प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च
११ फागुन २०७७
•
४ मिनेट पाठ
प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च
प्रधानमन्त्रीको नवनिर्मित कार्यालयमा गरिएको फर्निसिङ । तस्बिर : नागरिक
सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड रूपैयाँ खर्च गरेको हो। यो मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको रकम हो।




प्राधिकरणका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई सुविधासम्पन्न गराउन मेकानिकल, इलेक्ट्रिकल प्लम्बिङ, आइटी/सेक्युरिटी, फायर फाइटिङ, सेनिटरी, एयर कन्डिसिनिङ, सिसिटिभी, बगैंचा, फर्निसिङ तथा फर्निचर खरिदका लागि ४८ करोड रूपैयाँ खर्च भएको छ। प्राधिकरणले सिंहदरबारका तीन मोहडा (पूर्वी, उत्तरी र दक्षिणी) पुनर्निर्माण गर्न भने ३९ करोड रूपैयाँ खर्च गरेको छ। तर, प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र केही सामान खरिदमा मा ४८ करोड रूपैयाँ खर्च गरिएको हो।

प्राधिकरणका ती अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नयाँ स्वरूपमा बनाउन यो रकम खर्च गरिएको बताए। ‘यहाँ अहिलेको प्रधानमन्त्री कार्यालयबाट केही सामान ल्याइनेछैन,’ ती अधिकारीले सोमबार नागरिकसँग भने, ‘सबै नयाँ गर्दा धेरै रकम लागेको हो।’ प्रधानमन्त्री कार्यालयकै एक उच्च अधिकारीका अनुसार सिंहदरबारमा अहिले बसेको प्रधानमन्त्री कार्यालयमा आवश्यक भौतिक सामान सबै छन्। त्यहाँ भएका फर्निचर, कम्प्युटरलगायत सामानको अवस्था पनि राम्रो छ। सरकारले खर्च गर्न नचाहेको भए नयाँ भवनमा कार्पेटिङ र पर्दा खरिदमा बाहेक अन्य सामानमा खर्च गर्नुपर्ने अवस्थै थिएन। तर भवनको पुनर्निर्माणसँगै प्रधानमन्त्री कार्यालयका लागि सबै सेट नयाँ खरिद गरिएको छ।

‘प्रधानमन्त्री कार्यालयका लागि अहिले गरिएको खर्च हेर्दा सरकारको मितव्ययिताको नाराले आफैंलाई गिज्याएको भान हुन्छ,’ प्रधानमन्त्री कार्यालयका ती उच्च अधिकारीले भने। प्राधिकरणका अधिकारीका अनुसार ४८ करोड रूपैयाँ सजावटका साथै कार्यालयको अत्यावश्यक पर्ने सम्पूर्ण पूर्वाधारका लागि खर्च भएको हो। प्राधिकरणले हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरूप आवश्यक पर्ने कार्यकक्ष तथा बैठक कक्ष निर्माण गरेको छ।

प्राधिकरणका अनुसार सिंहदरबारको उत्तरी, दक्षिणी र पूर्वी खण्डको प्रबलीकरण तथा फिर्निसिङ फर्निचरसहितको सम्पूर्ण कामलाई प्रथम चरण र द्वितीय चरणमा ठेक्का व्यवस्थापन गरेर हालसम्म ८७ करोड रूपैयाँ खर्च भएको छ। यो रकममा सजावटको ४८ करोड रूपैयाँसमेत समावेश छ। एक वर्षयता कोभिडका कारण मुलुकको अर्थतन्त्र समस्यामा छ। सरकारले कोभिडबाट समस्यामा परेका सर्वसाधारण र उद्योगी व्यवसायीलाई कर्जाको ब्याज तिर्ने समय सार्नेबाहेक गतिलो कुनै सुविधा दिन सकेको छैन। छिमेकी भारतको सदाशय र सरकारको केही पहलका कारण मात्र सर्वसाधारणले कोभिडको खोप लगाउने वातावरण बनेको छ। अन्यथा कोभिडको ठूलो मार परे पनि सरकार अविभावक बन्न सकेको छैन।

