काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइराला अमेरिकामा स्वास्थ्य परीक्षण गरी भोलि शनिबार स्वदेश फर्किने भएका छन्। जिब्रोको क्यान्सरको नियमित परीक्षणका लागि असार १३ गते अमेरिकाको न्यूयोर्क जानुभएका सभापति कोइराला स्वास्थ्य परीक्षणपछि स्वदेश फर्कन लाग्नुभएको उहाँका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिए।
सभापति कोइरालाले न्युयोर्कस्थित स्नोल्यान्ड क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गर्नुका साथै त्यहाँस्थित पार्टीको भ्रातृसंस्था नेपाली जनसम्पर्क समितिले आयोजना गरेको विभिन्न कार्यक्रममा पनि सहभागी भएका थिए।