काठमाडौं- नेकपा– माओवादी पार्टीले सरकार एवम् राजनीतिक दललगायतसँग वार्ता गर्न अध्यक्ष मोहन वैद्यको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति गठन गरेको छ। सो समितिमा उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिवद्वय नेत्रविक्रम चन्द र देव गुरुङ छन्। पार्टीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले गरेको निर्णय आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै बहिष्कार र वार्ताको प्रक्रियालाई सँगसँगै लैजाने सो पार्टीले जनाएको छ।
साथै, पार्टीले यथास्थितिमै संविधानसभाको निर्वाचनको कुनै औचित्य नभएकाले त्यसको सक्रिय एवम् सशक्तरुपमा बहिष्कार गर्ने र आन्दोलनको आवश्यकताअनुसार वार्ता तथा सम्झौताको ढोका पनि खुल्ला राख्ने निर्णय गरेको छ।
मुलुकमा विद्यमान सङ्कटको समाधान र अग्रगामी निकासका लागि बिनासर्त नेकपा–माओवादी तथा आन्दोलनकारी ३३ दलसँग नयाँ राष्ट्रिय राजनीतिक सहमति गर्न खोजिएको हो र सबै विषयमा वार्ताको टेबलमा खुला छलफल गर्नका लागि पार्टी तयार रहेकाले सोअनुरुप वार्ता समिति गठन गरिएको जनाइएको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले भन्नुभयो, “निःशर्तरुपमा सरकार, उच्चस्तरीय राजनीतिक समिति र दलहरूसँग पनि वार्ता गर्न तयार छौँ तर वार्ताका लागि मङ्सिर ४ को निर्वाचन मिति खारेज नगर्ने भन्ने जस्ता सर्त राख्न हुँदैन।”
देशव्यापीरुपमा पर्चा, पोष्टर, भित्तेलेखन गोष्ठीजस्ता प्रचारात्मक कार्यको माध्यमद्वारा साउन १० गतेबाट बहिष्कार आन्दोलन सुरु गरी यसमा अन्य राजनीतिक शक्तिसँग समेत आवश्यक तालमेल मिलाउने पार्टीले निर्णय गरेको छ।
गत चैत १ गते चार दलले गरेको ११ बुँदे सहमतिको खारेजी, अग्रगामी राजनीतिक निकासका लागि सर्वपक्षीय गोलमेचसभा तथा दलीय सहमतिका आधारमा राष्ट्रिय संयुक्त सरकारको गठन र सहमति नहोउन्जेलका लागि निर्वाचन प्रक्रियाको स्थगनलगायतका मागहरू भने यथावतै रहेको पनि पार्टीले प्रष्ट पारेको छ।
चार दलको मात्र अधिकारजस्तो गरेर बाँकी दललाई निर्वाचनमा जान पाउने अधिकारबाट वञ्चित गरेर निर्वाचन हुन नसक्ने अध्यक्ष वैद्यले बताए। उनले एनेकपा (माओवादी)सँग आफ्नो पार्टीको एकता हुने भन्ने कुरा एनेकपा (माओवादी)बाट बढी प्रचार गरिएको बताउँदै एकताको कुरा निर्वाचनमा एमाले र कांग्रेसलाई तर्साउन ल्याइएको भ्रम हो भने।
पार्टीका निर्णयहरू सार्वजनिक गर्दै महासचिव थापाले देशभक्त आन्दोलनकारी क्रान्तिकारी शक्तिलाई युद्धतर्फ धकेल्न र आत्मसमर्पण गराएर सखाप पार्ने षडयन्त्र भइरहेको बताए। नागरिकता अध्यादेश खारेज गर्नुपर्ने, नेपाल प्रहरीको प्रतिष्ठान निर्माण भारतले गर्ने भनिएको सहमति राष्ट्रहीतविपरीत भएको, अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभाग, लुम्बिनी र पशुपतिनगरको नेपाल–भारत सीमामा थप अध्यागमन चेकपोस्ट राख्नेगरी भारतसँग भएका सहमतिहरु खारेज गर्नुपर्ने माग सो पार्टीले गरेको छ।