काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले असन्तुष्ट दललाई सरकारले बिनासर्त वार्तामा बोलाउनुपर्ने बताएका छन्। लेखक तथा नेकपा–माओवादीका वैकल्पिक केन्द्रीय सदस्य कर्णजित बुढाथोकीद्वारा लिखित 'नाटक नै यथार्थमा बदलियो' नामक कृतिको विमोचन गर्दै अध्यक्ष वैद्यले आफ्नो पार्टीले वार्ताका लागि वार्ता टोली गठन गरेको लामो समयसम्म पनि सरकार र चार शक्तिले वार्तामा नबोलाएको गुनासो गरे।उनले भने, “पछिल्लो पटक सरकार र चार दल लचिलो भए जस्तो गरेपछि वार्ता टोली गठन गरियो तर अहिले सरकार र ती दल वार्ताप्रति गम्भीर देखिएका छैनन्।” साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले पुस्तकले इतिहास, क्रान्ति र साहित्यको सुन्दर संश्लेषणसँगै कर्णालीप्रदेशका क्रान्तिकारी र महान् जनसमुदायको दस वर्षको जनयुद्धको क्रान्तिकारी जीवनलाई प्रतिनिधित्व गरेको जानकारी दिए। लेखक बुढाथोकीले पुस्तकमा जनयुद्धका अविस्मरणीय क्षणलाई समेटिएको बताए।
अर्को समाचार
सरकारले बिनासर्त बोलाए वार्तामा बस्छौं : वैद्य
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।
यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस

यो पनि पढौँ
ट्रेन्डिङ