काठमाडौं- एकीकृत नेकपा (माओवादी)को आजका लागि तय पदाधिकारी, सङ्गठन विभाग, व्यूरो इन्चार्ज र राज्य समिति संयोजकहरुको बैठक स्थगित भएको छ। आगामी साउन ४ गते तय भएको केन्द्रीय समितिको विस्तारित बैठकको तयारीलाई लिएर तय गरिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो।
बैठक स्थगित भएको सन्दर्भमा रासससँग कुरा गर्दै एमाओवादीका नेता हरिबोल गजुरेलले केही समय पहिले पद त्याग गर्नु भएका उपाध्यक्ष डा बाबुराम भट्टराईको सम्बन्धमा आन्तरिक रुपमा कुरा मिलेको कारण आजको बैठकलाई भोलिका लागि सारिएको हो।
उgले उपाध्यक्ष डा भट्टराईको सम्बन्धमा पार्टीले विशेष व्यवस्था गर्न लागेको समेत जानकारी दिनुभयो। तर कस्तो व्यवस्था हो सो बारेमा भने उहाँले कुनै जानकारी दिए।
आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको केन्द्रीय पदाधिकारीको बैठकमा साङ्गठनिक संरचनाको विषयमा बृहद छलफल भएको थियो। नेता गजुरेलले भने, “उपाध्यक्ष डा भट्टराईको सम्बन्धमा पार्टीले आन्तरिक रुपमा टुङ्ग्याएको छ, भोलि बस्ने सङ्गठन विभागसहितको बैठकमा पेस गरिनेछ।”