काठमाडौं - चुनावको विकल्प नरहेको भन्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आगामी संविधान सभा निर्वाचनको सफलताका लागि सबै नागरिकबाट प्रतिवद्धता र सक्रियता आवश्यक रहेको बताएका छन्।'देशलाई आवश्यक पर्ने जनमुखी र पूर्ण लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि आगामी संविधानसभाको निर्वाचनलाई सफलीभूत तुल्याउनु सिवाय अहिलेका लागि हाम्रा सामु कुनै विकल्प छैन,' उनले भने, 'तसर्थ, आगामी संविधानसभाको निर्वाचनमा आफ्ना कार्यहरु अभिमुख गर्न सबै साहित्यकार, कलाकार, विभिन्न क्षेत्रका व्यक्तित्वहरु लगायत आम जनसमुदायमा म पुनः हार्दिक आह्वान गर्दै यस कार्यमा यहाँहरुको सहयोगबाट निर्वाचन सफल हुनेछ भन्ने मैले आशा एवं विश्वास लिएको छु।'
अध्यक्ष रेग्मीले भानु जयन्तीका अवसरमा आयोजित समरोहमा उक्त धारणा राखेका हुन्।
अध्यक्ष रेग्मीले भानु जयन्तीका अवसरमा आयोजित समरोहमा उक्त धारणा राखेका हुन्।