कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ : मन्त्री अर्याल
११ फागुन २०७७
•
२ मिनेट पाठ
कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ : मन्त्री अर्याल
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्यमाकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छन्। गल्याङ नगरपालिका–१ सार्वजानिक माविमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार व्यावसायिक उत्पादनको शुभारम्भ गर्दै उनले काम गरेर खाने वर्गलाई हेलाहोचो गर्ने विगतको संस्कारमा बिस्तारै परिर्वतन हुँदै आएको बताइन्।  




'अहिले किसानलाई सम्मान गर्ने संस्कारको विकास हुँदै आएको छ', मन्त्री अर्यालले भनिन्, 'कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ। हिजोको सामन्तवादी सोचलाई परिर्वतन गर्नुपर्छ।'  

उनले कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायिकीकरणका लागि सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताइन्। कृषकलाई व्यावसायिक करतर्फ आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रम ल्याउने बताउँदै मन्त्री अर्यालले भनिन्, 'कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागि विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ। कृषकको खेतबारीमै सरकार जोडिनेछ।'

मन्त्री अर्यालले माटो र हावापानी सुहाउँदो कृषि प्रणालीलाई अवलम्बन गर्नुपर्ने भन्दै कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ति गर्ने बताइन्। नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै उनले स्याङ्जा जिल्लामा कृषिको विकासका लागि प्रतिबद्धता व्यक्त गरिन्।  ‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उनको भनाइ छ।  

मन्त्री अर्यालले स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भइरहेको भन्दै अन्य फलफूल तथा तरकारीको जोन बनाइने बताइन्। सो अवसरमा उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मावि मालुुङ्गालाई रु १० लाखको चेक हस्तान्तरण गरिन्। मन्त्री अर्यालले छात्राहरुका लागि स्यानिटरी प्याड बनाउने मेशिन र खानेपानीका लागि युरोगार्डसमेत सो विद्यालयलाई हस्तान्तरण गरिन्।
अर्को समाचार
सत्तालोभका कारण अहिलेको अवस्था सिर्जना भयोः मन्त्री अर्याल
०४ माघ २०७७
•
२ मिनेट पाठ
सत्तालोभका कारण अहिलेको अवस्था सिर्जना भयोः मन्त्री अर्याल
कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेर सत्तामा पुग्ने लोभमा लागेका कारण अहिले अवस्था सिर्जना भएको बताएकी छन्। अखिल नेपाल महिला सङ्घको केन्द्रीय कमिटीको दोस्रो बैठकमा शनिबार उनले पार्टीको अनुशासन नमानेर आफ्नै पार्टीका अध्यक्षबिरुद्ध हस्ताक्षर सङ्कलन गर्दै हिँड्ने र आफ्नै राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन तयारी गरेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताइन्।  




“प्रतिनिधिसभा विघटन नभएको भए प्रधानमन्त्री र राष्ट्रपतिलाई अहिलेसम्म फ्याकिसक्थे”, मन्त्री अर्यालले भनिन्, “आफ्नालाई हटाएर सत्ता कांग्रेसलाई सुम्पिने थिए।” लेनिवादी सङ्गठनात्मक सिद्धान्तलाई कमजोर बनाएर पार्टी एकता भएका कारण वर्तमान आएको उल्लेख उनले भनिन्, “पार्टीभित्र कहिल्यै सरकार कसरी चलाउने ? कसरी एकता कायम राख्ने भन्नेबारेमा कहिल्यै छलफल चल्न सकेन, मलाईभन्दा दुःख भागवण्डामा मात्र नेता लागे, आजको अवस्था सत्ताका कारण उत्पन्न भएको हो।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले पार्टी एकताको नाममा केही नेताको सत्तालोभका कारण गठबन्धन गरेका अहिले पुष्टि भएको बताइन्। “जहिले बैठकमा पद छोड मात्र भन्ने, महाधिवेशनवाट पद छोड्छुभन्दा पनि तीन महिना कुर्न सक्नुभएन” मन्त्री महत्तोले भनिन्, “कतिपय नेताले सङ्गठन र पार्टीभित्र हाम्रा होइन मेरा भन्ने मानसिकता बोकेका कारण आजको परिस्थिती आएको हो, नेतृत्वका बारेमा भ्रम सिर्जना गर्नेलाई मुकाविला गर्नुपर्छ।”

अनेम सङ्घका अध्यक्ष सीता पौडेलले प्रधानमन्त्रीमाथि आफ्नै पार्टीका सचिवालय सदस्यले अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिविरुद्ध महाअभियोग दर्तासम्मको योजनाका कारण प्रतिनिधिसभा विघटन भएको बताइन्। दुई दिने बैठकमा नेतृ पौडेलले विस्तारित समितिको भेला बैठक गर्न, राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर राजनीतिक गतिविधिलाई तीव्र पार्न र निर्वाचनको माहौल बनाउने काममा लाग्न अनेमसङ्घका नेता कार्यकर्तालाई निर्देशनसमेत दिइन्। रासस
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस