काठमाडौं- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी संविधान सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्णरूपमा सम्पन्न गर्ने सबालमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्। नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा एवम् संस्थाले सञ्चालनमा ल्याएको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको शुभारम्भ गर्दै उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण तयारीका साथ अघि बढेको बताए।अध्यक्ष रेग्मीले भने, “निर्वाचन स्वतन्त्रता र निष्पक्षताका लागि शान्तिपूर्ण वातावरण अत्यावश्यक हुने भएकाले आवश्यक सबै कानुनी र व्यवस्थापकीय कार्यलाई प्रथामिकता दिएको छ। शान्ति सुरक्षा र अमनचैन कायम गर्ने सन्दर्भमा कुनै अवरोध वा वाधा सिर्जना भएमा शान्ति सुरक्षाका लागि सरकारले शून्य सहनशीलताका साथ सबै उपयुक्त प्रयत्नहरू अवलम्बन गर्नेछ।”
उनले संविधान निर्माण भएपश्चात् मात्र देशले सामाजिक, आर्थिक, सांस्कृतिक विकासले दिशानिर्देश पाउने भएकाले संविधान निर्माणका लागि संविधान सभा निर्वाचनलाई सफल तुल्याउनुबाहेक सरकारको कुनै प्राथमिकता नभएको प्रष्ट पारे।
अध्यक्ष रेग्मीले भने, “वर्तमान समयमा निर्वाचनका लागि सरकारले अधिकांश आधारभूत कामहरू सम्पन्न गरिसकेको अवस्थामा अवको कार्य भनेको दलहरूको सहभागितामा उम्मेदवारी मनोनयन, प्रचार–प्रसार र तोकिएको मितिमा शान्तिपूर्ण वातावरणमा मतदानको सुनिश्चित गर्नु नै हो, यसमा सबै राजनीतिक दल, नेता, कार्यकर्ता, मतदातालगायत आम समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सहयोगात्मक भूमिका निर्वाह गर्न विशेष आग्रह गर्दछु।”
उनले आधुनिक सहकारी अभ्यासले उत्पादनमूलक तथा सेवामूलक क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रहरूमा लगानी गर्ने तथा वस्तु र सेवाको वितरणको अभ्यासलाई प्राथमिकता दिएको अवस्थामा उल्लेखनीय प्रयासहरू जारी रहेको उल्लेख गर्दै यसको नमुना नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा सञ्चालिन अस्पताल सबैका लागि उदाहरणीय र अनुकरणीय रहेको उल्लेख गरे।
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका संरक्षक भरतमोहन अधिकारीले सहकारीको माध्यमबाट सञ्चालन हुन लागेको अस्पताल देशकै नमुना भएकाले यसको विकास विस्तारका लागि सरकारले विशेष बजेट विनियोजन गर्नुपर्ने बताए।
राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारी अस्पताल चलाउने चुनौतीपूर्ण कार्यको सक्रियताप्रति कृतज्ञता व्यक्त गर्दै सरकारीलाई उत्पादनमुखी बनाउन र त्यसमा लगानीको वातावरण निर्माण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अहिले अस्पतालको ३०० शैयामा सुरु भएको ओपिडी सेवालाई आगामी वर्षभित्र ९०० शैयाको बनाई अतिविशिष्ट सेवा दिने अस्पतालको रुपमा विकसित गरिने बताए।
अस्पतालका उपाध्यक्ष डा बङ्शीधर मिश्रले अस्पतालले हरेक पाँच वर्ष पाँच जना गरिब तथा जेहन्दार विद्यार्थीलाई निःशल्क एमबिबिएस पढाइने तथा जेष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए।
विसं २०६२ मा स्थापना भएको सहकारी संस्थाले कामपा–१५ स्वयम्भूमा उक्त अस्पताल सञ्चालन गरेको छ। संस्थाले यसअघि ठमेलमा १०० शैयाको मनमोहन मेमोरियल सामुदायिक अस्पताल सञ्चालन गरिरहेको छ भने गत वर्षदेखि झापाको बिर्तामोडमा १०० शैयाको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल सञ्चालन गरिरहेको छ।
त्यसैगरी ललितपुरको नख्खुमा मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्स, मनमोहन मेमोरियल स्वास्थ्य प्रतिष्ठानलगायत सञ्चालनमा रहेका छ। संस्थाका हाल दुई हजार २०० भन्दा बढी सेयर सदस्य छन्।