिभ एण्ड टेक गर्नुपर्छ। आफ्नै गोरुको बाह्रै टक्का हुँदैन। चाहँदा चाहँदै पनि हामी सुधार ल्याउन सक्ने सम्भावना म देख्दिनँ। गठबन्धन सरकारलाई स्थायित्व दिनका लागि गरेको। जनता खुशी छैन। तर यो बाध्यता हो।’

उनले गठबन्धनको सरकार भएका कारणले सरकारले चाहेजस्तो काम गर्न नसकेको बताए। 
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस