काठमाडौं — एमाओवादीभित्र विस्तारित बैठकको सारगर्मी बढिरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल अचानक सिंगापुर प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल थाइ एयरवेजको बोइङ ७७७-२डी७ को फ्लाइट नम्बर टिजी३१९ बाट श्रीमती सिता दाहाल र भतिज समिर दाहालका साथ १:३० बजे थाइल्याण्ड हुँदै सिंगापुरतिर उडेका हुन्।
पारिवारिक स्रोतले अध्यक्ष दाहाल श्रीमती सीताको उपचारको लागि सिंगापुर उडेको नागरिकन्युजलाई बतायो। कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि थाइल्याण्डमै उपचार गरिएको थियो। कलेजोमा फेरि समस्या देखिएको चिकित्सकले बताएपछि उपचारका लागि सिंगापुरतर्फ लागेको बताइएको छ।
‘केही समय अगाडि आमाको थाइल्याण्डमा उपचार भएको थियो, त्यसैको फलोअपको लागि सिंगापुर जानुभएको हो’ अध्यक्ष पुत्र प्रकाश दाहालले भने– 'उपचारपछि उहाँहरु ३ दिनमा फर्कने कार्यक्रम छ।' सिंगापुरमा सीताको ट्याङटोक सेङ अस्पतालमा उपचार हुनेछ।