काठमाडौ– चुनावको मिति नजिकिँदै गएको अवस्थामा पार्टीभित्र पद बाँडफाँडको विवाद चुलिएपछि एमाओवादीको विस्तारित बैठक भोलि शुक्रबारदेखि बस्दैछ। विस्तारित बैठकलाई चुनाब केन्द्रित बनाइने एमाओवादीले बताउँदै आएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सांगाठकनिक प्रतिवेदन पेश गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए। 'अध्यक्षको सांगठनिक प्रतिबेदन माथि बैठकमा छलफल हुने छ', सापकोटाले नागरिकन्युजसँग भने– 'प्रतिवेदनमाथि सहभागीहरुले आफ्नो मत राख्ने छन्।'
पार्टीभित्र रिक्त रहेको सचिव र कोषाध्यक्षको पद मिलान गर्ने विषयमा अघिल्लो केन्दिय समिति बैठकमा विवाद उत्पन्न भएपछि भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए। चुनावको मुखमा पद बाँडफाँडको विवाद चुलिएपछि एमाओवादीले विस्तारित बैठक बोलाएको हो।
विस्तारीत बैठक शुक्रबार १ बजे ललितपुरको खन्ना गार्मेन्टमा उद्घाटन हुनेछ। बैठकमा केन्द्रीय समिति सदस्य, केन्द्रीय समितिमा नरहेका पार्टीका जिल्ला संयोजकहरु, जातीय, क्षेत्रिय र जनवर्गीय संगठन मोर्चाका प्रमुखहरुको सहभागिता रहने एमाओवादी केन्द्रिय कार्यलयका सचिव डोरप्रसाद उपाध्यायले बताए।
तीन दिन चल्ने बैठकमा करिब ५ सय जनाको सहभागिता रहने बताइएको छ। बैठक चुनावी रणनीतिमा केन्द्रित हुने भनिए पनि पद बाँडफाँड तथा भट्टराईको राजीनामाका विषयमा समेत उठ्ने सम्भावना उत्तिकै छ।