कोभिडकै कारण सरकार आफैंले लक्ष्यअनुसार राजस्व असुली गर्न सकेको छैन। सरकार आफ्नै लागि अरू बेलाभन्दा अहिले एकएक पैसाको महत्व बढी भए पनि प्रधानमन्त्री कार्यालय सजाउन भने ठूलो रकम खर्च गरिएको छ। यसले सरकार कसका लागि मितव्ययी बनेको छ त भन्ने प्रश्न उठेको छ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले नयाँ सामान खरिद गर्दा कमिसन आउने भएकाले अनावश्यक रूपमा ठूलो रकम खर्च गरिएको दाबी गरे। अर्कातिर प्रधानमन्त्री ओलीलाई खुसी बनाउन पनि प्राधिकरणका उच्च पदाधिकारीहरूले कार्यालय पुरै नयाँ बनाएको बताए। प्राधिकरणका अनुसार सिंहदरबारको तीनवटै मोहडा निर्माणका लागि पहिलो चरणको ठेक्का शर्मा न्यु टेक्निकल जेभीले पाएको थियो। दोस्रो चरणको ठेक्का भने शर्मा माइक्रोटेक न्यु टेक्निकल जेभीले पाएको थियो। पहिलो र दोस्रो चरणको ठेक्कामा परामर्शदाताको जिम्मेवारी भने डिबी मल्टी इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिले पाएको थियो। प्राधिकरणले सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडा तथा प्रधानमन्त्री कार्यालय तयार भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ३ मा उद्घाटन गरेका थिए।

भूकम्पले भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साबिकको स्थानीय विकास मन्त्रालयमा सारिएको थियो। उत्तर, दक्षिण र पूर्वतर्फको मोहडा करिब १२ हजार ४ सय ६१ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको थियो। २०३० सालमा सिंहदरबारमा भीषण आगललागी हुँदा पश्चिमीबाहेक अन्य तीन मोहडा जलेर नष्ट भएका थिए। २०३७ सालमा तत्कालीन सरकारले आगलागीबाट नष्ट भएको सिंहदरबारको तीनतर्फकै मोहडा आधुनिक निर्माण सामग्रीको प्रयोग गरेर पुरानै शैलीमा बनाएको थियो।
अर्को समाचार
प्रधानमन्त्री कार्यालयमै लाइसेन्स ‘सेक्युरिटी अडिट’
२३ माघ २०८०
•
४ मिनेट पाठ
प्रधानमन्त्री कार्यालयमै लाइसेन्स ‘सेक्युरिटी अडिट’
प्रधानमन्त्री पुष्पकमल दाहालका निजी आइटी विज्ञ प्रकाश रायमाझीले यातायात विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टमको ‘सोर्स कोड’ माग गरे। ‘टेक्निकल अडिट’ गर्ने भन्दै विभागसँग सोर्स कोड मागिएको थियो। तर विभागले प्रधानमन्त्रीका सल्लाहकारलाई सोर्स कोड दिन नमिल्ने बताउँदै फर्कायो।




‘सेक्युरिटी टेक्निकल अडिट’ गर्न भनेर उहाँहरूले सोर्स कोड माग्नुभएको थियो। यसलाई नराम्रो भन्न मिल्दैन, अडिट गर्ने विषयमा उहाँहरूको सुझाव राम्रो थियो तर सोर्स कोड बाहिर दिन नमिल्ने भएपछि दिइएन,’ यातायात व्यवस्था विभाग प्रमुख उद्धव रिजालले भने, ‘उहाँहरूको कुरालाई हामीले सूचना प्रविधि विभागमार्फत अडिट गर्ने गरी सोर्स कोड उपलब्ध गराउने भन्यौं। उहाँहरूले बाहिर सार्वजनिक गर्दैनौं भनेर १० वटा बुँदामा प्रतिबद्धता जनाएपछि मात्रै दिने निर्णय भएको थियो।’

स्रोतका अनुसार विभागले उनलाई सोर्स कोड दिन नमानेपछि प्रधानमन्त्री कार्यालयमा सचिवस्तरीय निर्णय भएको थियो। ‘सोर्स कोड माग गर्ने प्रक्रिया, विधि र व्यक्ति उपयुक्त भएन। त्यसकारण सरकारी विधि र नीतिनियमअनुसार प्रधानमन्त्री कार्यालय र सूचना प्रविधि विभागले माग गरेपछि दिइएको हो,’ स्रोतले भन्यो।

यातायात व्यवस्था विभागमा अवैध लाइसेन्स वितरण भएको पुष्टि भएपछि प्रधानमन्त्री कार्यालयले ‘टेक्निकल सेक्युरिटी अडिट’ गर्ने भनेर सचिवस्तरीय निर्णय गरेको र विभागले सोर्स कोड उपलब्ध गराएको स्रोतको दाबी छ। सूचना प्रविधि विभागकै महानिर्देशक प्रेमशरण श्रेष्ठको नेतृत्वमा सेक्युरिटी अडिट टिम बनाइएको छ।
सो टिमले नै यतिबेला विभागको सोर्स कोड लिएर सेक्युरिटी अडिट गरिरहेको छ। अहिलेकै सिस्टमबाट अवैध लाइसेन्स जारी गर्न सहज भएको भन्दै विभागले अर्को सिस्टम लागु गर्न सरकारसँग आग्रह गरिरहेको छ। इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम भारतको मद्रास कम्पनीले बनाएकाले त्यसको बदलामा अर्को सिस्टम ल्याउन विभागले सरकारलाई सुझाइसकेको छ।

