काडमाडौं- उच्चस्तरीय राजनीतिक समितिको बैठकले नेकपा–माओवादीले वार्ता टोली गठन गरेकामा स्वागत गर्दै सो दलसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। समितिको कार्यालय नयाँ बानेश्वरमा आज साँझ बसेको बैठकले माओवादीले उठाएको गोलमेच सम्मेलनबारे वार्ताकै क्रममा टुङ्गो लगाउने निर्णय गरेको बैठकपछि एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।बैठकले निर्वाचनको प्रक्रिया र तयारीका बारेमा समीक्षा गर्दै सरकार र निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियामा तीब्रता दिने निर्णय गरेको उनले जानकारी दिए। बैठकले निर्वाचनका लागि गठन गरिएको सरकारले दीर्घकालीन निर्णय नगर्न ध्यानाकर्षण गराउँदै सो विषयमा चार दलका शीर्ष नेताहरुले मन्त्रिपरिषद्का अध्यक्षलाई भेटी सो विषयमा छलफल गर्ने निर्णय गरेको छ।
नेकपा (एमाले)का बोलिटब्युरो सदस्य रघुजी पन्तले इलामको पशुपतिनगर र लुम्बिनीमा सुरक्षा चेकपोस्ट राख्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण गर्ने सम्बन्धमा सरकारले गरेको निर्णयबारे बैठकमा छलफल भएको र यस्ता दीर्घकालीन महत्वका निर्णय नगर्न सरकारलाई सचेत गराउने निर्णय भएको जानकारी दिए।
बैठकमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडल, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारको सहभागिता थियो।