काठमाडौं- पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेलले सरकार र दलहरुको कारणले मंसिर ४ गतेको संविधान सभाको दोस्रो निर्वाचन असम्भव भएको बताएका छन्। उनले पुरानै पात्र, नियम र खेलाडीहरु विद्यमान रहेकाले खेलको नयाँ नियममा परिवर्तन नभएसम्म संविधान सभाको निर्वाचन र त्यसबाट संविधान सभाको निर्वाचन असम्भव रहेको दाबी गरे।रिपोर्टर्स क्लब नेपाल विहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने– पहिला गोलमेच सम्मेलन गर्नुपर्यो, त्यसपछि सहमितको ब्यवस्थापन, त्यसलाई कार्यान्वयन गर्न नियम कानुनको निर्माण र पुनः दल दर्ताको काम ४५ दिनभित्र नसकिए निर्वाचन हुन सक्दैन। सरकार र दलहरुको अहिलेसम्मको काम कारबाही हेर्दा त्यो समयमा काम हुने सम्भावना देखिँदैन।
पोख्रेलले सरकार र दलहरुको काम कारबाही हेर्दा सबैलाई निर्वाचन सार्ने बहाना चाहिएको जस्तो देखिएको आरोप लगाउँदै उनीहरुबीच बाहिर मंसिर भनेपनि आन्तरिकरुपमा चैतमा निर्वाचन गर्ने सहमति भएको दाबी गरे। उनले भने–सरकार दल र निर्वाचन आयोगको विचमा मंसिर हल्लाको मिति र चुनावचाहिँ चैतमा गराउन पहिला नै अघोषित सम्झौता भइसकेको छ।
यद्यपि उनले ट्रयाक बाहिर गएको राजनीतिलाई ट्रयाकमा ल्याउनुपर्ने, जनताको प्रतिनिधिले शासन नगरेको, संविधानको निर्माण गर्नुपर्ने आवश्यकता, अन्तर्राष्ट्रिय शक्तिको चाहना र सरकारसमेत निर्वाचनको लागि बनेको कारणले पनि निर्वाचन हुने सम्भावना प्रवल रहेको भए पनि राजनीतिक खेलाडी र सरकार तयार नदेखिएकाले मंसिरको चुनाव असम्भव बन्दै गएको बताए।
जनगणना अनुसार ३४ लाख मतदाता मतदाता नामावलीमा छुटेको, क्षेत्र निर्धारण आयोगलाई दिइएको जिम्मेवारीमा नियम बाझिएको, दलहरुको संख्या साउनभित्र कुनै निश्चित हुनुपर्ने जस्ता समस्या विद्यमान रहेकाले पनि निर्वाचनको लागि धेरै चुनौति रहेकेा उल्लेख गर्दै निर्वाचनकेा लागि दल र सरकारले आफ्नो काम कारबाही परिवर्तन गर्नुपर्ने सुझाव दिए।
निर्वाचनको लागि बनेको सरकारको निर्वाचन प्रतिको प्रतिबद्धता नै नदेखिएको आरोप लगाउँदै सरकार प्रतिबद्ध भएको भए जेठमै पनि निर्वाचन हुन सक्ने सम्भावन रहेको दाबी गरे। उनले भने–सरकारले निर्वाचन चाहेको भए जेठमै चुनाव भइसक्थ्यो। मंसिर पर्खिनु पर्दैनथ्यो।
पोख्रेले निर्वाचन आयोग समेत अहिलेसम्म निर्वाचनको विषयमा कन्फिडेन्स नदेखिएको भन्दै निर्वाचनका लागि जनता तयार भए पनि दल, सरकार र निर्वाचन आयोग तयार हुनु पर्नेमा जोड दिए।