काठमाडौं — नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि चीनका राजदूत ऊ चुन्ताइले आज कोइराला निवास महाराजगन्जमा भेट गरेका छन्। भेटका अवसरमा समसामयिक राजनीतिक अवस्था र निर्वाचन बारेमा छलफल भएको थियो।
चिनियाँ राजदूतले सभापति कोइरालाको स्वास्थ्य स्थितिका बारेमा चासो राख्दा उनले राम्रो रहेको जवाफ दिएको कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले बताए। सभापति कोइरालाले वर्तमान राजनीतिक निकासको एकमात्र विकल्प निर्वाचन भएकाले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने कुरामा जोड दिएका थिए।
राजदूत चुन्ताइले निर्वाचन सफल पार्न चीन सहयोग गर्न सधैँ तयार रहेको उल्लेख गरेका थिए।