काठमाडौं — एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी, ब्युरो संयोजक एवं पूर्व स्थायी समिति सदस्यहरु माझ विस्तारित बैठकका एजेन्डा पेश गरेका छन्। दाहाल निवास लाजिम्पाटमा भएको बैठकमा अध्यक्षले उपाध्यक्ष पद त्यागेका नेता बाबुराम भट्टराईलाई वरिष्ठ नेताको पद ग्रहण गर्न समेत प्रस्ताव गरेका छन्।
अध्यक्ष दाहालले बाबुराम भट्टराईलाई पदमा फर्कन आग्रह गरे पनि उनले भने चुनावसम्म अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य रहने पुरानै अडान दोहोर्याएको स्रोतले बतायो। 'अध्यक्षले वरिष्ठ नेताको प्रस्ताव गर्नुभएको थियो', स्रोतले नागरिकन्युजसँग भन्यो- 'तर उहाँ (बाबुराम) ले मान्नु भएन र पुरानै अडान राख्नुभयो।'
बैठकमा अध्यक्षले ४ गते बस्ने विस्तारित बैठकका एजेन्डा प्रस्तुत गरेका थिए। बैठकमा एमाओवादी अध्यक्ष दाहालले चुनाव केन्द्रित एजेन्डा प्रस्तुत गरेको प्रवक्ता अग्नि सापकोटाले बताए। 'अध्यक्षले चुनावी एजेन्डा र राजनीतिक प्रतिवदेन प्रस्तुत गर्नु भयो', प्रवक्ता अग्नि सापकोटाले नागरिकन्युजसँग भने- 'अध्यक्षको प्रतिवेदन चुनाव केन्द्रित रह्यो।'
दाहालको प्रतिवेदनमा चुनाव केन्द्रित भएर नेता परिचालन गर्ने उल्लेख रहेको बैठकमा सहभागी एक नेताले बताए। 'चुनावलाई केन्द्रमा राखेर नेतालाई जिम्मेवारी दिनुपर्ने विषय अध्यक्षको प्रतिवेदनमा छ', एक नेताले नागरिकन्युजसँग भने- 'सबै बैठक नै चुनाव केन्द्रित रह्यो।'