काठमाडौं- आगामी मङ्सिर ४ गते अर्को संविधान सभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न आयोगले संविधान सभा सदस्य निर्वाचन अध्यादेश, २०७० को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी संविधान सभा सदस्य निर्वाचन निर्देशिका, २०७० तयार गरी आज स्वीकृत गरेको छ।त्यसैगरी आयोगले मतदाता शिक्षालाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न मतदाता शिक्षा नीति, २०७० समेत स्वीकृत गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले जनाएका छन्। आयोगले आजै चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोग ऐन, २०७० को दफा २६ (६) बमोजिम बद्रीप्रसाद न्यौपानेको पक्षमा विवादरहीत केन्द्रीय कार्य समितिका बहुमत सदस्यहरूले समर्थन गरेको हुँदा सो पक्षले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालको नाम, झण्डा, चुनावचिन्ह, प्रतीक चिन्ह (लोगो) र विधानसमेत प्रयोग गर्न पाउने निर्णय गरेको छ।
साथै शिवप्रसाद तामाङ पक्षले छुट्टै समूह पहिचान हुने गरी दल दर्ता गर्न माग गरेमा निर्णय भएको मितिले १५ दिनभित्र कानुनको रीत पुर्या इ दर्ता गरिदिने निर्णयसमेत गरेको जनाइएको छ।
साथै शिवप्रसाद तामाङ पक्षले छुट्टै समूह पहिचान हुने गरी दल दर्ता गर्न माग गरेमा निर्णय भएको मितिले १५ दिनभित्र कानुनको रीत पुर्या इ दर्ता गरिदिने निर्णयसमेत गरेको जनाइएको छ।