भारतको मद्रास कम्पनीले दिएको सोर्स कोर्ड पनि पुरानो भएकाले विभागले नयाँ कोड मागेको छ। अहिले विभागसँग भएको सोर्स कोडका आधारमा प्रधानमन्त्री कार्यालयमा सूचना प्रविधि विभागका प्रतिनिधि, यातायात व्यवस्था विभागमा रहेको सूचना प्रविधि शाखाका कम्प्युटर इन्जिनियर प्रधानमन्त्रीका आइटी सल्लाहकार रायमाझीसहितको टोलीले ‘टेक्निकल सेक्युरिटी अडिट’ गरिरहेको छ।

‘हाम्रो समस्या कहाँनेर छ भनेर पत्ता लगाउनुपर्ने अवस्था आएकाले पनि अडिट आवश्यक छ,’ विभाग प्रमुख रिजालले भने। उनका अनुसार अडिटको नेतृत्व भने सूचना प्रविधि विभागले गरेको र बाहिर नल्याउने प्रतिबद्धता जनाएको छ।

एक लाखभन्दा बढी अवैध लाइसेन्स जारी भएको र २८ हजारभन्दा बढी नम्बर मात्रै रजिस्टर भएको प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो थियो। तर कार्यालयको चासोमा आइटी विज्ञ जोडिएपछि विभागले भने सोर्स कोड बाहिर प्रयोग नहुने सर्त र प्रतिबद्धता खोजेको थियो।
यातायात व्यवस्था कार्यालयबाट जारी भएका २८ हजार सवारीचालक अनुमतिपत्रको नम्बर मात्रै उल्लेख गरिएको र ती सवारीचालक अनुमतिपत्र जुनसुकै अवस्थामा जारी हुन सक्ने जनाएको छ।

२०७२ भदौदेखि २०८० भदौसम्मको विवरण छानबिन गर्दा २८ हजारभन्दा बढी लाइसेन्सको नम्बर मात्रै फेला परेको र एक लाख बढी अवैध लाइसेन्स जारी भएको विषयमा अख्तियारले छानविन गरिरहेको छ।

नेपालको संविधान २०७२ जारी भएपछि लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल परीक्षा लिने यातायात कार्यालयहरू प्रदेश सरकारमातहत छन्। तर प्रदेश सरकारहरू लाइसेन्स वितरण गर्न प्राविधिक रूपमा तयार नभएकाले लाइसेन्स वितरण र स्मार्ट लाइसेन्स छपाइ कार्य संघीय सरकारमातहतको यातायात व्यवस्था विभागबाट भइरहेको छ।

विभाग प्रमुख रिजालले विभागको तर्फबाट अवैध लाइसेन्स वितरणको छानबिन गराएका थिए। उनले विभागका आइटी प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए।
उक्त समितिमा सिआइटीका डिएसपी डा. तपन दाहाल, विभागका कम्प्युटर इन्जिनियर अर्जुन अधिकारी र बोधराज बराल सदस्य थिए। उनीहरूले दिएको प्रतिवेदनमा लाइसेन्स वितरण अनियमिततामा विभागका कर्मचारीमाथि प्रश्न उठाइएको थियो।

विभागका सूचना प्रविधि निर्देश रेग्मी नेतृत्वको छानबिन समितिको प्रतिवेदनले अवैध लाइसेन्स जारी धन्दामा विभागका तत्कालीन महानिर्देशकहरू साथै दुई सूचना प्रविधि निर्देशक र पाँच इन्जिनियरको भूमिकामाथि प्रश्न उठाएको थियो। छानबिन समितिले विभागको सूचना प्रविधि शाखामा विगतमा कार्यरत सबै प्राविधिक कर्मचारीसँग सोधपुछ गरेको थियो।

पछिल्लो १० वर्षमा देशका ३५ वटा यातायात कार्यालयबाट एक लाख दुई हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नै नदिई लाइसेन्स लिएको भेटिएपछि विभागले छानबिन गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीमा चलखेल गरी सवारीचालक अनुमतिपत्र जारी भएको पाइएपछि यससम्बन्धी छानबिन गरिएको थियो।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस