काठमाडौं- नेकपा–माओवादीका उपाध्यक्ष एवम् विदेश विभाग प्रमुख सीपी गजुरेलले यथास्थितिमा संविधान सभाको निर्वाचनमा आफूहरूले भाग लिन नसक्ने कुरा चिनियाँ पक्षसँग राखेको बताएका छन्। माओवादी अध्यक्ष मोहन वैद्यसहित चारदिने चीन भ्रमण गरी हिजो स्वदेश फर्किएका उपाध्यक्ष गजुरेलले चीन भ्रमणपछि निर्वाचन बहिस्कार गर्ने सम्बन्धमा आफूहरूको नीतिमा कुनै परिवर्तन नआउने बताए।सम्वाद डबलीमा आज आयोजित कार्यक्रममा बोल्दै उनले भने– “यहाँ हल्ला भएजस्तो चीनले हामीलाई निर्वाचनमा भाग लिन र एमाओवादीसँग एकता गर्न सुझाव दिएको भन्ने कुरा गलत हो, उहाँहरूले आफ्नो निर्णय आफैँ गर्नुहोस् भनेर सुझाव दिनुभयो।”
चीनले निर्वाचनमा भाग लिन घुमाउरो पाराले आग्रह गरेकोतर्फ सङ्केत गर्दै उनले भने, “चीन नेपालका सङ्क्रमणकाल लम्बिरहेकामा चिन्तित छ, दलहरूबीच सहमति कायम भई चाँडै सङ्क्रमणकालको अन्त्य भई नेपालमा शान्ति र स्थिरता होस् भन्ने उनीहरूको चाहना छ।”
उनले चीन भ्रमणको क्रममा उपराष्ट्रपति लि यान चाओ तथा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका महासचिवसहितका पदाधिकारीसँग छलफल गरेको जानकारी दिए। चिनियाँ उपराष्ट्रपतिसँगको भेटमा नेपालको आर्थिक विकास, दुई देश र दुई पार्टीबीचको सम्बन्ध जनस्तरसम्म सुदृढ गर्न आग्रह गरिएको उनले बताए।
उनले भारतीय विदेशमन्त्री सलमान खुर्सिद नेपाल आउनु र आफूहरू चीन जानु संयोग मात्रै भएको दाबी गर्दै त्यसमा चीन सरकारको कुनै भूमिका नरहेको स्पष्ट पारे। उपाध्यक्ष गजुरेलले विदेशमन्त्री खुर्सिदको भ्रमणको क्रममा नेपालका नेताहरूले ओहोदाको ख्यालै नगरी होटलमा भेट्न गएको भन्दै व्यङ्गसमेत गरे।
त्यस्तै अर्को प्रसङ्गमा दल र सरकारसँगको वार्ता प्रक्रिया अब सुरु गरिने जानकारी दिँदै उहाँले सरकार परिवर्तन, २५ बुँदे बाधाअड्काउ फुकाउलगायतका सबै विषयमा छलफल गर्न दलहरू तयार भएपछि आफूहरू पनि लचक भएर वार्तामा बस्ने बताए।