काठमाडौं — मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी सहित चुनावको विरोध गरिरहेका दलहरुलाई वार्तामा आह्वान गर्दै एमाओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहालले बुधबार दिउसो चिठी पठाएका छन्। 'जारी संक्रमणकाललाई अन्त्य गर्न चुनावमा जानुको विकल्प नभएकाले वार्तामा आउन आग्रह गरिएको छ', दाहाल निकट स्रोतले नागरिकन्युजसँग भन्यो- 'वैद्य नेतृत्वमा आन्दोलन गरिरहेका सबै दलहरुलाई चिठी पठाइएको छ।'
आज बिहान बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले बैठकले संविधानसभाको निर्वाचनप्रति असहमति राख्दै आएको नेकपा–माओवादीसहित अन्य दलहरुलाई वार्ताका निम्ति लिखित पत्र लेख्ने जिम्मेवारी दिए अनुसार संयोजक दाहालले पत्र पठाएका हुन्।
चुनावको विरोध गर्दै आएका दलहरुले लिखित पत्र माग्दै आएका छन्।