नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वलाई जे मन लाग्यो त्यहि बोल्दै नहिंड्न चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेशस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई जे मन लाग्यो त्यहि नबोल्न चेतावनी दिएका हुन् ।
सोहि कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेसले संसद पुर्नस्थापना वा निर्वाचन मध्ये कुनैपनि पक्षमा नलागी अदालतको फैसला मान्ने बताएका थिए । देउवा बोलेर हिडेपछि मन्तव्य राखेका पौडेलले पार्टी नेतृत्वले पार्टीको नीति र निर्णय विपरित बोल्दै हिंडेको भन्दै आक्रोश व्यक्त गरे । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक, तानाशाही र अधिनायकवादी हो भनेर कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेको छ,’ उनले भने, ‘नेताहरु चाहिँ जनतालाई कन्फ्युजनमा पारेर हिंड्ने ? जे मन लाग्यो त्यहि बोल्दै हिंडने ? ।’
पौडेलले संविधान र लोकतन्त्रमाथि हमला र प्रहार गर्ने काम हुँदा पनि अदालतको फैसला कुर्छु भन्नु हास्याँस्पद भएको बताए । ‘लोकतन्त्र, संविधान र जनताको पहरेदार राजनीतिक दल हो,’ उनले भने,‘आज लोकतन्त्र र संविधानमाथि केपी ओलीले हमला गरेका छन्, यस्तो बेला फैसला कुर्ने कि लोकतन्त्र र संविधानको रक्षाका लागि लड्ने हो ? ।’ उनले संविधान र लोकतन्त्रका लागि लड्नु भनेको अदालतबिरुद्ध लडेको नहुने बताए । बरु अदालतलाई संविधान अनुसार फैसला गर भनेर ध्यानाकर्षण गराएको हुने उनको भनाई छ ।
अदालतले पनि जे मन लाग्यो त्यो फैसला गर्न नपाउने पौडेलले बताए । अदालतले फैसला गर्दा संविधान अनुसार फैसला गर्नुपर्ने उनको भनाई छ । ‘अदालतले पनि संविधान बाहिर गएर फैसला गर्न सक्दैन र पाउँदैन,’ उनले भने, ‘संविधानमा जे लेखेको हुन्छ त्यहि अनुसार फैसला हुनुपर्छ । यो भन्न कांग्रेसले मुख लुकाउनु हुँदैन ।’